-काठमाडौं ।
मध्य वर्षायामसँगै उपभोक्ताको भान्सामा महँगीको चर्को मार परेको छ। कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांकअनुसार असारको तुलनामा साउनमा केही तरकारीको मूल्य ४०० प्रतिशतसम्म बढेको छ। ज्याला र आम्दानी नबढ्दा दैनिक उपभोगका तरकारी महँगिएपछि सर्वसाधारणको भान्सा धान्नै मुस्किल हुन थालेको छ।
समितिको २० असार र २० साउनको औसत मूल्य तुलना गर्दा हरियो फर्सी, हरियो खुर्सानी, पालुङ्गो, रायो साग, मकैबोडी, ब्रोकाउली, भन्टा, सिमीलगायतका तरकारीको मूल्य अस्वाभाविक रूपमा बढेको देखिएको छ।
सबैभन्दा धेरै हरियो फर्सीको मूल्य बढेको छ। २० असारमा प्रतिकिलो ११ रुपैयाँ रहेको फर्सी एक महिनामै पाँच गुणा बढेर ५५ रुपैयाँ पुगेको छ। खुद्रा बजारमा भने यही फर्सी ९० देखि १२० रुपैयाँसम्ममा बिक्री भइरहेको छ।
हरियो बुलेट खुर्सानीको मूल्य पनि २२ रुपैयाँ ५० पैसाबाट बढेर ९६ रुपैयाँ पुगेको छ भने लामो हरियो खुर्सानी ३० रुपैयाँबाट ९६ रुपैयाँमा पुगेको छ। माछे खुर्सानीको मूल्य पनि दोब्बरभन्दा बढी बढेको छ। खुद्रा बजारमा उपभोक्ताले यी खुर्सानी प्रतिकिलो १५० देखि १७० रुपैयाँसम्म तिर्नुपरेको अवस्था छ।
स्वास्थ्यका लागि आवश्यक मानिने सागपात पनि महँगिएको छ। पालुङ्गो सागको मूल्य ५५ रुपैयाँबाट बढेर २ सय ३३ रुपैयाँ पुगेको छ भने रायो साग ३५ रुपैयाँबाट १ सय ३३ रुपैयाँ र तोरीको साग ४५ रुपैयाँबाट १ सय रुपैयाँ पुगेको छ।
मकैबोडी, ब्रोकाउली, तनेबोडी, भिन्डी, करेला, लौका, घिरौँलालगायत तरकारीको मूल्य पनि उल्लेख्य रूपमा बढेको छ। यद्यपि आलु र प्याजको मूल्य भने तुलनात्मक रूपमा स्थिर रहेको तथ्यांकले देखाएको छ।
उपभोक्ताहरूले थोक र खुद्रा मूल्यबीच ठूलो अन्तर रहेको भन्दै अनुगमन कमजोर भएको गुनासो गरेका छन्। शंखमुलकी सरस्वती पौडेल भन्छिन्, “एक साताअघि ३० रुपैयाँमा पाइने भिन्डी अहिले १५० रुपैयाँमा बेचिन्छ। यस्तो महँगीमा तरकारी किनेर खानै गाह्रो भयो।”
खुद्रा व्यापारीहरू भने आफूहरूले थोक बजारबाटै महँगो मूल्यमा तरकारी किन्नुपरेकाले थोरै नाफा राखेर मात्रै बिक्री गरेको दाबी गर्छन्। कतिपय तरकारी महँगो भएकै कारण बिक्री नभई कुहिएर फाल्नुपर्ने अवस्था आउने उनीहरूको भनाइ छ।
नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघका अध्यक्ष भरतप्रसाद खतिवडाले भने बजारमा तरकारीको अभाव नभएको र मूल्य पनि सामान्य अवस्थामै रहेको दाबी गरेका छन्। उनका अनुसार वर्षाका कारण ढुवानी अवरुद्ध भएर ठूलो समस्या सिर्जना भएको अवस्था छैन।
यता कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिले भने वर्षायाममा उत्पादन घटेकाले आपूर्ति प्रभावित हुँदा मूल्य बढेको जनाएको छ। समितिका सूचना अधिकारी विनय श्रेष्ठका अनुसार बजारमा दैनिक ६ सयदेखि ७ सय टन तरकारी भित्रिए पनि खेतमै उत्पादन घटेकाले मूल्य बढेको हो।
उनले नयाँ उत्पादन बजारमा नआउँदासम्म मूल्य घट्ने सम्भावना नरहेको बताए। मौसम थप प्रतिकूल बनेमा तरकारीको मूल्य अझै बढ्न सक्ने चेतावनी पनि उनले दिएका छन्।
तरकारीको मूल्यमा भएको तीव्र वृद्धिले दैनिक ज्यालादारी मजदुर, न्यून आय भएका परिवार र मध्यम वर्गलाई सबैभन्दा बढी असर गरेको छ। बजार अनुगमन प्रभावकारी नबने बिचौलिया र खुद्रा व्यापारीको मनपरी मूल्य असुलीबाट उपभोक्ताको भान्सा अझै महँगिने चिन्ता बढेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २४ गते, २०८३ - १५:३३
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली राजनीतिमा पुरानो नेतृत्व र संरचनालाई पुनःस्थापित गरेर नयाँ युग निर्माण गर्न नसकिने धारणा रा...
श्रावण २४ गते, २०८३ - ०९:०३
बागलुङ । सात महिनामा निर्माण सम्पन्न गर्ने सम्झौता भएको बागलुङ बजारको महत्वपूर्ण सडक दुई वर्ष बित्न लाग्दा पनि अधुरै छ । राष्ट्रिय गौरवको आयोजना मध्यप...
श्रावण २४ गते, २०८३ - ०९:००
सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा संलग्न भएको आशंकामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी ...
श्रावण २४ गते, २०८३ - ०८:५१
काठमाडौं । लामो समयदेखि घाटा व्यहोर्दै आएका सरकारी स्वामित्वका उद्योगमा सुधारको संकेत देखिन थालेको छ। सरकारले सञ्चालन व्यवस्थापन, उत्पादन वृद्धि, खर्च...
श्रावण २४ गते, २०८३ - ०८:४०
काठमाडौं । खारेजीको सूचीमा परेको सहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरणलाई सरकारले पुनः सक्रिय बनाउने भएको छ। काठमाडौँ उपत्यकाको अस्तव्यस...
श्रावण २४ गते, २०८३ - ०८:२८
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संघीयता, धर्मनिरपेक्षता, समावेशिता र लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने प्रयास स्वी...
श्रावण २४ गते, २०८३ - ०८:२३
काठमाडौं । लगातारको वर्षासँगै आएको पहिरो, सडक भासिने र कटानका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन्। प्रमुख राजमार्ग तथा करिडोरका विभिन्न खण...
श्रावण २४ गते, २०८३ - ०८:१७
काठमाडौं । बजारमा खाना पकाउने ग्यासको अभाव देखिएपछि उपभोक्ताका गुनासा तत्काल सम्बोधन गर्न स्थापना गरिएको ‘क्विक रेस्पोन्स’ टिम सक्रिय बनेको छ। ग्या...
श्रावण २४ गते, २०८३ - ०८:१३
काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा विभिन्न प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाश...
श्रावण २४ गते, २०८३ - ०८:०९
खोटाङ । गोडमेल गर्ने बेलामा धान खेतमा पहिरोको लेदो र गेगर पसेपछि खोटाङका किसानको वर्षदिनको मेहनत जोखिममा परेको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिक...



प्रतिकृया लेख्नुहोस्: