कालीकोट । लामो समयदेखि तलब नपाएपछि कालीकोटको खाँडाचक्र नगरपालिकाका १२१ जना करारका कर्मचारीले मूलगेटमा ताला लगाएका छन् । झण्डै २ वर्षदेखि तलब नपाएपछि उनीहरुले तालाबन्दी गरेका हुन् ।
तालाबन्दीपछि नगरपालिकाको सबै काम ठप्प छ । १२६ करार कर्मचारीमध्ये १२१ जनाले तलब नपाएको गुनासो गरेका हुन् । वडा नम्बर ३ का कर्मचारी खिम पाण्डेले ५ जनालाई मात्र तलब दिइँदै आएको बताए । उनका अनुसार २१ महिनादेखि तलब दिइएको छैन ।
उनका अनुसार तलब नपाउने कर्मचारीहरूमा २१ जना वनका छन् । पाण्डेले भने, ‘पटक(पटक ध्यानाकर्षण गराउँदा पनि नगरपालिकाले चासो दिएन । एकले अर्कोलाई दोष देखाउने मात्र भएपछि बाध्य भएर ताला लगाएका हौं ।’
खाँडाचक्रका उपमेयर गणेशबहादुर शाहीले कर्मचारीहरूको गुनासोलाई गम्भीरतापूर्वक लिएको जिकिर गरे । उनले भने, ‘समस्याको समाधानका लागि आन्तरिक छलफल भइरहेको छ ।’
कालीकोटका अभियन्ता हिक्मतजंग मल्लले नगरपालिकाले लामो समयदेखि गैरजिम्मेवार व्यवहार प्रदर्शन गरेको टिप्पणी गरे । ‘सेवाग्राही दिनहुँ पालिकाको ढोका चहारिरहेका हुन्छन् । कर्मचारीले तलब नपाउने, सेवासुविधाबाट वञ्चित हुने अवस्था देख्दा दुःख लाग्छ, मल्लले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...




प्रतिकृया लेख्नुहोस्: