रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटहरुले एकै दिनमा १५ जना प्रतिवादी लाई पक्राउ गरेको छ। जिल्ला प्रहरी प्रमुख एसपी दिलिप घिमिरेको निर्देशनमा संचालित फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत मंगलवार प्रहरीले १५ जनालाई जिल्लाको बिभिन्न स्थानवाट पक्राउ गरेको हो ।
जिल्ला अदालत रौतहटबाट दोषी ठहर भई दण्ड सजाय तोकिएर फरार रहेका उनीहरुलाई फैसला कार्यान्वयन अन्तर्गत पक्राउ गरिएको हो। पक्राउ पर्नेमा कुटपिट मुद्दाका विकास कुमार साह कलवार, मुन्ना भन्ने सरोज साह कलवार, शोभा देवी, लालबती देवी, नागरिकता मुद्दामा गेनालाल साह, किर्ते जालसाजी मुद्दामा असर्फी प्रसाद साह, सरस्वती देवी, बन पैदावार हानी नोक्सानी मुद्दामा सिताराम राय रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले न्युज कारखानालाई बताए ।
त्यसैगरी, अन्य पक्राउ पर्नेहरुमा बहुविवाह मुद्दाका गणेश खड्का, जालसाजी मुद्दामा रामकिशोर मुखिया, बन मुद्दामा कृष्णकुमार साह, अभद्र ब्यवहार मुद्दाका उमाकान्त राय यादव, देव कुमारी यादवनी, धीरज पटेल, रिना देवी लगायत रहेको प्रवक्ता रायले जानकारी दिएका छन् ।
पक्राउ प्रतिबादीहरुबाट कुल ५ बर्ष,५ महिना १५ दिन कैद र १ लाख २० हजार,२९३ रुपैयाँ जरिवाना असुलका लागी बुधवार जिल्ला अदालत रौतहटमा उपस्थित गराईएको जिल्ला प्रहरी रौतहटको सूचनामा उल्लेख गरिएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटले सञ्चालन गरेको फरार प्रतिवादी पक्राउ अभियान प्रभावकारी देखिएको छ भने अभियान अन्तर्गत यस आर्थिक बर्षमा हालसम्म १ हजार भन्दा बढी मानिस पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...
पौष ७ गते, २०८२ - १०:०८
रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...
पौष ७ गते, २०८२ - १०:०२
काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...




प्रतिकृया लेख्नुहोस्: