Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

उद्योगीबाट बिजुलीको बक्यौता उठाउनुपर्छ भन्ने ऊर्जाराज्यमन्त्री तामाङ पनि बर्खास्त

खबरडबली संवाददाता

काठमाडौं । उद्योगीसँग डेडिकेटेड फिडर र ट्रंकलाइनबापतको आठ अर्ब बक्यौता उठाउन विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई साथ दिएका ऊर्जाराज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई पनि सरकारले बर्खास्त गरेको छ । कुलमानलाई पदमुक्त गरेको एक महिनामा राज्यमन्त्री तामाङलाई पनि बर्खास्त गरेको हो । 

उद्योगीसँग बक्यौता उठाउन पटक–पटक प्रयास गरेका कुलमानलाई प्रधानमन्त्री केपी ओली र ऊर्जामन्त्री दीपक खड्काले अवरोध गर्दा राज्यमन्त्री तामाङले सुरुदेखि सार्वजनिक रूपमै आलोचना गर्दै आएका थिए । कुलमानलाई पदमुक्त गर्दा पनि उनले खुलेरै सरकारको विरोध गरेका थिए । सरकारले कुलमानलाई ११ चैतमा पदमुक्त गरेको थियो । त्यसको ३१ दिनपछि बुधबार ऊर्जा राज्यमन्त्री तामाङलाई पनि हटाएको हो । 

बर्खास्तीमा परेका तामाङले राज्यकोषमा जम्मा हुनुपर्ने विद्युत् बक्यौता उठाउन ताकेता गर्दा आफू प्रधानमन्त्रीको तारोमा परेको बताए । ‘बिजुली उपभोग गरेको पैसा उद्योगीबाट उठाउनुपर्छ भनेर निरन्तर लडिरहेको थिएँ, कुलमानको पक्षमा बोलेको थिएँ,’ उनले भने, ‘तर, प्रधानमन्त्रीलाई त्यो कुरा मन परिरहेको थिएन । त्यसैले हटाउनुभयो होला ।’

मन्त्री खड्का र राज्यमन्त्री तामाङ दुवै कांग्रेसबाट सरकारमा प्रतिनिधित्व गरेका हुन् । तर, ऊर्जामन्त्री खड्काले मन्त्रीस्तरीय निर्णयबाटै कुलमान हटाउन पटक–पटक स्पष्टीकरण सोध्दा पनि राज्यमन्त्री तामाङले आपत्ति जनाएका थिए । मन्त्रिपरिषद्ले २१ फागुनमा घिसिङलाई स्पष्टीकरण सोध्न ऊर्जा मन्त्रालयलाई स्वीकृति दिने निर्णय गरेलगत्तै तामाङले संसद् भवनबाहिर उभिएर घिसिङ हटाउने उद्देश्यले स्पष्टीकरण सोधिएको भन्दै प्रतिवाद गरेका थिए ।

मुलुकलाई लोडसेडिङमुक्त गरेका घिसिङलाई कारबाहीको सट्टा पुरस्कृत गर्नुपर्ने धारणा राखेका थिए । बरु, अर्को कार्यकाल पनि प्राधिकरण हाँक्न दिनुपर्ने आवाज उठाएका थिए । त्यस्तै, ऊर्जामन्त्री खड्काले कार्यसम्पादन मूल्यांकनमा कुलमानलाई शून्य अंक दिँदासमेत राज्यमन्त्री तामाङले अस्वीकार गरेका थिए । प्राधिकरणलाई नाफामा लगेकै वर्ष नेतृत्वलाई कार्यसम्पादन मूल्यांकनमा शून्य अंक दिनु हाँस्यास्पद भएको भन्दै काम गर्ने कर्मचारीको खेदो खन्न नहुने बताएका थिए । 

मन्त्रिपरिषद्मा कुलमानलाई हटाउने प्रस्ताव लैजानुअघि पनि राज्यमन्त्री तामाङले ऊर्जामन्त्री खड्कालाई सम्झाउने प्रयास गरेका थिए । उनले सरकार र कांग्रेसकै छविमा समेत असर पर्ने गरी निर्णय नलिन आग्रह गर्दै कुलमानलाई पूरा कार्यकाल काम गर्न दिनुपर्ने र बक्यौता उठाउन पनि सघाउनुपर्ने बताएका थिए । तर, मन्त्री खड्काले त्यति वेला घिसिङलाई हटाउने विषय प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको हातमा पुगिसकेको भन्दै आफूले केही गर्न नसक्ने जवाफ तामाङलाई दिएका थिए ।

अहिले तामाङ आफैँ बर्खास्तीमा पर्दा पार्टीबाट पनि कुनै जानकारी नआएको बताउँछन् । ‘कांग्रेसको सभापति नै अहिले केपी ओलीले चलाएको छ त ! नभए त मेरो पार्टीले मलाई सोध्नुपर्थ्यो नि, सोध्नु पर्दैन र ? ओलीले त मलाई मन्त्री बनाएको होइन, मेरै पार्टीले बनाएको हो । हटाउनुअघि मलाई पार्टीले सोध्नुपर्थ्यो नि,’ तामाङले भने ।

तामाङको बर्खास्तीको कारणबारे कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले नै अनविज्ञता जनाए । ‘ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ हाम्रै पार्टीबाट मन्त्रिपरिषद्मा हुनुहुन्थ्यो । के कारण हटाइयो थाहा छैैन । आन्तरिक रूपमा केही कारण पर्‍यो कि, सल्लाह गरियो कि गरिएन केही थाहा छैन’, उनले भने, ‘थाहै नभएको विषयमा प्रतिक्रिया जनाउनु उचित छैन ।’ 

सरकारले भने मन्त्रिपरिषद् पुनर्गठन गरेको जनाएको छ । शिक्षकका माग सम्बोधन गर्न प्रधानमन्त्री केपी ओलीले साथ नदिएपछि सोमबार शिक्षामन्त्रीबाट एमालेकै विद्या भट्टराईले राजीनामा दिएकी थिइन् । उनको सट्टा शिक्षामन्त्रीमा रघुजी पन्तलाई नियुक्त गरिएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हुम्लाको रिप गाउँमा आगलागी हुँदा पाँच घर जले, दुई जना घाइते

हुम्ला । यहाँको सर्केगाड गाउँपालिका–२ रिप गाउँमा आगलागीबाट दुई जना घाइते भएका छन् । आगलागीबाट पाँच घरमा क्षति पुगेको स्थानीय विजय फडेराले जानकारी दिए ...

कांग्रेसमा फेरि महाधिवेशन विवाद

काठमाडौं । कांग्रेस महाधिवेशन २१ फागुनको प्रतिनिधिसभा निर्वाचन अगाडि कि पछाडि गर्ने भन्ने विवाद फेरि चर्किएको छ । पार्टीले तोकेको नियमित महाधिवेशन नजि...

रवि-बालेन वार्ता सहकार्यको ‘मोडालिटी’तर्फ

काठमाडौं । तेस्रोपटक छलफलमा बसेका रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह सहकार्य गरेर जाने निष्कर्षसहित मोडा...

दलहरूलाई समानुपातिक बन्दसूची बुझाउने चटारो, के गर्दै छ एमाले ?

काठमाडौँ । फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको एउटा प्रमुख खुड्किलो अर्को साताको सुरुमै आइपुग्दै छ जब दलहरूले समानुपातिकतर्फ तिनका उ...

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी । मङ्गला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु पेल्ने चलनलाई निरन्तरता दिएका छन् । मङ्गला गाउँपालिका–२ सिमका स्वर्गीय रामबहादुर खत...

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट रु ११ अर्ब एक करोड ९५ लाख बराबरको सामान निकासी पैठारी भएको छ । गत ३० भदौदेखि पूर्ण रुपमा सञ्चा...

टिपरको ठक्करबाट गम्भीर घाइते भएका एक जनाको मृत्यु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइसधारास्थित सडकखण्डमा गए राति टिपरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।...

लाओसबाट थाइल्याण्ड हुँदै काठमाडौं आएकी महिलाको पेटबाट निकालियो लागुऔषध, तीन जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर लागुऔषध तस्करी गरिरहेका एकसहित तीन जना विदेशीलाई पक्राउ गरेको छ । एक जना...

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव

मुग्लिन । आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु हुने भएको छ । चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छा...

जेलेन्स्कीको कडा चेतावनी

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने प्रयास गरिरहेको र त्यसले विश्वव्यापी सुरक्षा जोखिम बढाइरहे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending