Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

करेन्टबाट आगलागीमा परी मृत्यु भएकाको शव आफन्तलाई

खबरडबली संवाददाता

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा सडक खण्डमा लत्रिएको विद्युतको तारका कारण करेन्ट प्रवाह भई सवारी साधनमा भएको आगलागी घटनामा परी मृत्यु भएका चार जनाको शव आफन्तलाई जिम्मा लगाइएको छ । 

प्रहरीका अनुसार मृतकका शव जिल्ला अस्पताल ताप्लेजुङमा पोष्टमार्टम गरी आफन्तलाई जिम्मा लगाइएको हो । ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रवि रावलका अनुसार मृतकमध्ये तीन जनाको शव सोमबार साँझ नै र एक जनाको शव मङ्गलबार बिहान पोष्टमार्टम सकेर आफन्तको जिम्मा लगाइएको हो । 

ललितपुर महानगरपालिका–१० का १६ वर्षीय आध्या आचार्य, झापाको भद्रपुर नगरपालिका–१५ का पौडेल दम्पत्ती ७० वर्षीय विनोद पौडेल र ६९ वर्षीया सरीता पौडेलको शव सोमबार साँझ आफन्तलाई बुझाएको रावलले जानकारी दिए । रावलका अनुसार सवारी चालक ताप्लेजुङको फुङ्लिङ नगरपालिका–१० फुरुम्बुका ४२ वर्षीय दुर्गा भट्टराईको शव भने पोष्टमार्टमपछि मङ्गलबार आफन्तको जिम्मा लगाइएको छ । पाथीभरा दर्शनमा आएका तीर्थयात्री सवार मे १ ज ३०११ नम्बरको बोलेरो जिपमा लत्रिएको विद्युतीय तारले छोएर करेन्ट प्रवाह भई आगलागी भएको थियो ।

सोमबार बिहान ५ बजेको समयमा सुकेटार–पाथीभरा सडकअन्तर्गत सेवारोचौक खण्डमा भएको सो दुर्घटनामा चार जनाको जलेर घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा परी ललितपुर महानगरपालिका–१० की ४५ वर्षीया सविना आचार्य र १० वर्षीय बालक सविनाकी छोरा भविमय आचार्य घाइते भएका छन् । चालक भट्टराईबाहेक मृत्यु हुने र घाइते दुई जना एकै परिवारका हुन् । मृतक आध्या सविना आचार्यकै छोरी हुन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending