काठमाडौं । नेकपा (माओवादी केन्द्र) काे सहायक संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) नेपालको तेस्रो राष्ट्रिय सम्मेलन आगामी जेठ १७ गतेदेखि १९ गतेसम्म काठमाडौंमा हुने भएको छ ।
आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी तेस्रो राष्ट्रिय सम्मेलनबारे जानकारी गराइएको हो । राष्ट्रिय सम्मेलन नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आतिथ्यतामा हुने बताइएको छ । त्यसैगरी, प्रदेश सम्मेलनहरु जेठ ५ गतेसम्म गरिसक्ने, जसअन्तर्गत बागमतीको वैशाख १७ र १८ गते काठमाडौंमा, विशेष प्रदेशको वैशाख १९ गते काठमाडौंमा, गण्डकीको वैशाख २० र २१ गते पोखरामा, सुदुरपश्चिमको बैशाख २३ र २४ गते धनगढीमा, १ नम्बर प्रदेशको वैशाख २६ र २७ गते, कर्णालीको २९ र ३० गते सुर्खेतमा, लुम्बिनीको जेठ १ र २ गते दाङको घोराहीमा र मधेशको जेठ ४ र ५ गते गर्ने निर्णय भएको बताइएको छ ।
पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै वाईसीएल नेपालका इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशीखा’ ले आजको वाईसीएल २०६२/०६३ को भूमिकामा मात्रै सीमित नभएर त्यो भन्दा पनि स्मार्ट भइसकेको बताए । तत्कालीन समयमा सडक संघर्षबाट चिनिएको वाईसीएल अहिले बाढी आएको ठाउँमा, भूकम्प गएको ठाउँमा जनताको रक्षाको लागि पुग्ने गरेको बताए । ‘आज हामीलाई चाहिएको स्मार्ट वाईसीएल हो । युवा संगठनको काम ढुंगामुडा मात्रै गर्ने, नारामात्रै लगाउने बुझाइ छ । युवा संगठनको काम यो मात्रै होईन । उत्पादनको क्षेत्रमा पनि युवा संगठनले काम गर्नुपर्छ भनेर हामी लागेका छौं,’– उनले भने । दीपशीखाले अगाडि भने अहिले सरकार बिहिन को अबस्थामा छ , माफियाको इशारा र हातमा सरकार छ । एमाले को नेता जो भय पनि ओली देसको लागि चाहिदैन्, गठबन्धन बारे बोल्दै उनले भने-हिजाे जे जे गल्ति भयो गठबन्धन गर्दा, हिजाे गणतन्त्रको लडाइ,जनयुद्ध लड्दा एक्लै लडियो सफल पनि भयो । अब हामी एक्लै लड़ने हो ।
अध्यक्ष सुवोधराज सेर्पालीले माओवादी केन्द्र र वाईसीएल नेपालले जनतामा देखिएको निराशालाई आशामा परिणत गर्न सक्नुपर्ने बताए । उनले जनतालाई गणतन्त्रबाहेक अर्को कुनै तन्त्रको चाहना नरहेको बताए । ‘यो देशमा गणतन्त्रप्रति जनता खुसी छन्, जनतालाई अर्को कुनै तन्त्र चाहिएको छैन । व्यवस्थाप्रति जनता सन्तुष्ट छन् । तर, जनताको अवस्था नबद्लिँदा, राजनीतिक घोषणापत्रहरुमा जे कुरा हामीले भन्यौं, ती कुरा सही ढंगले लागू नगर्दा जनतामा जुन खालेको निराशा छ, त्यो निराशा चिर्न वाईसीएल नेपाल र माओवादी केन्द्र दृढतापूर्वक लाग्छ । हाम्रा आफ्ना कमीकमजोरीलाई सच्याएर अगाडि बढ्नुपर्छ,’ उनले भने ।
वाईसीएल नेपालको राष्ट्रिय सम्मेलनले युवाहरुको मुद्दा सम्बोधन गर्न दवाब सिर्जना गर्ने अध्यक्ष सेर्पालीले विश्वास व्यक्त गरे । अबको दश वर्षलाई विकास, समृद्धि र रोजगारीको वर्ष बनाउनुपर्छ भन्ने वाईसीएल नेपालको धारणा रहेको र तेस्रो राष्ट्रिय सम्मेलन पनि त्यसैअनुकूल अगाडि जाने उनले बताए ।
प्रतिकृया लेख्नुहोस्: