Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

ताप्लेजुङकाे दुर्गम ग्याब्ला गाउँमा लघु जलविद्युत योजना निर्माण हुने

खबरडबली संवाददाता

ताप्लेजुङ । ताप्लेजुङकै एक दुर्गम लेलेपको ग्याब्ला गाउँको विद्युतीकरणका लागि लघु जलविद्युत योजना निर्माण हुने भएको छ । पर्यटकीय क्षेत्रका रुपमासमेत रहेको फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको ग्याब्ला गाउँमा विद्युत सुविधा पुर्‍याउन नागपोखरी लघु जलविद्युत योजना निर्माण गरिने भएको हो ।

विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घा पदमार्गअन्तर्गत ग्याब्ला गाउँ पर्दछ । यही पर्यटकीय तथा दुर्गम गाउँमा विद्युतीकरणको पहुँच पुर्‍याउन लघु जलविद्युत योजना निर्माण गर्न लागिएको हो । फक्ताङ्लुङ गाउँपालिकाको लागत साझेदारीमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले योजना निर्माण गरिदिने भएको हो ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र गाउँपालिकाको साझेदारीमा कुल १५ किलोबाट क्षमताको नागपोखरी लघु जलविद्युत योजना निर्माण गर्नेगरी प्रक्रिया सुरु भएको फक्ताङ्लुङ गाउँकार्यपालिका सदस्य मिङ्माडण्डु शेर्पाले जानकारी दिइन । शेर्पाका अनुसार योजना निर्माणमा लाग्ने कुल लातग रकममध्ये गाउँपालिकाको १० प्रतिशत र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको ९० प्रतिशत लगानी रहने छ। 

लघु जलविद्युत योजना निर्माण गर्न कुल एक करोड ७२ लाख ८८ हजार १८१ रुपियाँ रकम खर्च हुने भएको छ। उक्त कुल रकमको १० प्रतिशत बराबर १७ लाख २८ हजार ८१८ रुपियाँ रकम गाउँपालिकाले वैकल्पिक ऊर्जा प्रवर्द्धधन केन्द्रको खातामा जम्मा गरिसकेको जनाएको छ । यता योजना निर्माणका लागि बजेट सुनिश्चित भएसँगै वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले बोलपत्र आह्वानको प्रक्रियासमेत सुरु गरी सकेको कार्यपालिका सदस्य शेर्पाले जानकारी दिए ।

उनका अनुसार ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत सुरु भएको बोलपत्रको प्रक्रिया करिव डेढ महिनासम्ममा पूरा हुने र योजना निर्माणको काम अघि बढ्ने छ। पर्यटकीय क्षेत्र भएर पनि विकट तथा दुर्गम भेग भएका कारण ग्याब्ला गाउँ विद्युतीय पहुँचमा पुग्न नसकेको पर्यटन व्यवसायी बताउँछन् ।

विद्युत योजना निर्माण भएपछि भने करिव तीन दर्जन परिवारको बसोबास रहेको ग्याब्लाका बासिन्दा र कञ्चनजङ्घा भ्रमणमा आउजाउ गर्ने पर्यटकलाई सहज हुने छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले महाधिवेशन: भाेलि विहान ८ वजे मात्र मतदान हुने

काठमाडौँ । नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि भोलि(बुधबार) बिहान ८ बजे मतदान हुने भएको छ । आज हुने भनिएकाे मतदान प्राविधिक समस्याका कारण स्थगित ...

एमाले महाधिवेशन: प्रतिनिधि लाइनमा, सुरु भएन मतदान

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । नयाँ नेतृत्व(अध्यक्ष)का लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी मैदानमा उत्रिएका...

समाजवादी क्रान्तिका लागि पार्टी एकता: नेता गजुरेल

खोटाङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता हरिबोल गजुरेलले समाजवादी क्रान्तिका लागि शक्ति सञ्चय गर्न वामपन्थी राजनीतिक दलहरूबीच पार्टी एकता गरिएक...

श्रम, संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ

काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा (देवराज) पक्राउ परेका छन् ।  ...

छद्मभेष

दुर्गा दाहाल दानवीय र अमानवीय नर नारी दुवै हुन् रे वेश्यालयमा बालिका बेच्न नारी नै छन् रे । लैगिक हिंसा र बलत्कारी महिला नै हुनै रे  दिनमा नारा ...

५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौं । नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपा...

जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन् : मन्त्री घिसिङ

कैलाली । ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले जनताले चुस्तदुरुस्त पारदर्शीतासहितको भ्रष्टाचार मुक...

विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना गरेको छ ।  विभागले उद्योग तथा फर्म...

पोखरा विमानस्थल प्रमुखविरुद्ध २ करोड ५० लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाइका प्रमुख बिनेश मुनकर्मीविरुद्ध २ कर...

सशस्त्रका तीन एआईजीको सरुवा

  काठमाडौं । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका तीन अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ । जसअनुसार एआईजी नारायण...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending