काठमाडाैं । आकर्षक रोजगारीको प्रलोभनमा कम्बोडिया लगेर साइबर दास बनाउने गिरोहका एजेन्ट पक्राउ परेका छन् । कैलालीको टीकापुर– २ स्थायी घर भई काठमाडौं रातोपुल बस्ने २२ वर्षीय सन्देश शाही पक्राउ परेका हुन् ।
उनले एक युवकलाई मासिक डेढ लाख रुपैयाँसम्म आम्दानी हुने भन्दै प्रलोभनमा पारेर गत १६ माघमा भारतबाट मलेसिया हुँदै कम्बोडिया लगेका थिए । त्यहाँ चिनियाँ गिरोहले सञ्चालन गरेको अवैध कम्पनीमा बन्धक बनाई अनलाइन ठगीमा लगाइएको पीडितले बताएका छन् । दैनिक १५ घण्टासम्म काममा लगाएर साइबर दास बनाएपछि पीडितले एजेन्टविरुद्ध उजुरी गरेका हुन् । उनीविरुद्ध मानव बेचबिखनको कसुरमा अनुसन्धान थालिएको मानव बेचबिखन अनुसन्धान ब्युरोका एसपी नरेन्द्र कुँवरले बताए ।
कम्बोडिया र म्यानमारका यस्ता अवैध कम्पनीमा सयौँ नेपालीलाई लगेर बन्धक बनाई श्रम शोषणमा लगाइएको प्रहरीले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १ गते, २०८२ - २०:४२
काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक कार्यविधि, २०८१ बमोजिम २०८१ चैत मसान्तसम्ममा १८ वर्ष उमेर पूरा भएका नागरिकहरूको विवरणलाई आयोगको वे...
जेष्ठ १ गते, २०८२ - २०:२९
काठमाडाैं । कालिकोटको पलाता गाउँपालिकामा गाडी तार्ने फेरि बनाउँदा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पालिकाका तत्कालिन, अध्यक्ष, ...
जेष्ठ १ गते, २०८२ - २०:२३
पाेखरा । मानव वेचविखन कार्यमा संलग्न रहेको आरोपमा कास्की प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको बकैया गाउँपालिका–४ घर भई पोख...
जेष्ठ १ गते, २०८२ - २०:१८
नुवाकोट । नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले कृषि र पर्यटनमार्फत देशको विकास गर्न सकिने बताएका छन् । नेपाली कांग...
जेष्ठ १ गते, २०८२ - २०:०९
प्युठान । प्युठान नगरपालिका–७, गाँजुरीस्थित सहिद स्मृति पार्कमा करेन्ट लागेर एक जनाको मत्यु भएको छ । स्थानीय ४७ वर्षीय चित्रबहादुर के.सीको करेन्ट ल...
जेष्ठ १ गते, २०८२ - २०:०५
काठमाडाैं । महालेखापरीक्षकको ६२औँ प्रतिवेदनले सर्वोच्च अदालत र मातहतका अदालतहरुमा झन्डै दुई करोड रुपैयाँ बेरुजु रहेको औँल्याएको छ । प्रतिवेदनअनुसार एक...
जेष्ठ १ गते, २०८२ - १९:०१
बेइजिङ । चीन र युरोपेली सङ्घ (इयू) का कूटनीतिज्ञ तथा विज्ञहरूले यस वर्ष कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वर्षगाँठ मनाइरहँदा बढ्दो विश्वव्यापी चुनौतीका ...
जेष्ठ १ गते, २०८२ - १८:५७
बझाङ । बझाङमा खेत जोत्दै गरेका एक हल गोरूसहित हलीको मृत्यु भएको छ । बुंगल नगरपालिका–८ ऐडीगाउँमा भएको उक्त घटनामा सुका ऐडीको मृत्यु भएको जिल्ला प्र...
जेष्ठ १ गते, २०८२ - १८:५४
पोखरा । पोखरामा इलेक्ट्रिक माइक्रोबस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । काठमाडौंबाट पोखरा आउँदै गरेको ग१ज ८६३० नम्बरको इलेक्ट्रिक माइक्रोबस पोखरा ...
जेष्ठ १ गते, २०८२ - १८:५०
इलाम । विगतका वर्षहरूमा न्यून सङ्ख्यामा पर्यटकको चहलपहल हुने माईजोगमाईमा यतिबेला आन्तरिक तथा बाह्य पर्यटकको उपस्थिति बाक्लिएको छ । कोशी प्रदेश सरकारले...
प्रतिकृया लेख्नुहोस्: