ताप्लेजुङ । स्थानीय सरकारको निरन्तरको दबाबपछि तमोर कोरिडोर सडकअन्तर्गत ताप्लेजुङको निघुरादिन र पाँचथरको अमरपुर जोड्ने तमोर नदीमा निर्माण गर्न लागिएको मोटरेवल पुल (मोटर गुड्ने पुल) को कामलाई तीब्रता दिइएको छ । ठेक्का लागेको सात वर्ष बितिसक्दा पनि पुल निर्माणमा ध्यान नदिएको निर्माण कम्पनीले भर्खरैदेखि कामलाई तीब्रता दिएको हो ।
पाँचथरको हिलिहाङ गाउँपालिकास्थित अमरपुरको आङ्बुङ र ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिका–१ निघुरादिन जोड्नेगरी तमोर नदीको लिम्बुनीमा मोटरेवल पुल निर्माण गर्न सुरु गरिएको हो । उक्त पुल निर्माणको जिम्मा लागेको सात वर्ष पुरा हुँदासमेत २० प्रतिशत पनि काममा प्रगति नभएपछि आठराई त्रिबेणी गाउँपालिकाका अध्यक्ष दीपेन्द्र पोमुले चासो राख्न थालेकाे थियाे । अध्यक्ष पोमुले मोटरेवल पुल निर्माण गर्न ढिलाई गरिएकोमा निर्माण कम्पनी र नियमक निकायप्रति खबरदारी गरेका थिए ।
उनको निरन्तरको खबरदारी अर्थात पुल निर्माण गराउने सन्दर्भमा ध्यानाकर्षण, दबाब र पहलसँगै पछिल्लो पटक निर्माण कम्पनीविरुद्ध आक्रोस पोख्दै कानुनी प्रक्रियामा गएर कारबाही गर्ने चेतावनीपछि निर्माण काम सुरु गरिएको छ । पुल निर्माणको जिम्मा पाएको निर्माण कम्पनी एमएस सपना याक्थुङ जेभीविरुद्ध कानुनी लडाइँमा जाने अध्यक्ष पोमुले चेतावनी दिएका थिए ।
उनले नियमक निकाय तमोर कोरिडोर (सुभाङखोला–दोभान–ओलाङ्चुङगोला) सडक योजनामा पनि निर्माण कम्पनीलाई तत्काल काममा फर्काउन र नभए ठेक्का तोड्ने प्रक्रिया सुरु गर्न लिखित आग्रह गर्ने तयारी गरेका थिए । सडक योजनामा मौखिक रुपमा भने पुल निर्माणमा गरिएको बेवास्ताप्रति पटक–पटक ध्यानाकर्षण गराएका थिए । सोही स्थानीय सरकारका तर्फबाट अध्यक्ष पोमुले गरेकाे निरन्तरको दबाबपछि निर्माण कम्पनीले काम सुरु गरेको बताइएको छ ।
पुल निर्माणमा बेवास्ता गरिएकोप्रति विगतदेखि नै ताप्लेजुङका प्रमुख जिल्ला अधिकारीहरु, उद्योगी व्यवसायी लगायतका सरोकारवालाले पटक–पटक स्थलगत अनुगमन र निरीक्षण गर्दै मोटरेवल पुलबारे चासो राख्दै आएका थिए । निर्माण कम्पनीका प्रतिनिधि तेजबहादुर कुरुम्बाङलाई तत्काल पुल निर्माणको काम गर्न सरोकारवालाले आग्रह गर्ने गरेका थिए । यसरी चौतर्फी दबाबपछि निर्माणको कामलाई गति दिएको पाइएको आठराई त्रिबेणी गाउँपालिका अध्यक्ष पोमुका स्वकीय सचिव लेखनाथ भट्टराईको भनाइ छ ।
सात वर्षभन्दा लामो समयावधिमा निर्माण कम्पनीले दुई–चार दिन काम गर्ने झैं गरेर छोड्दै आएकाले स्थाीयले आशङ्का व्यक्त गरेका हुन् । निर्माण कम्पनीले २०७४ फागुन पहिलो साता भ्याट र पिएससहित २२ करोड पाँच लाख ७७ हजार ८९० रूपियाँ बजेटमा पुल निर्माण गर्ने जिम्मा पाएको थियो । अहिले पुल निर्माण गर्न ठेक्का सम्झौता भएको सात वर्ष दुई महिना बितिसकेको छ ।
यता तमोर नदीको उक्त पुल निर्माण भएकै कारण नेपाल, भारत र चीन जोड्ने छोटो सडक मार्गको रूपमा रहेको तमोर कोरिडोरअन्तर्गत पाँचथरको पञ्चमी र ताप्लेजुङको निघुरादिन–फुलबारी खण्डमा यातायात सञ्चालन हुन सकेको छैन । सो पुल निर्माण भएमा भने भारतको सिमाना जोगवनी रानी विराटनगर हुँदै धनकुटा मुलघाट, पाँचथरको माझिटार, ताप्लेजुङको दोभान हुँदै चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सिमाना टिपतालासम्म यातायात सञ्चालन हुने छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: