Ntc summer Offer
Khabar Dabali १७ बैशाख २०८२ बुधबार | 30th April, 2025 Wed
Investment bank

पत्रकार विश्वकर्मामाथि आक्रमण गर्नेलाई कारबाही माग

खबरडबली संवाददाता

रुपन्देही । रुपन्देहीका पत्रकार राधेश्याम विश्वकर्मालाई आक्रमणको प्रयास गर्ने समूहमाथि कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा ज्ञापनपत्र बुझाइएको छ । मंगलबार नेपाल पत्रकार महासंघ, रुपन्देही र लुम्बिनी प्रेस क्लबले प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेलाई ज्ञापनपत्र बुझाएका हुन् ।

पत्रकार महासंघ रुपन्देहीका सदस्य एवं अन्नपूर्ण मिडिया नेटवर्क प्रा.लि. (एपी वान टेलिभिजन) मा कार्यरत पत्रकार विश्वकर्मालाई सोमबार मर्चवारमा तस्करहरुको समूहले दुव्र्यवहार गर्नुका साथै आक्रमणको प्रयास गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले बताए ।

यस घटनाले प्रेस स्वतन्त्रता मात्र नभइ मानवअधिकार समेत कुण्ठित भएको आफूहरुको ठम्याई रहेको उनले बताए। ‘घटनापछि पक्राउ परेका व्यक्ति प्रहरी नियन्त्रणबाट भाग्नुले रुपन्देहीको शान्ति सुरक्षा, प्रेस स्वतन्त्रताप्रति राज्यको निकायको हेर्ने दृष्टिकोण, अपराधिक व्यक्तिको मनोबल वृद्धि भएको हाम्रो निष्कर्ष हो, उक्त घटनामा संलग्न सम्पूर्ण पक्षलाई पक्राउरअनुसन्धान गरी कानूनी दायरामा ल्याउन नेपाल पत्रकार महासंघ रुपन्देही जोडदार माग गर्दछ, ’ज्ञापनपत्रमा उल्लेख छ । पत्रकारमाथि आक्रमणको प्रयास हुँदा प्रहरी अधिकारी मुकदर्शक बन्नु निन्दनीय भएको अध्यक्ष पाण्डेले बताए ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोख्रेलले पत्रकारले खिचेका भिडियो डिलिट गर्ने कार्य पत्रकारिता पेशाप्रतिको अपमान भएको बताए । उनले यो घटनामा सुरक्षा निकाय गम्भिर बन्नुपर्ने बताए ।

महासंघ रुपन्देहीका कोषाध्यक्ष नरेश केसीले मर्चवार क्षेत्रमा प्रहरी आफ्नो पेशाप्रति जिम्मेवार नभएको जस्तो अनुभुति भएको बताए । उनले घटनामा संलग्न दोषीलाई कारवाहीको माग गरे ।

लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीले घटनामा संलग्न दीपेश यादव नेतृत्वको ७–८ जना तस्करहरुको समूहलाई तत्काल पक्राउ गरी कानूनी दायरामा ल्याउन माग गरे । पक्राउ गरिएका यादवलाई भगाउन सहयोग गर्ने प्रहरी अधिकारीहरुमाथि पनि छानबीन गरी कारवाही गर्न अध्यक्ष रायमाझीले माग गरे ।

क्लबका महासचिव प्रकाश न्यौपानेले यदी २४ घण्टाभित्र घटनामा संलग्न तस्करहरुको समूह र उक्त समूहका नाइके दीपेश यादवलाई भगाउने प्रहरीलाई कारवाही नभए चरणबद्ध आन्दोलनमा जाने चेतावनी दिए । पक्राउ गरिएका दीपेश यादव केही समयमै प्रहरी नियन्त्रणबाट भागेको भन्ने गैरजिम्मेवार कुरा प्रहरीले गरेको र यसले तस्करहरुको समूह र प्रहरीबीच साठगाँठ हो कि भन्ने आशंकालाई थप बल पुगेको उनले बताए ।

घटनामा संलग्नलाई कारवाहीको दायरामा ल्याइ पीडित पत्रकार विश्वकर्मालाई न्याय दिलाउन प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराए । सीमा क्षेत्रमा भइरहेको खुलेयाम तस्करीको दृश्य देख्दा एउटा जिम्मेवार पत्रकारले नजरअन्दाज गर्न नसक्ने उनले बताए । यसअघि प्रदेश पत्रकार महासंघले पनि विज्ञप्तीमार्फत दोषीमाथि तत्काल कारबाहीको माग गरेको थियो ।

अध्यक्ष शुक्रऋषि चौलागाईले रुपन्देही प्रहरीलाई तत्काल दोषीमाथि कारबाही प्रकृया अघि बढाउन आग्रह गर्दै घटनामा क्षति भएको सञ्चार सामग्री उपलब्ध गराउन माग गरेका थिए ।

ज्ञापनपत्र बुझेपछि प्रमुख जिल्ला अधिकारी घिमिरेले पत्रकारको सुरक्षालाई गम्भिरतापूर्वक लिएको बताए । उनले पत्रकारले खिचेका भिडियो डिलिट ९हटाउन० लगाउने कार्यमा संलग्न व्यक्ति उपर कारवाही गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले यो घटनाबारे सुक्ष्म ढंगले अनुसन्धान गर्ने बताए । उनले फरार व्यक्तिको खोजी भइरहेको जानकारी दिए । आगामी दिनमा यस्ता घटना हुन नदिन प्रहरी–प्रशासन थप सचेत हुने उनको भनाइ छ ।

यस्तो थियो घटना

वैशाख ८ गते सोमबार (हिजो) भैरहवाबाट संघीय सरकारका कृषिमन्त्री रामनाथ अधिकारी सहभागी हुने कार्यक्रमको समाचार संकलनका लागि मर्चवार जाने क्रममा मायादेवी गाउँपालिका–६ स्थित मकरीमा पत्रकार राधेश्याम विश्वकर्मामाथि आफूलाई दीपेश यादव बताउने तस्करहरुको समूहले घेरा हाली दुव्र्यवहारसँगै भौतिक आक्रमणको प्रयास गरेको थियो ।

समाचार संकलन गर्न जाने क्रममा भैरहवा–मर्चवार सडकको मूल खण्डमा खुलेयाम लाइन लागेर विभिन्न सवारीमा भइरहेको तस्करीको दृश्य देखेपछि पत्रकार विश्वकर्माले भिडियो खिच्ने क्रममा तस्करहरुको समूहले आक्रमण प्रयास गरेको थियो ।

दीपेश यादव नेतृत्वको सात–आठ जना तस्करहरुको समूहले पत्रकार विश्वकर्माको झोला खानतलासी गर्नुका साथै क्यामेरा, मिडिया हाउसको परिचयपत्र र मोटरसाइकलको चाबी खोसी केही समय घेरा हाली बन्धक बनाएका थिए । त्यस्तै पत्रकार विश्वकर्माले तस्करी भइरहेको दृश्य क्यामेरामा कैद गरेकोमा प्रहरी अगाडि जबरजस्ती उक्त भिडियो उक्त समूहले डिलिट गराएका थिए ।

केही समय बन्धक बनाएपछि भिडियो डिलिट गराएर तस्करहरुले क्यामेरा, परिचयपत्र र मोटरसाइकलको चाबी खोसी केही समय घेरा हालेर बन्धक बनाएका थिए । केही समय बन्धक बनाएपछि भिडियो डिलिट गराएर तस्करहरुले क्यामेरा र परिचयपत्र फिर्ता गरेका थिए । तस्करहरुले क्यामेरा खोस्ने क्रममा पत्रकार विश्वकर्माको क्यामेरा समेत टुटफुट भएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओखलढुंगामा दुईवटा औषधि पसल सिल

ओखलढुंगा । ओखलढुंगामा सरकारले तोकेको मापदण्ड विपरीतका औषधिहरु बिक्री गर्ने दुई वटा औषधि पसलमा सिल गरिएको छ । जिल्लाको सिद्धिचरण नगरपालिका ४ मा रहेको प...

सरकारी सम्पतीकाे दुरुपयाेगः उपमहानगरकाे गाडी सिक्ने क्रममा दुर्घटना हुँदा दुईजना घाइते, शाखा अधिकृत पक्राउ

दाङ । तुलसीपुर उपमहानगरपालिकाको गाडीले ठक्कर दिँदा दाङमा चार वर्षिया बालिकासहित दुईजना घाइते भएका छन् । सो गाडी उपमहानगरकी अधिकृत रेवा रावतले चलाएकी थ...

सांसद साहको प्रश्नः तुलसीलाल स्मृति प्रतिष्ठान सामाजिक संस्था हो कि व्यापारिक ?

स्मृति प्रतिष्ठानको भवनबाट एमालेको कार्यालय तत्काल हटाउन माग

वर्तमान शासन व्यवस्थाको विकल्प छैनः अध्यक्ष प्रचण्ड’

भजनी। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान व्यवस्थाको विकल्प पुरानो व्यवस्था...

राउटे मुखिया सुर्यनाराणको मृत्यु

दैलेख । जंगलमा फिरन्ते जीवन विताउँदै आएका राउटेका मुखिया सुर्यनारायण शाहीको मृत्यु भएको छ । शाहीको सोमबार राति ९ बजे ४९ वर्षको उमेरमा मृत्यु भएको हो ।...

शुक्रबार धरानबाट हराएको बस विराटनगरमा भेटियो, पार्टपुर्जा बिक्री

विराटनगर । सुनसरीको धरानबाट चोरी भएको यात्रुबहाक बस विराटनगरमा भेटिएको छ ।  शुक्रबार बिहान धरान उपमहानगरपालिका–८ दुर्गापथस्थित ग्यारेजबाट चोरी भएको प्...

७९ वटा ऐन एकैपटक संशोधन गर्ने विधेयक संसदबाट पारित

काठमाडौं। ७९ वटा ऐन एकैपटक संशोधन गर्ने ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक’ प्रतिनिधि सभाबाट पारित भएको छ ।  मंगलबारको सभामा कानुन, न्याय तथा संसदी...

राजनीतिमा युवालाई प्रोत्साहन गर्नुपर्छ, नयाँ जोस, जाँगर र शैली भएकाहरूलाई हामीले सघाउनुपर्छ : हरिवंश आचार्य (अन्तर्वार्ता)

काठमाडाैं । कलाकार हरिवंश आचार्यको पहिचान नै हास्य व्यङ्ग्यात्मक प्रहसन र प्रस्तुति रहँदै आएको छ । तर, २०७९ सालमा प्रदर्शन भएको चलचित्र ‘महापुरुष’ मार...

फोहरजन्य वस्तु बेचेर १४ लाख आम्दानी

तनहुँ ।  व्यास नगरपालिकाले नकुहिने फोहर बिक्री गरेर आठ महिनाको अवधिमा रु १४ लाख आम्दानी गरेको छ । गत भदौदेखि फोहर सङ्कलन गरी व्यवस्थित कार्य थालेको यस...

डिआईजी आचार्यको मधेश प्रदेशको कार्यकाल: १ अरब बढी राजश्व संकलन

रौतहट । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका तत्कालीन प्रमुख डिआईजी हाल एआईजी लालमणि आचार्यको कार्यकालमा १ अरब भन्दा बढी राजश्व संकलन भएको छ। डिआईज...

अरु धेरै
raksirang palika
ribdikot palika
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

chisankhugadi palika tripura sundari palika thakre palika temal palika sunapati palika shivapuri palika shailung palika roshi palika marin palika manhari palika mahabharat lishankhu palika lakhan palika khotehang palika khaniyabas palika khanikhola palika kakani palika Kailash palika jugal palika jantedhunga palika ghyangkhola palika gandaki palika NIBL RIGHT SIDE Salt Trending