Ntc summer Offer
Khabar Dabali १७ बैशाख २०८२ बुधबार | 30th April, 2025 Wed
Investment bank

कैलालीका किसानमा चैतेधानको आकर्षण बढ्दै

खबरडबली संवाददाता

कैलाली । कैलालीको भजनी नगरपालिकाका कृष्ण चौधरी विगत पाँच वर्षदेखि चैते धानखेती गर्दै आएका छन् । पाँच कट्ठा क्षेत्रफलबाट सुरु गरेको चैतेधान अहिले तीन बिघामा फैलिएको छ । राम्रो उत्पादन दिने भएपछि उनले खेती विस्तार गर्दै लगेको बताए । ‘मिहिनेत बढी छ, सिँचाइको सुविधा पुर्‍याउन सक्यो भने बर्खे धानभन्दा चैतेधानले बढी उत्पादन दिन्छ,’ उनी भन्छन्, ‘बजारको पनि समस्या छैन । उत्पादन राम्रो हुने भएपछि किसानको आकर्षण बढ्ने नै भयो ।’

वर्षातका समयमा डुबानका कारण कुनै खेती नहुने भएकाले पनि कृष्णजस्ता सयौँ किसानका लागि चैतेधान विशेष बनेको छ । जिल्लाकै सबैभन्दा बढी डुबानको चपेटामा पर्ने भजनीका फाँट यतिवेला धानले हरियाली छन् । हिउँदे बाली भित्र्याएर अधिकांश किसानले धान रोपेका छन् । कतिपय किसान अझै पनि धान रोप्न व्यस्त छन् । ‘हाम्रो यता बर्खाको समयमा डुबान बढी हुने भएका कारण खेती हुँदैन,’ सोही ठाउँका बलदेव चौधरी भन्छन्, ‘चैतेधान नै प्रमुख बनेको छ । त्यहीँ उत्पादन भएको धानले खान पुगेको छ भने अन्य आर्थिक कारोबार पनि त्यसैबाट टर्ने गरेको छ ।’

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले भजनी क्षेत्रमा चैतेधान विस्तार कार्यक्रम सञ्चालन गर्दै आएको छ । नगरपालिकाको वडा नं. ३ र ८ मा धान जोन नै सञ्चालन गरेको छ । किसानमा चैतेधानप्रति देखिएको आकर्षणले धानखेती विस्तार कार्यक्रम राम्रो बन्दै गएको परियोजना प्रमुख गोविन्दराज जोशी बताउँछन् । ‘परियोजनाले जोन नै सञ्चालन गरेपछि किसानले ठुलो सहुलियत पाउनुभएको छ । बर्सेनि धानखेती विस्तार पनि हुँदै गएको छ,’ उनले भने, ‘गत वर्ष करिब पाँच सय हेक्टरमा चैतेधानमा परियोजनाको सहयोग रहेको थियो भने यस वर्ष झन्डै पाँच सय हेक्टरमा विस्तार भएको छ ।’

परियोजनाले भजनीसहित कैलारी गाउँपालिका, जोशीपुर गाउँपालिका र घोडाघोडी नगरपालिकामा पनि चैतेधान विस्तार कार्यक्रम सञ्चालन गर्दै आएको छ । परियोजना प्रमुख जोशीका अनुसार यस वर्ष परियोजनाले एक हजार हेक्टरमा चैतेधान विस्तारमार्फत सहयोग गरेको छ । उनले किसानलाई बिउसँगै अन्य कृषि उपकरणमा परियोजनाले सहयोग गर्दै आएको बताए । कृषि ज्ञान केन्द्रको तथ्यांकअनुसार यस वर्ष एक हजार पाँच सय हेक्टरमा चैते धानखेती भइरहेको छ । गत वर्षको भन्दा यस वर्ष तीन सय हेक्टरले धानखेती बढेको ज्ञान केन्द्रका प्रमुख टेकबहादुर विष्टले जानकारी दिए । ‘यकिन तथ्यांक त संकलन भइसकेको छैन, त्यही एक हजार पाँच सयभन्दा बढी हेक्टरमा धानखेती भएको छ । जसमध्ये ज्ञान केन्द्रले २५० हेक्टरमा सहयोग गरेको छ,’ उनले भने, ‘जसमध्ये ८० प्रतिशत धानखेती भजनी नगरपालिकामा भइरहेको छ ।’

भजनीमा ०६३ सालमा आएको बाढीका कारण एक करोड ५० लाखभन्दा बढीको धान बालीमा क्षति भएपछि त्यसको विकल्पमा किसानले चैतेधान सुरु गर्न थालेको विष्ट बताउँछन् । बर्खे धानभन्दा राम्रो उत्पादन दिने भएका कारण किसानको आकर्षण बढ्दै गए पनि लागत भने महँगो हुने गरेको उनको भनाइ छ । ‘अहिलेको सिजनमा सिँचाइको सहज पहुँच हुँदैन, जमिनमुनिबाट पानी तानेर सिँचाइ गर्न महँगो पर्छ,’ उनले भने, ‘सिँचाइमा सहजताका लागि हामीले बिजुलीमा सहुलियतका लागि किसानलाई सहयोग पुग्ने गरी कार्यक्रम बनाइरहेका छौँ ।’ किसानलाई धान बाली भित्र्याउन र धान सुकाउन आवश्यक मेसिनरी अनुदानको योजनामा ज्ञान केन्द्र रहेको विष्टले बताए ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र कृषि ज्ञान केन्द्रले चैतेधानमा सहयोग गरेपछि भजनी नगरपालिकाले यस वर्ष सो क्षेत्रमा सहयोग गरेको छैन । कार्यक्रमको ‘डुब्लिकेसन’ हुने भन्दै सो कार्यक्रम चालू आवमा समावेश नगरिएको नगरपालिकाका कृषि शाखा प्रमुख सुशोभन अधिकारीले बताए । ‘हामीले कार्यक्रम नराखे पनि प्राविधिक सहयोग भने रहेको छ,’ उनी भन्छन्, ‘चैतेधानमा बर्सेनि किसानको संख्या बढ्दै गएको छ । यस वर्ष नगरपालिका क्षेत्रभित्र एक हजार हेक्टरभन्दा बढीमा चैतेधान विस्तार भएको छ ।’ उनले आवश्यकताका आधारमा किसानलाई सहजीकरण गर्दै आएको बताए ।

सरकारले पनि पहिलोपटक चैतेधानको समर्थन मूल्य तोकेको छ । सरकारले चैतेधानको समर्थन मूल्य तोक्नुपर्ने माग गर्दै आएका किसान यतिवेला धानको समर्थन मूल्य तोकिएपछि झन् खुसी भएका छन् । ‘बजारमा धानको मूल्य हामीले तोक्न पाइरहेका थिएनौँ । व्यापारीले जति दिन्छ, त्यतिमै चित्त बुझाउनुपर्ने स्थिति थियो,’ किसान कल्लु डगौराले भने, ‘अब हामीले धानको मूल्य पाएका छौँ । त्यसकारण पनि किसानले यस वर्ष बढी धान लगाएका छन् ।’ सरकारले चैतेधानको प्रतिक्विन्टल रु. दुई हजार ८००.६९ समर्थन मूल्य तोकेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शिक्षक महासंघको टोली वार्ताको लागि शिक्षा मन्त्रालयमा

काठमाडाैं । शिक्षक महासंघको टोली वार्ताका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पुगेको छ । शिक्षामन्त्री रघुजी पन्तले वार्तामा बोलाएपछि महासंघक...

रुसका राष्ट्रपति पुटिनद्वारा तीन दिने युद्धविरामको घोषणा

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले दोस्रो विश्वयुद्धको विजय दिवसको अवसर पारेर मे ८ देखि १० सम्म तीन दिनका लागि आकस्मिक युद्धविरामको घोषणा गरेका...

अटो निर्माताहरूमाथि करको प्रभाव कम गर्ने ट्रम्पको अपेक्षा

न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले धेरै भन्सार महसुलबाट प्रभावित भएका अटो निर्माताहरूमाथिको महसुलको प्रभाव कम गर्न सहमत भएकाे अमेरिकी मिड...

धनकुटामा औद्योगिक प्रदर्शनी तथा धनकुटा पर्यटन उत्सव हुने

धनकुटा । धनकुटामा यही वैशाख २३ गतेदेखि जेठ ५ गतेसम्म औद्योगिक प्रदर्शनी तथा धनकुटा पर्यटन उत्सव हुने भएको छ ।  मंगलबार आयोजक नेपाल घरेलु तथा साना उ...

मकवानपुरको बागमती गाउँपालिकामा रुखले च्यापिएर मृत्यु

मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका–३, देउजोरमा रुखले च्यापिएर एकजनाको मृत्यु भएको छ ।  स्थानीय सूर्यकिरण सामुदायिक वनमा ठेक्कामा रुख काट्ने क्...

माेरङमा एक बालकको मृत्यु

विराटनगर । घरको गेटले किच्दा विराटनगरमा एक बालकको मृत्यु भएको छ । मोरङको विराटनगर महानगरपालिका वडा नम्बर ४ जामुनगाछी स्थित राधाकृष्ण मार्ग बस्ने नाराय...

म्यानमारमा सुकीको बङ्गलाको लिलामी चौथो पटक असफल

याङ्गुन । म्यानमारका अधिकारीहरू मङ्गलबार आङ सान सुकीको तालको किनारको बङ्गला लिलामी गर्न असफल भएका छन् । जेलमा रहेकी नोबेल शान्ति पुरस्कार विजेता सुकीक...

उत्तरपूर्वी चीनको रेस्टुरेन्टमा आगलागी, २२ जनाको मृत्यु

बेइजिङ । उत्तरपूर्वी चीनको एक रेस्टुरेन्टमा भएको आगलागीमा मङ्गलबार २२ जनाको मृत्यु भएको र तीन जना घाइते भएको बेइजिङको सरकारी प्रसारकले जनाएको छ । र...

वैदेशिक रोजगारीमा पठाउने प्रलोभनमा लाखौं ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । प्रहरीले वैदेशिक रोजगारीमा ठगी गर्ने ५६ वर्षीय सुजन कुमार उप्रेतीलाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उप...

गगन थापालाई अदालतको अवहेलना मुद्दामा कारबाहीकाे माग

काठमाडाैं । सर्वोच्च अदालतले नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापालाई अदालतको अवहेलनामा किन कारवाही नगर्ने भनी उनको लिखित जवाफ माग्न आदेश दिएको छ...

अरु धेरै
raksirang palika
ribdikot palika
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

chisankhugadi palika tripura sundari palika thakre palika temal palika sunapati palika shivapuri palika shailung palika roshi palika marin palika manhari palika mahabharat lishankhu palika lakhan palika khotehang palika khaniyabas palika khanikhola palika kakani palika Kailash palika jugal palika jantedhunga palika ghyangkhola palika gandaki palika NIBL RIGHT SIDE Salt Trending