सिराहा । विद्यालय भवन निर्माण नै नगरी मिलेमतोमा निर्माण सम्पन्न भएको किर्ते सिफारिसमा पालिकाबाट रकम भुक्तानी लिएको घटनामा भ्रष्टाचारी ठहर भई कैद सजाय भएका सिराहाको नवराजपुर गाउँपालिका– २ मझौराका पूर्ववडाध्यक्ष करिब ३७ वर्षीय खुसीलाल साह किर्ते जालसाजी मुद्दामा पक्राउ परेका छन् ।
पूर्ववडाध्यक्ष साहलाई प्रहरीले किर्ते जालसाजी मुद्दामा पक्राउ गरी सोमबारदेखि लागू हुने गरी सिराहा जिल्ला अदालतबाट पहिलोपटक सात दिनको म्याद लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
आफ्नै घरमा लुकिछिपी बसिरहेको अवस्थामा उनलाई इलाका प्रहरी कार्यालय महेशपुर पतारबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी त्यही दिन अदालतमा उपस्थित गराएको सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।
उनका अनुसार गत फागुनमा वडा कार्यालयले सरकारी कागज किर्ते र ठगीविरुद्ध उजुरी दिएपछि फरार रहेका साहलाई खोजतलासको क्रममा पक्राउ गरिएको हो ।
प्रतिकृया लेख्नुहोस्: