Ntc summer Offer
Khabar Dabali १ जेष्ठ २०८२ बुधबार | 14th May, 2025 Wed
Investment bank

ताप्लेजुङको निघुरादिन र पाँचथरको अमरपुर जोड्ने तमोर नदीकाे पुल निर्माण तीब्र

खबरडबली संवाददाता

ताप्लेजुङ । स्थानीय सरकारको निरन्तरको दबाबपछि तमोर कोरिडोर सडकअन्तर्गत ताप्लेजुङको निघुरादिन र पाँचथरको अमरपुर जोड्ने तमोर नदीमा निर्माण गर्न लागिएको मोटरेवल पुल (मोटर गुड्ने पुल) को कामलाई तीब्रता दिइएको छ । ठेक्का लागेको सात वर्ष बितिसक्दा पनि पुल निर्माणमा ध्यान नदिएको निर्माण कम्पनीले भर्खरैदेखि कामलाई तीब्रता दिएको हो ।

पाँचथरको हिलिहाङ गाउँपालिकास्थित अमरपुरको आङ्बुङ र ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिका–१ निघुरादिन जोड्नेगरी तमोर नदीको लिम्बुनीमा मोटरेवल पुल निर्माण गर्न सुरु गरिएको हो । उक्त पुल निर्माणको जिम्मा लागेको सात वर्ष पुरा हुँदासमेत २० प्रतिशत पनि काममा प्रगति नभएपछि आठराई त्रिबेणी गाउँपालिकाका अध्यक्ष दीपेन्द्र पोमुले चासो राख्न थालेकाे थियाे । अध्यक्ष पोमुले मोटरेवल पुल निर्माण गर्न ढिलाई गरिएकोमा निर्माण कम्पनी र नियमक निकायप्रति खबरदारी गरेका थिए ।

उनको निरन्तरको खबरदारी अर्थात पुल निर्माण गराउने सन्दर्भमा ध्यानाकर्षण, दबाब र पहलसँगै पछिल्लो पटक निर्माण कम्पनीविरुद्ध आक्रोस पोख्दै कानुनी प्रक्रियामा गएर कारबाही गर्ने चेतावनीपछि निर्माण काम सुरु गरिएको छ । पुल निर्माणको जिम्मा पाएको निर्माण कम्पनी एमएस सपना याक्थुङ जेभीविरुद्ध कानुनी लडाइँमा जाने अध्यक्ष पोमुले चेतावनी दिएका थिए । 

उनले नियमक निकाय तमोर कोरिडोर (सुभाङखोला–दोभान–ओलाङ्चुङगोला) सडक योजनामा पनि निर्माण कम्पनीलाई तत्काल काममा फर्काउन र नभए ठेक्का तोड्ने प्रक्रिया सुरु गर्न लिखित आग्रह गर्ने तयारी गरेका थिए । सडक योजनामा मौखिक रुपमा भने पुल निर्माणमा गरिएको बेवास्ताप्रति पटक–पटक ध्यानाकर्षण गराएका थिए । सोही स्थानीय सरकारका तर्फबाट अध्यक्ष पोमुले गरेकाे निरन्तरको दबाबपछि निर्माण कम्पनीले काम सुरु गरेको बताइएको छ ।

पुल निर्माणमा बेवास्ता गरिएकोप्रति विगतदेखि नै ताप्लेजुङका प्रमुख जिल्ला अधिकारीहरु, उद्योगी व्यवसायी लगायतका सरोकारवालाले पटक–पटक स्थलगत अनुगमन र निरीक्षण गर्दै मोटरेवल पुलबारे चासो राख्दै आएका थिए । निर्माण कम्पनीका प्रतिनिधि तेजबहादुर कुरुम्बाङलाई तत्काल पुल निर्माणको काम गर्न सरोकारवालाले आग्रह गर्ने गरेका थिए । यसरी चौतर्फी दबाबपछि निर्माणको कामलाई गति दिएको पाइएको आठराई त्रिबेणी गाउँपालिका अध्यक्ष पोमुका स्वकीय सचिव लेखनाथ भट्टराईको भनाइ छ ।

सात वर्षभन्दा लामो समयावधिमा निर्माण कम्पनीले दुई–चार दिन काम गर्ने झैं गरेर छोड्दै आएकाले स्थाीयले आशङ्का व्यक्त गरेका हुन् । निर्माण कम्पनीले २०७४ फागुन पहिलो साता भ्याट र पिएससहित २२ करोड पाँच लाख ७७ हजार ८९० रूपियाँ बजेटमा पुल निर्माण गर्ने जिम्मा पाएको थियो । अहिले पुल निर्माण गर्न ठेक्का सम्झौता भएको सात वर्ष दुई महिना बितिसकेको छ ।

यता तमोर नदीको उक्त पुल निर्माण भएकै कारण नेपाल, भारत र चीन जोड्ने छोटो सडक मार्गको रूपमा रहेको तमोर कोरिडोरअन्तर्गत पाँचथरको पञ्चमी र ताप्लेजुङको निघुरादिन–फुलबारी खण्डमा यातायात सञ्चालन हुन सकेको छैन । सो पुल निर्माण भएमा भने भारतको सिमाना जोगवनी रानी विराटनगर हुँदै धनकुटा मुलघाट, पाँचथरको माझिटार, ताप्लेजुङको दोभान हुँदै चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सिमाना टिपतालासम्म यातायात सञ्चालन हुने छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नाकाकन्दीका कारण गाजामा अनिकालकाे चेतावनी

जेनेभा । लामो समयसम्म जालामो समयसम्म जारी नाकाबन्दीले मानवीय सहायता प्रवाह नहुँदा गाजामा अनिकाल र जोखिमको खतरा बढिरहेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुए...

देशमा कूल एक करोड ८१ लाख ४८ हजार ६५४ मतदाता

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक कार्यविधि, २०८१ बमोजिम २०८१ चैत मसान्तसम्ममा १८ वर्ष उमेर पूरा भएका नागरिकहरूको विवरणलाई आयोगको वे...

पलाता गाउँपालिकामा गाडी तार्ने फेरि बनाउँदा २५ लाख भ्रष्टाचार, अध्यक्ष/उपाध्यक्षसहित १० जनाविरुद्ध मुद्दा दायर

काठमाडाैं । कालिकोटको पलाता गाउँपालिकामा गाडी तार्ने फेरि बनाउँदा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पालिकाका तत्कालिन, अध्यक्ष, ...

पाेखरामा मानव बेचविखनको आरोपमा तीनजना पक्राउ

पाेखरा । मानव वेचविखन कार्यमा संलग्न रहेको आरोपमा कास्की प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको बकैया गाउँपालिका–४ घर भई पोख...

कृषि र पर्यटनमार्फत देशको विकास गर्न सकिन्छ: महत

नुवाकोट । नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले कृषि र पर्यटनमार्फत देशको विकास गर्न सकिने बताएका छन् ।  नेपाली कांग...

प्युठानमा करेन्ट लागेर एक जनाको मृत्यु

प्युठान । प्युठान नगरपालिका–७, गाँजुरीस्थित सहिद स्मृति पार्कमा करेन्ट लागेर एक जनाको मत्यु भएको छ । स्थानीय ४७ वर्षीय चित्रबहादुर के.सीको करेन्ट ल...

अदालतहरुमा एक करोड ९६ लाख ८१ हजार रुपैयाँ बेरुजु

काठमाडाैं । महालेखापरीक्षकको ६२औँ प्रतिवेदनले सर्वोच्च अदालत र मातहतका अदालतहरुमा झन्डै दुई करोड रुपैयाँ बेरुजु रहेको औँल्याएको छ । प्रतिवेदनअनुसार एक...

चीन र युरोपेली सङ्घबीचको सम्बन्ध स्थापनाको ५० बर्ष, थप मजबुत सम्बन्ध कायम गर्ने प्रतिवद्धता

बेइजिङ । चीन र युरोपेली सङ्घ (इयू) का कूटनीतिज्ञ तथा विज्ञहरूले यस वर्ष कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वर्षगाँठ मनाइरहँदा बढ्दो विश्वव्यापी चुनौतीका ...

बझाङमा खेत जोत्दै गरेका एक हल गोरूसहित हलीको मृत्यु

बझाङ । बझाङमा खेत जोत्दै गरेका एक हल गोरूसहित हलीको मृत्यु भएको छ ।  बुंगल नगरपालिका–८ ऐडीगाउँमा भएको उक्त घटनामा सुका ऐडीको मृत्यु भएको जिल्ला प्र...

पोखरामा इलेक्ट्रिक माइक्रो दुर्घटना हुँदा तीनजनाकाे मृत्यु

पोखरा । पोखरामा इलेक्ट्रिक माइक्रोबस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । काठमाडौंबाट पोखरा आउँदै गरेको ग१ज ८६३० नम्बरको इलेक्ट्रिक माइक्रोबस पोखरा ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending