Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

शिक्षक काठमाडौंको ‘नाचगान’मा चील हुँदा परीक्षामा विद्यालय ‘निल’

खबरडबली संवाददाता

सिन्धुपाल्चोक । देशभरका सामुदायिक विद्यालयका शिक्षकहरू २१ दिनदेखि २२ बुँदे मागसहित काठमाडौं केन्द्रित आन्दोलनमा छन् । वार्षिक परीक्षा सकेर उनीहरू निर्णायक आन्दोलनमा होमिएका हुन् । शिक्षा ऐन नलिई कक्षाकोठा नफर्किने उनीहरूको अडान छ ।

शिक्षकहरू आन्दोलनमा सहभागी भइरहँदा सामुदायिक विद्यालयका नतिजा सन्तोषजनक नरहेको सार्वजनिक भइरहेको छ । यसैक्रममा सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाभित्रका सामुदायिक विद्यालयको कक्षा(८ को नतिजा  लाजमर्दो देखिएको छ ।

सुनकोशी–१ मा रहेको वाघभैरव मावि जिल्लाकै नमूना मानिन्छ । यो विद्यालयका लागि बागमती प्रदेश सरकारले नमूनाको सूचीमा राख्दै वार्षिकरूपमा अनुदान उपलब्ध गराउँदै आएको छ । तर, यसपटक ८ कक्षाको पालिकास्तरीय परीक्षामा जम्मा ३ जनामात्रै उत्तीर्ण भए । यहाँ २५ जना सामेल भएको गाउँपालिकाका शिक्षा अधिकृत निमराज बुढाथोकीले बताए ।

कक्षा–८ सम्म सञ्चालित वेत्रावती आधारभूत विद्यालयमा त सबै विद्यार्थी फेल भएका छन् । कक्षा–५ मा २ जना विद्यार्थीले परीक्षा दिएकोमा १ जना फेल भए । गाउँपालिका भित्रका मध्ये यो विद्यालय ‘नील’ भएको छ’ अधिकृत बुढाथोकीले भने ।

सुनकोशी गाउँपालिकामा १ निजी र १३ सामुदायिक विद्यालय कक्षा ८ को पालिकास्तरीय परीक्षामा सामेल भएका थिए । सामुदायिकतर्फ सेतीदेवी शारदा मावि, सेतीदेवी मावि, चामुना देवी आवि र संस्थागततर्फ सदावहार एकेडेमीका विद्यार्थी सत प्रतिशत पास भएका छन् ।

गणेश मावि यमुनाडाँडाबाट ९ जनामध्ये ३ जना पास भए । यो विद्यालयमा कक्षा(५ बाट १५ परीक्षार्थीमध्ये १४ जना फेल भएका छन् । कोल्दोङ माविबाट १० जनामा ८ जना उत्तीर्ण भएका छन् । महेन्द्रदोय माविबाट २५ जना सहभागी भएकोमा २३ जना उत्तीर्ण भएका छन् ।

ठोकर्पा माविबाट २३ सहभागीमा १७ उत्तीर्ण, भूमेश्वरी मावि १३ मा ६ जना उत्तीर्ण भएका छन् । महेन्द्रकान्ति मावि १९ मा १५, जनजागृति मावि २५ मा १८ मात्रै उत्तीर्ण भएका छन् भने जाल्पा माविबाट १२ सहभागी भएकोमा ११ जना उत्तीर्ण भएका छन् ।

सुनकोशी गाउँपालिकाले गत वर्षदेखि केन्द्र निर्धारण गरे कक्षा(५ र ८ को परीक्षा पालिकास्तरीय रूपमा सञ्चालन गरेको थियो । कतिपय विद्यार्थीलाई ग्रेस नम्बर दिएर उत्तीर्ण गराइएको गाउँपालिकाले जनाएको छ । विद्यार्थीहरूलाई विद्यालयले प्रयोगात्मकमा उच्च नम्बर दिएपनि सैद्धान्तिकमा कम नम्बर प्राप्त गर्दा धेरै विद्यार्थी कक्षा ९ मा अध्ययन गर्नबाट वञ्चित भएका छन् ।

गाउँपालिकाले चार विषयसम्म फेल हुनेका लागि पूरक परीक्षा सञ्चालनको तयारी गरेपनि शिक्षकहरूको आन्दोलनका कारण समस्या भएको शिक्षा शाखा प्रमुख निमराज बुढाथोकीले बताए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

घुस लिएको आरोपमा वीर अस्पतालका लेखा अधिकृतविरुद्ध मुद्दा दायर

काठमाडाैं । घुस लिएको आरोपमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालका लेखा अधिकृत ढुण्डीराज दाहालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। ...

विदेश रहेका देउवा दम्पतीलाई इन्टरपोलमार्फत नोटिस जारी गर्ने तयारी

काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवाविरुद्ध काठमाडौं जिल्ला अदालतले सम्पत्त...

शुक्रबार बस्ने गरी प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौँ । प्रतिनिधि सभा बैठक शुक्रबार बस्ने गरी स्थगित भएको छ । बुधबार सभामुख डोलप्रसाद अर्यालले बैठक चैत २७ गते शुक्रबार दिनको ४ बजे बस्ने गरी स्...

गण्डकी प्रदेशका ६७ प्रतिशत परिवार स्वास्थ्य बीमामा आबद्ध

गण्डकी । गण्डकी प्रदेशमा हालसम्म चार लाख ४४ हजार ७७६ परिवार स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएका छन् । जुन प्रदेशको कुल परिवार सङ्ख्यामध्ये ६७ दशमलव ...

उपसभामुखको निर्वाचन शुक्रबार हुने

काठमाडौँ । सभामुख डिपी अर्यालले उपसभामुखको निर्वाचन चैत्र २७ गते शुक्रबारको मिति तोकेका छन् ।   प्रतिनिधि सभाको बुधबारको बैठकमा सभामुख अर्यालले चैत्...

सेयर बजार २८ सय अंक नाघ्यो, सबै समूहका सूचक बढे

काठमाडौं। बुधबार नेप्से परिसूचक २८०२ अंकमा पुगेको छ, जसले अघिल्लो दिनको २.६१ अंक घटाइँसँग तुलना गर्दा ४५.१२ अंकको वृद्धि देखाएको छ। बन्द...

राष्ट्रियसभा बैठक : भ्रष्टाचार नियन्त्रणदेखि मल, बीउको व्यवस्था गर्नसम्म माग

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरूले भ्रष्टाचार नियन्त्रणदेखि किसानलाई समयमै मल, बीउको व्यवस्था गर्न माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य ...

देशभर चैते झरी, मौसम सुधार भोलि पनि नहुने

काठमाडौं। पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावले काठमाडौं उपत्यका लगायत देशका अधिकांश भूभागमा हल्का देखि मध्यम खालको वर्षा भइरहेको छ। ...

लामो दूरीका सवारी साधनमा आज साँझदेखि नयाँ भाडादर लागू हुने

काठमाडौं । सरकारले संघीय सडकअन्तर्गत लामो दूरीमा सञ्चालन हुने यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर वृद्धि गरेको छ। बढेको नयाँ दर आज साँझदेखि लाग...

कति छ आज कालिमााटीमा कृषिउपजको थोक मूल्य ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रत...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending