काठमाडाैं । नयाँ विज्ञान तथा प्रविधिमन्त्रीमा रघुजी पन्त नियुक्त भएका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पन्तलाई शिक्षामन्त्री नियुक्त गरेका हुन् ।
शीतलनिवास स्रोतका अनुसार, पन्तको भोलि (बिहीबार) शपथ गराउने कार्यक्रम तय भएको छ ।
शपथको समय भने तय भइनसकेको स्रोतले बतायो । मन्त्री नियुक्त भएका पन्त एमालेका समानुपातिक सांसद हुन् ।
गत वैशाख ८ गते विद्या भट्टराईले शिक्षामन्त्रीबाट राजीनामा दिएकी थिइन् । उनले प्रधानमन्त्रीबाट असहयोग भएको, काम गर्न असहज भएको लगायतका कारण देखाउँदै राजीनामा दिएकी हुन् ।
यता प्रधानमन्त्री केपी शर्मा ओलीले उर्जाराज्यमन्त्री पूर्णबहादुर तामाङ(कान्छराम) लाई हटाएका छन् । तामाङले नेपाल बिद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएकोमा विरोध गर्दै आएका थिए ।
प्रतिकृया लेख्नुहोस्: