चितवन । आन्तरिक राजस्व कार्यालय भरतपुरका करदाताहरुमध्ये तीन हजार १०० करदाताले आफ्नो आय विवरण बुझाएका छैनन् । पुस मसान्तभित्र आय विवरण बुझाई सक्नुपर्ने भए पनि ती करदाताले हालसम्म विवरण नबुझाएका हुन् ।
कार्यालयका सूचना अधिकारी विमल पौडेलका अनुसार आर्थिक वर्षको मसान्तको तीन महिनाभित्र आय विवरण बुझाउनुपर्ने व्यवस्था छ । पुस मसान्तसम्म विवरण बुझाउँदा जरिवाना नलाग्ने भए पनि अहिलेसम्म उनीहरूले नबुझाएका हुन् । ती करदातालाई कर्मचारी खटाएर विवरण पेस गर्न लगाइएको पौडेलले बताए। उनले भने, ‘पुस मसान्तसम्म चार हजार करदाताले आयकर नबुझाएको भए पनि पछिल्लो तीन महिनामा ९०० करदाताले विवरण बुझाएका छन् ।’
यसका लागि कार्यालयले कर्मचारी खटाएर आय विवरण पेस नगरेका करदाताहरूलाई भेट्ने र आय विवरण बुझाउन अनुरोध गर्ने गरेका छन् ।
विवरण नबुझाउँदा शुल्क र ब्याज करदाताले तिर्नुपर्ने भएकाले ब्याजबाट जोगिन करदाताहरूलाई उनले आग्रह गरे। कार्यालयका अनुसार यहाँ ७२ हजार ५६२ करदाता छन् । आय विवरण बुझाउन र कर बुझाउनका लागि करदाता शिक्षा, प्रचारप्रसार, पम्प्लेट वितरण, माइकिङ, संकलन भ्रमण र स्थानीय तहसँग समन्वयलगायतका काम भइरहेका छन् ।
कार्यालयले चालु आर्थिक वर्षमा हालसम्म लक्ष्यको ९० दशमलव ३८ प्रतिशत कर संकलन गरेको छ । गत चैत मसान्तसम्म रु १६ अर्ब ५८ करोड ३२ लाख ९६ हजार राजस्व संकलन गरेको छ । सो अवधिभित्र राजस्व विभागले १८ अर्ब ३४ करोड ६९ लाख १० हजार राजस्व संकलनको लक्ष्य दिएको थियो ।
गत आर्थिक वर्षको सोही समयमा कार्यालयले रु १३ अर्ब ९३ करोड ८३ लाख १० हजार राजस्व संकलन गरेको थियो । सो समयमा विभागले १९ अर्ब ८९ करोड ६४ लाख १९ हजार लक्ष्य तोकेको थियो । विभागले तोकेको लक्ष्यको ७० दशमलब ०५ प्रतिशत मात्रै राजस्व संकलन गरेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २५ गते, २०८२ - १६:१०
काठमाडाैं । घुस लिएको आरोपमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालका लेखा अधिकृत ढुण्डीराज दाहालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। ...
चैत्र २५ गते, २०८२ - १६:०६
काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवाविरुद्ध काठमाडौं जिल्ला अदालतले सम्पत्त...
चैत्र २५ गते, २०८२ - १६:०३
काठमाडौँ । प्रतिनिधि सभा बैठक शुक्रबार बस्ने गरी स्थगित भएको छ । बुधबार सभामुख डोलप्रसाद अर्यालले बैठक चैत २७ गते शुक्रबार दिनको ४ बजे बस्ने गरी स्...
चैत्र २५ गते, २०८२ - १६:०१
गण्डकी । गण्डकी प्रदेशमा हालसम्म चार लाख ४४ हजार ७७६ परिवार स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएका छन् । जुन प्रदेशको कुल परिवार सङ्ख्यामध्ये ६७ दशमलव ...
चैत्र २५ गते, २०८२ - १५:५९
काठमाडौँ । सभामुख डिपी अर्यालले उपसभामुखको निर्वाचन चैत्र २७ गते शुक्रबारको मिति तोकेका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा सभामुख अर्यालले चैत्...
चैत्र २५ गते, २०८२ - १५:४६
काठमाडौं। बुधबार नेप्से परिसूचक २८०२ अंकमा पुगेको छ, जसले अघिल्लो दिनको २.६१ अंक घटाइँसँग तुलना गर्दा ४५.१२ अंकको वृद्धि देखाएको छ। बन्द...
चैत्र २५ गते, २०८२ - १५:३५
काठमाडौँ । राष्ट्रियसभाका सांसदहरूले भ्रष्टाचार नियन्त्रणदेखि किसानलाई समयमै मल, बीउको व्यवस्था गर्न माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य ...
चैत्र २५ गते, २०८२ - १५:३४
काठमाडौं। पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावले काठमाडौं उपत्यका लगायत देशका अधिकांश भूभागमा हल्का देखि मध्यम खालको वर्षा भइरहेको छ। ...
चैत्र २५ गते, २०८२ - १५:३२
काठमाडौं । सरकारले संघीय सडकअन्तर्गत लामो दूरीमा सञ्चालन हुने यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर वृद्धि गरेको छ। बढेको नयाँ दर आज साँझदेखि लाग...
चैत्र २५ गते, २०८२ - १४:३१
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रत...


प्रतिकृया लेख्नुहोस्: