काठमाडौं । एनसेल डेटा सेन्टर र क्लाउड सेवा प्रदायकका रुपमा सूचिकृत हुने पहिलो नेपाली कम्पनी बनेको छ । सूचना प्रविधि विभागले आइतबार एनसेललाई डेटा सेन्टर सेवा प्रदायक र क्लाउड सेवा प्रदायकका रुपमा सूचिकृत गरेको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभागले डेटा सेन्टर तथा क्लाउड सेवा (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका २०८१ मा भएको कानुनी व्यवस्था बमोजिम एनसेललाई सूचिकृत गरेको हो । विभागले कम्पनीको प्रत्यक्ष निरीक्षण तथा कम्पनीबाट पेश भएको निवेदन तथा कागजातको गहन अध्ययन गर्दा कम्पनीले तोकेको सञ्चालन मापदण्ड तथा सुरक्षा अनुसरण गरेको देखिएकोले कम्पनीलाई सूचिकृत गरिएको हो ।
यो निर्देशिका २०८१ माघ १५ गतेको सञ्चार तथा सूचना मन्त्री पृथ्वी सुब्बा गुरुङको मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत भएपछि कार्यान्वयनमा आएको थियो । निर्देशिकाले सेवा प्रदायकको लागि सुरक्षा, गोपनीयता र पूर्वाधार लगायतका महत्वपूर्ण क्षेत्रमा नियम निर्धारण गरेको छ ।
प्रतिकृया लेख्नुहोस्: