सिन्धुपाल्चोक । देशभरका सामुदायिक विद्यालयका शिक्षकहरू २१ दिनदेखि २२ बुँदे मागसहित काठमाडौं केन्द्रित आन्दोलनमा छन् । वार्षिक परीक्षा सकेर उनीहरू निर्णायक आन्दोलनमा होमिएका हुन् । शिक्षा ऐन नलिई कक्षाकोठा नफर्किने उनीहरूको अडान छ ।
शिक्षकहरू आन्दोलनमा सहभागी भइरहँदा सामुदायिक विद्यालयका नतिजा सन्तोषजनक नरहेको सार्वजनिक भइरहेको छ । यसैक्रममा सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाभित्रका सामुदायिक विद्यालयको कक्षा(८ को नतिजा लाजमर्दो देखिएको छ ।
सुनकोशी–१ मा रहेको वाघभैरव मावि जिल्लाकै नमूना मानिन्छ । यो विद्यालयका लागि बागमती प्रदेश सरकारले नमूनाको सूचीमा राख्दै वार्षिकरूपमा अनुदान उपलब्ध गराउँदै आएको छ । तर, यसपटक ८ कक्षाको पालिकास्तरीय परीक्षामा जम्मा ३ जनामात्रै उत्तीर्ण भए । यहाँ २५ जना सामेल भएको गाउँपालिकाका शिक्षा अधिकृत निमराज बुढाथोकीले बताए ।
कक्षा–८ सम्म सञ्चालित वेत्रावती आधारभूत विद्यालयमा त सबै विद्यार्थी फेल भएका छन् । कक्षा–५ मा २ जना विद्यार्थीले परीक्षा दिएकोमा १ जना फेल भए । गाउँपालिका भित्रका मध्ये यो विद्यालय ‘नील’ भएको छ’ अधिकृत बुढाथोकीले भने ।
सुनकोशी गाउँपालिकामा १ निजी र १३ सामुदायिक विद्यालय कक्षा ८ को पालिकास्तरीय परीक्षामा सामेल भएका थिए । सामुदायिकतर्फ सेतीदेवी शारदा मावि, सेतीदेवी मावि, चामुना देवी आवि र संस्थागततर्फ सदावहार एकेडेमीका विद्यार्थी सत प्रतिशत पास भएका छन् ।
गणेश मावि यमुनाडाँडाबाट ९ जनामध्ये ३ जना पास भए । यो विद्यालयमा कक्षा(५ बाट १५ परीक्षार्थीमध्ये १४ जना फेल भएका छन् । कोल्दोङ माविबाट १० जनामा ८ जना उत्तीर्ण भएका छन् । महेन्द्रदोय माविबाट २५ जना सहभागी भएकोमा २३ जना उत्तीर्ण भएका छन् ।
ठोकर्पा माविबाट २३ सहभागीमा १७ उत्तीर्ण, भूमेश्वरी मावि १३ मा ६ जना उत्तीर्ण भएका छन् । महेन्द्रकान्ति मावि १९ मा १५, जनजागृति मावि २५ मा १८ मात्रै उत्तीर्ण भएका छन् भने जाल्पा माविबाट १२ सहभागी भएकोमा ११ जना उत्तीर्ण भएका छन् ।
सुनकोशी गाउँपालिकाले गत वर्षदेखि केन्द्र निर्धारण गरे कक्षा(५ र ८ को परीक्षा पालिकास्तरीय रूपमा सञ्चालन गरेको थियो । कतिपय विद्यार्थीलाई ग्रेस नम्बर दिएर उत्तीर्ण गराइएको गाउँपालिकाले जनाएको छ । विद्यार्थीहरूलाई विद्यालयले प्रयोगात्मकमा उच्च नम्बर दिएपनि सैद्धान्तिकमा कम नम्बर प्राप्त गर्दा धेरै विद्यार्थी कक्षा ९ मा अध्ययन गर्नबाट वञ्चित भएका छन् ।
गाउँपालिकाले चार विषयसम्म फेल हुनेका लागि पूरक परीक्षा सञ्चालनको तयारी गरेपनि शिक्षकहरूको आन्दोलनका कारण समस्या भएको शिक्षा शाखा प्रमुख निमराज बुढाथोकीले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...




प्रतिकृया लेख्नुहोस्: