रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटहरुले एकै दिनमा १५ जना प्रतिवादी लाई पक्राउ गरेको छ। जिल्ला प्रहरी प्रमुख एसपी दिलिप घिमिरेको निर्देशनमा संचालित फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत मंगलवार प्रहरीले १५ जनालाई जिल्लाको बिभिन्न स्थानवाट पक्राउ गरेको हो ।
जिल्ला अदालत रौतहटबाट दोषी ठहर भई दण्ड सजाय तोकिएर फरार रहेका उनीहरुलाई फैसला कार्यान्वयन अन्तर्गत पक्राउ गरिएको हो। पक्राउ पर्नेमा कुटपिट मुद्दाका विकास कुमार साह कलवार, मुन्ना भन्ने सरोज साह कलवार, शोभा देवी, लालबती देवी, नागरिकता मुद्दामा गेनालाल साह, किर्ते जालसाजी मुद्दामा असर्फी प्रसाद साह, सरस्वती देवी, बन पैदावार हानी नोक्सानी मुद्दामा सिताराम राय रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले न्युज कारखानालाई बताए ।
त्यसैगरी, अन्य पक्राउ पर्नेहरुमा बहुविवाह मुद्दाका गणेश खड्का, जालसाजी मुद्दामा रामकिशोर मुखिया, बन मुद्दामा कृष्णकुमार साह, अभद्र ब्यवहार मुद्दाका उमाकान्त राय यादव, देव कुमारी यादवनी, धीरज पटेल, रिना देवी लगायत रहेको प्रवक्ता रायले जानकारी दिएका छन् ।
पक्राउ प्रतिबादीहरुबाट कुल ५ बर्ष,५ महिना १५ दिन कैद र १ लाख २० हजार,२९३ रुपैयाँ जरिवाना असुलका लागी बुधवार जिल्ला अदालत रौतहटमा उपस्थित गराईएको जिल्ला प्रहरी रौतहटको सूचनामा उल्लेख गरिएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटले सञ्चालन गरेको फरार प्रतिवादी पक्राउ अभियान प्रभावकारी देखिएको छ भने अभियान अन्तर्गत यस आर्थिक बर्षमा हालसम्म १ हजार भन्दा बढी मानिस पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २५ गते, २०८२ - १६:१०
काठमाडाैं । घुस लिएको आरोपमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालका लेखा अधिकृत ढुण्डीराज दाहालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। ...
चैत्र २५ गते, २०८२ - १६:०६
काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवाविरुद्ध काठमाडौं जिल्ला अदालतले सम्पत्त...
चैत्र २५ गते, २०८२ - १६:०३
काठमाडौँ । प्रतिनिधि सभा बैठक शुक्रबार बस्ने गरी स्थगित भएको छ । बुधबार सभामुख डोलप्रसाद अर्यालले बैठक चैत २७ गते शुक्रबार दिनको ४ बजे बस्ने गरी स्...
चैत्र २५ गते, २०८२ - १६:०१
गण्डकी । गण्डकी प्रदेशमा हालसम्म चार लाख ४४ हजार ७७६ परिवार स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएका छन् । जुन प्रदेशको कुल परिवार सङ्ख्यामध्ये ६७ दशमलव ...
चैत्र २५ गते, २०८२ - १५:५९
काठमाडौँ । सभामुख डिपी अर्यालले उपसभामुखको निर्वाचन चैत्र २७ गते शुक्रबारको मिति तोकेका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा सभामुख अर्यालले चैत्...
चैत्र २५ गते, २०८२ - १५:४६
काठमाडौं। बुधबार नेप्से परिसूचक २८०२ अंकमा पुगेको छ, जसले अघिल्लो दिनको २.६१ अंक घटाइँसँग तुलना गर्दा ४५.१२ अंकको वृद्धि देखाएको छ। बन्द...
चैत्र २५ गते, २०८२ - १५:३५
काठमाडौँ । राष्ट्रियसभाका सांसदहरूले भ्रष्टाचार नियन्त्रणदेखि किसानलाई समयमै मल, बीउको व्यवस्था गर्न माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य ...
चैत्र २५ गते, २०८२ - १५:३४
काठमाडौं। पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावले काठमाडौं उपत्यका लगायत देशका अधिकांश भूभागमा हल्का देखि मध्यम खालको वर्षा भइरहेको छ। ...
चैत्र २५ गते, २०८२ - १५:३२
काठमाडौं । सरकारले संघीय सडकअन्तर्गत लामो दूरीमा सञ्चालन हुने यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर वृद्धि गरेको छ। बढेको नयाँ दर आज साँझदेखि लाग...
चैत्र २५ गते, २०८२ - १४:३१
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रत...


प्रतिकृया लेख्नुहोस्: