विराटनगर । सडक र ड्रेन बनाउने विवाद मिलाउन धरान ११ पुगेका नगर प्रमुख हर्क साम्पाङले उक्साएपछि उनका समर्थकद्वारा कुटिएका सन्तोष लिम्बुले प्रहरीमा उजुरी दिएका छन् । नगर प्रमुख साम्पाङ र वडा नम्बर ११ अध्यक्ष लोकेन्द्र फागो कै अगाडि सोमबार कुटिएका लिम्बुले मेयर साम्पाङसहित ३ जनाविरुद्ध उजुरी दिएका हुन् ।
धरान–११ नगरकोट टोल विकास स्रस्थाका अध्यक्ष समेत रहेका लिम्बुले साम्पाङसहित धरान ११ का वडाध्यक्ष लोकेन्द्र फागो, धरान ११ का चङ्खे भन्ने जोन लिम्बू विरुद्ध अभद्र व्यवहारको कसुरमा मुद्दा हालेका हुन् ।
नगरकोट-बानडाँडा बाटो स्तरोउन्नतिका लागि प्रदेश सरकारले २० लाख विनियोजन गरेको थियो । बजेट कम भएपछि मास्तिरको क्षेत्रमा मात्रै यस वर्ष काम हुने भएपछि विवाद उत्पन्न भएको थियो । विवाद मिलाउन नगर प्रमुख साम्पाङ सोमबार आउने भनेका थिए ।
उनी सोमबार नआइ मंगलबार निर्माणस्थल पुगेका थिए । उनले विवाद मिलाउनुको साटो उल्टै विवाद निकालेको सन्तोषले बताउँदै आएका छन् । उनले भने ‘मेयरकै अघि उनका समर्थकले म माथि हातपात प्रयास गरे त्यसैले कानुनी उपचार खोज्दै छु ।’
प्रमुख हर्क साम्पाङ र सन्तोष लिम्बूबीच सोमबार भनाभन भएको थियो । त्यस बेला लिम्बूलाई नगर प्रमुखले हैसियत सोधेका थिए । लिम्बूले आफू नागरिक भएको बताएका थिए ।
चर्काचर्की परिरहेका बेला साम्पाङले झोक्किएर तपाईँले के गर्नुहुन्छ रु भनेका थिए । लिम्बुले भने ‘लगत्तै साम्पाङका समर्थक चङ्खे भन्ने जोन लिम्बू म माथि आइलाग्यो ।’ जोन लिम्बू आफूमाथि आइलागेमनि उनलाई आफूले केही नगरेको तर नगर प्रमुखले उनका समर्थक आफू माथि आई लाग्दा पनि नरोकेको लिम्बुले बताए ।लिम्बु माओवादी कार्यकर्ता हुन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...
पौष ७ गते, २०८२ - १०:०८
रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...
पौष ७ गते, २०८२ - १०:०२
काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...




प्रतिकृया लेख्नुहोस्: