काठमाडौं। राष्ट्रिय भूमि समस्या समाधान समितिले पछिल्लो दुई महिनामा ९७ परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको जनाएको छ। समितिका अनुसार जेठ २० देखि साउन १६ गतेसम्म भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासी परिवारलाई पुर्जा वितरण गरिएको हो।
वितरित पुर्जामध्ये ६ वटा भूमिहीन दलित, ५८ वटा भूमिहीन सुकुमवासी र ३३ वटा अव्यवस्थित बसोबासी परिवारका नाममा रहेका छन्।
यस अवधिमा झापाको बुद्धशान्ति नगरपालिका–४, अर्जुनधारा नगरपालिका–११ र कन्काई गाउँपालिका–४ का लाभग्राहीलाई जग्गाधनी पुर्जा प्रदान गरिएको समितिले जनाएको छ।
त्यस्तै, बर्दियाको बढैयाताल गाउँपालिकामा भूमिहीन दलित र भूमिहीन सुकुमवासी गरी २९ परिवारले जग्गाधनी पुर्जा प्राप्त गरेका छन्।
चितवनको इच्छाकामना नगरपालिकामा भूमिहीन दलित र भूमिहीन सुकुमवासी गरी ३४ परिवारलाई पुर्जा वितरण गरिएको छ। हालसम्म एउटै स्थानीय तहमा सबैभन्दा धेरै पुर्जा वितरण भएको पालिका इच्छाकामना नगरपालिका रहेको समितिले जनाएको छ।
यस्तै, डडेलधुराको अजयमेरु गाउँपालिकामा अव्यवस्थित बसोबास गरिरहेका सात परिवारलाई पनि जग्गाधनी पुर्जा वितरण गरिएको समितिले जानकारी दिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २० गते, २०८३ - १५:२४
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले प्रदेश सरकार गठनसँग जोडिएको सत्ता राजनीतिको गणितीय चलखेलमा सहभागी नहुने निर्णय गरेको छ। बुधबार पा...
श्रावण २० गते, २०८३ - १५:१५
सुलीकोट। उत्तरी गोरखाको मनास्लु पदमार्गअन्तर्गत चुमनुब्री गाउँपालिका-६ मा पर्ने रेन्जम क्षेत्रमा पदमार्ग स्तरोन्नतिका लागि साउन २० देखि ३० गतेसम्म खच्...
श्रावण २० गते, २०८३ - १४:५२
काठमाडौं। सर्वोच्च अदालतका न्यायाधीशलाई राजीनामा दिन दबाब दिइएको र राजीनामा नदिए महाअभियोग लगाउने चेतावनी दिइएको भन्ने दाबीबारे तीन अन्तर्राष्ट्रिय मा...
श्रावण २० गते, २०८३ - १४:४०
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले प्रदेश सरकारमा सहभागिता जनाउने वा नजनाउने विषयमा आवश्यक निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष राजेन्द्र...
श्रावण २० गते, २०८३ - १४:३१
काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सर्वोच्च अदालतका न्यायाधीशमाथि महाअभियोगको दबाब परेको भन्दै अन्तर्राष्ट्रिय मानवअधिकार स...
श्रावण २० गते, २०८३ - १४:२३
काठमाडौं। नेपाली कांग्रेसले वर्तमान सरकारका गतिविधिले लोकतन्त्र, सुशासन, प्रेस स्वतन्त्रता र कूटनीतिक मर्यादामाथि प्रश्न उठाएको भन्दै सरकारसँग १० बुँद...
श्रावण २० गते, २०८३ - १४:१८
ओखलढुङ्गा। ओखलढुङ्गामा आर्थिक वर्ष २०८२/८३ मा जटिल स्वास्थ्य समस्या भएका १४ गर्भवती तथा सुत्केरी महिलाको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत हेल...
श्रावण २० गते, २०८३ - १४:१४
काठमाडौँ। सरकारले इन्टरनेट सेवा प्रदायक (आइएसपी) कम्पनीको दूरसञ्चार सेवा शुल्क, सलामी दस्तुर तथा ग्रामीण दूरसञ्चार विकास कोष (आरटिडीएफ)बापतको बक्यौता ...
श्रावण २० गते, २०८३ - १४:०७
काठमाडौं। नेपाली कांग्रेसले सरकारले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक मूल्य–मान्यता विपरीतका गतिविधि गरिरहेको आरोप लगाउँदै गम्भ...
श्रावण २० गते, २०८३ - १३:५७
काठमाडौं। राष्ट्रिय भूमि समस्या समाधान समितिले पछिल्लो दुई महिनामा ९७ परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको जनाएको छ। समितिका अनुसार जेठ २० देखि साउन ...



प्रतिकृया लेख्नुहोस्: