काठमाडौं । जम्मु-कश्मीरमा मंगलबार भएको आतंकवादी हमलामा २७ जना मारिएका छन्।
दैनिक भास्करका अनुसार आक्रमणमा एक नेपाली पनि परेका छन्। नेपालका सुदीप न्यौपाने पनि मारिएको समाचारमा उल्लेख छ। यद्यपि, ठेगाना खुलेको छैन।
जम्मु-कश्मीरमा मंगलबार २०१९ को पुलवामा आक्रमणपछि सबैभन्दा ठूलो आतंकवादी हमला भएको हो।
मारिएका २७ जनामा एक नेपाली, यूएईका एक पर्यटक, २ जना स्थानीय र बाँकी भारतकै गुजरात, महाराष्ट्र, कर्नाटक, तमिलनाडु र ओडिशाका नागरिक रहेको दैनिक भास्करले जनाएको छ।
हमला मंगलबार दिउँसो २ः४५ बजे पहलगामको बैसरन उपत्यकामा भएको हो। मिडिया रिपोर्टअनुसार आतंककारीहरूले एक पर्यटकलाई नाम सोधे र टाउकामा गोली हाने। यसपछि उनीहरू अन्य पर्यटकहरूमाथि गोली चलाउँदै भागे।
घटनामा २० जनाभन्दा बढी घाइते भएका छन्।घटनापछि सुरक्षा बलले पहलगामको आक्रमण भएको क्षेत्रलाई घेराबन्दी गरेको छ। हेलिकप्टरबाट पनि निगरानी भइरहेको छ। यसअघि १४ फेब्रुअरी २०१९ मा पुलवामा आक्रमण हुँदा ४० सैनिक मारिएका थिए।
प्रतिकृया लेख्नुहोस्: