मकवानपुरगढी । मकवानपुर प्रहरीले २२५ बोतल लागुऔषध अनरेक्ससहित सुमो र चालकलाई नियन्त्रणमा लिएको छ ।
मंगबार बिहान अन्दाजी ६:५ बजेको समयमा प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले हेटौंडा–१५ स्थित रातोमाटे चेकपोष्टमा सवारी चेकजाँच गर्ने क्रममा बाराको अमलेखगञ्जबाट काठमाडौँतर्फ जानको लागि हेटौंडा आउँदै गरेको मधेश प्रदेश ०३-००१ ज ४५१ नम्बरको सूमोसहित चालकलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर–९ बस्ने २४ वर्षीय मुम्ताज मिया रहेका छन् । मियाले सूमोको छतमा टायर राखी उक्त टायरभित्र प्वाल पारी दुई सय २५ बोत्तल अनरेक्स लुकाइछिपाई ल्याएको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया लेख्नुहोस्: