मकवानपुर । मकवानपुर प्रहरीले बेवारिसे अवस्थामा रहेको एक क्विन्टलभन्दा बढी लागुऔषध गाँजा बरामद गरेको छ । प्रहरीले जिल्लाको मकवानपुरगढी गाउँपालिका– २, धवोडीबाट १०१ केजी ३१० ग्राम गाँजा बरामद गरेको हो ।
मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालका अनुसार धवोडी खोल्सामा रहेको ह्युमपाइपभित्र लुकाएर राखिएको अवस्थामा उक्त गाँजा मंगलबार राति फेला परेको हो ।
ह्युमपाइपभित्र प्लास्टिकका पोकामा लागुऔषध गाँजा देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए । गाँजा कसले लुकाएको हो भन्नेबारेमा अनुसन्धान भइरहेको प्रवक्ता अर्यालले बताए ।
प्रतिकृया लेख्नुहोस्: