काठमाडौ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको सम्बन्धमा गलत समाचार लेखेको भन्दै दायर भएको अदालतको अवहेलना मुद्दामा प्रधान सम्पादकलाई बयानका लागि बोलाउने आदेश भएको छ । सर्वोच्च अदालतले बुधबार यस्तो आदेश दिएको हो ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले पूर्व राजा ज्ञानेन्द्र शाहलाई भेट गरेको भन्ने अपुष्ट समाचार प्रकाशन गर्ने नेपाली पेन अनलाइन नामक सञ्चारमाध्यमविरुद्ध अदालतको अवहेलनामा मुद्दा दायर भएको थियो । मंगलबार दायर भएको रिटमाथि बुधबार संयुक्त इजलासमा सुनुवाइ हुँदा न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले यस्तो आदेश दिएको हो ।
सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइकेलका अनुसार बुधबारको आदेशमा नेपाली पेन अनलाइनका प्रधान सम्पादक डा. दीपेश केसी र कार्यकारी सम्पादक सचिन बानियाँलाई बयानका लागि बोलाउने आदेश भएको हो । उक्त अनलाइनले सोमबार ‘प्रधानन्यायाधीशले पूर्व राजालाई किन भेटे ?’ शीर्षकमा समाचार प्रकाशन गरेको थियो । समाचारमा प्रधानन्यायाधीश राउतले पूर्व राजा ज्ञानेन्द्र शाहसँग भेटघाट गरेको दाबी गरिएको थियो ।
सोही समाचारमै पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले पनि पूर्व राजालाई भेटेको र उनकै योजनामा वर्तमान प्रधानन्यायाधीश राउतले समेत भेटघाट गरेको दाबी गरिएको थियो । समाचारमै राउतले खिलराज रेग्मीले नै झैँ मन्त्रिपरिषद् अध्यक्ष बन्न खोजेको दाबी समेत गरिएको थियो ।
तर उक्त समाचार सरासर झुटो र प्रधानन्यायाधीश तथा न्यायालयकै अवहेलना गर्ने उद्देश्यबाट प्रकाशन भएको भन्दै सर्वोच्च अदालतका नासु कमला रेग्मी र कम्प्युटर असिस्टेन्ट रमेश बजगाईँले नेपाली पेन अनलाइनलाई विपक्षी बनाई अदालतको अवहेलनामा मुद्दा दायर गरेका थिए ।
सर्वोच्च अदालत प्रशासनले सोमबार र मंगलबार दिनभर उक्त समाचार पुष्टि गर्न र प्रमाण उपलब्ध गराउन माग गरेपछि उक्त समाचार नै वेभसाइटबाट डिलिट गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...
पौष ७ गते, २०८२ - १०:०८
रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...
पौष ७ गते, २०८२ - १०:०२
काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...




प्रतिकृया लेख्नुहोस्: