Ntc summer Offer
Khabar Dabali १६ बैशाख २०८२ मंगलवार | 29th April, 2025 Tue
Investment bank

आज १९औँ लोकतन्त्र दिवस मनाइँदै

खबरडबली संवाददाता

काठमाडौँ । आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पणलगायत विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

तत्कालीन राजा ज्ञानेन्द्र शाहले विसं २०५९ जेठ ८ मा विघटित संसद्को पुनःस्थापना गरी आफू देशको कार्यकारी प्रमुखबाट हटेको तथा निरङ्कुशता पराजय भएको विसं २०६३ वैशाख ११ को स्मरण गर्दै लोकतन्त्र दिवस मनाइने गरिएको छ ।

त्यस दिन पूर्वराजा शाहको घोषणामा भनिएको थियो, “राज्यशक्तिको स्रोत नेपाली जनता नै भएको र नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली जनतामा नै निहित रहेको तथ्यलाई हृदयङ्गम गर्दै वर्तमान जनआन्दोलनमार्फत अभिव्यक्त भएको जनभावनाअनुरुप प्रतिनिधिसभालाई पुनःस्थापित गरिएको छ ।”

निरङ्कुशताको विरोधमा आन्दोलनरत सात राजनीतिक दल र तत्कालीन विद्रोही नेपाल कम्युनिस्ट पार्टी (माओवादी)सहितको सहभागितामा भएको जनआन्दोलनको बलमा उक्त घोषणामार्फत विसं २०६३ वैशाख १५ गते प्रतिनिधिसभाको बैठक आह्वान गरिएको थियो ।

जनआन्दोलनका बलमा स्थापना भएको लोकतन्त्रपछि भएका दुईवटा संविधानसभाको निर्वाचनद्वारा गठित संविधानसभाबाट विसं २०७२ साल असोज ३ गते जारी सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले नेपाललाई सङ्घीयतामा प्रवेश गराएको हो । सोहीबमोजिम सङ्घ, प्रदेश र स्थानीय तहको दुईपटक निर्वाचन भई अहिले मुलुक सङ्घीयताको अभ्यासमा छ ।

राज्यद्वारा उपलब्ध गराउनुपर्ने सेवासुविधा जनताको घरदैलोमै सरल र सहज रूपमा पुर्‍याउने तथा विपद्का बेलामा तत्कालै राहत र सहयोग उपलब्ध गराउने सन्दर्भमा सङ्घीताको अभ्याससँगै सङ्घ, प्रदेश र स्थानीय तहबिचको समन्वयले प्रभावकारी र सकारात्मक नतिजा प्रदान गर्दै आएको छ ।

यसैबिच, लोकतन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै परिवर्तन र शान्तिकामी राजनीतिक दलका नेताहरूले देशको समृद्धिका निम्ति सबै शक्ति एकजुट हुनुपर्नेमा जोड दिनुभएका छन् । लोकतन्त्रभन्दा राम्रो अर्को शासन व्यवस्था हुन नसक्ने भएकाले यसै कुरालाई हृदयङ्गम गरी सम्पूर्ण राजनीतिक शक्ति  समृद्धितर्फ केन्द्रित हुनुपर्ने आवश्यकता औँल्याइएको छ ।

विसं २०६२/६३ को आन्दोलनपछि तत्कालीन राजाको प्रत्यक्ष र निरङ्कुश शासनको अन्त्य भएको दिनको सम्झनामा २०६५ सालदेखि वैशाख ११ गते लोकतन्त्र दिवस मनाउन थालिएको हो । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्वाचन खर्चलाई मितव्ययी बनाउन माग

काठमाडौं । महिला सेवा संस्थाले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ लाई दोस्रो संशोधन गर्न बनेको विधेयकमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक र अपाङ्ग¬ता भएका व्यक्...

नाउपासँग एकताको पूर्वसन्ध्यामा जनमतको बैठक बस्दै

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)सँग पार्टी एकताको तयारीमा रहेको जनमत पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ । बैठक मंगलबार स...

शिक्षक आन्दोलन- दुवै पक्ष जित्नेगरी पूर्वशिक्षामन्त्रीहरूले सुझाए यी उपाय

काठमाडौं । सङ्घीय राजधानी काठमाण्डूमा शिक्षकहरूको आन्दोलन लम्बिइरहँदा सरकारसँग सहमति हुने छाँटकाँट अझै देखिएको छैन। यसबीचमा पटकपटक वार्ता भए पनि कु...

यी स्थानमा भइरहेको छ वर्षा, दिउँसो के होला ?

काठमाडौं । पश्चिमी र स्थानीय वायुका साथै बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको समेत प्रभावले हाल सुदूर पश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदल...

तथ्यांक तोडमोड गरेर प्राधिकरणले तयार गर्‍यो श्वेतपत्र- कुलमानलाई गलत देखाउन ५ अर्ब घाटा देखाइँदै

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले सञ्चित नाफा ४६ अर्ब ४७ करोड सञ्चित नाफा रहेको उल्लेख गर्दै श्वेतपत्र तयार गरेको छ । यसअघि ऊर्जामन्त्री दीपक खड्क...

सरकारसँग वार्तापछि शिक्षकहरुलाई अध्यक्ष सुवेदीले भने- राज्य दिन चाहँदैन, आन्दोलन बिना केही पाइँदैन

काठमाडौं । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलन थप बलियो बनाउन शिक्षकहरूलाई आग्रह गरेका छन्। गएराति सरकारसँग भएको वार्तामा स...

शिक्षक आन्दोलनले देशलाई पछाडि धकेल्छ : अध्यक्ष बिजुक्छेँ

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले शिक्षक आन्दोलनले देशलाई शैक्षिक रूपमा पछाडि धकेल्ने बताएका छन् ।  नेपाल नगरपालिक...

पालुङ्गो, चमसुर र मेथीको सागको मूल्य उच्च

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मू...

नारायणगढ-बुटवल सडक : दाउन्नेमा रातिको सवारी आवागमन वैशाख ३१ सम्म रोकिने

नवलपरासी । नारायणगढ–बुटवल सडकअन्तर्गतको दाउन्ने क्षेत्रमा सडक विस्तारका लागि थप आगामी वैशाख ३१ गतेसम्म सवारी आवागमन बन्द गरेर काम गरिने भएको छ ।  य...

कुटानी-पिसानी मिलबाट एक लाख बढी आम्दानी

कञ्चनपुर । बेलडाँडी गाउँपालिका–३ वैवाहाका चित्रबहादुर चौधरी एक दशकदेखि कुटानी–पिसानी मिल सञ्चालन गर्दै आएका छन् । मिल सञ्चालन गरेर उनले मासिक रु एक ला...

अरु धेरै
raksirang palika
ribdikot palika
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

chisankhugadi palika tripura sundari palika thakre palika temal palika sunapati palika shivapuri palika shailung palika roshi palika marin palika manhari palika mahabharat lishankhu palika lakhan palika khotehang palika khaniyabas palika khanikhola palika kakani palika Kailash palika jugal palika jantedhunga palika ghyangkhola palika gandaki palika NIBL RIGHT SIDE Salt Trending