Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

पत्रकार राधेश्याम विश्वकर्माको न्याय र दोषीलाई कारबाहीको माग

खबरडबली संवाददाता

भैरहवा । पत्रकार राधेश्याम विश्वकर्माको न्याय र दोषीलाई कारबाहीको माग गर्दै लुम्बिनी प्रेस क्लब, रुपन्देहीले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । क्लबका निवर्तमान कोषाध्यक्ष तथा अन्नपूर्ण मिडिया नेटवर्क प्रालि (एपी वान टेलिभिजन) मा कार्यरत पत्रकार विश्वकर्मामाथि रुपन्देहीको मर्चवारमा आफूलाई दीपेश यादव बताउने व्यक्तिसहित ७–८ जना तस्करहरुको समूहले बैशाख ८ गते संचारउपकरण खोस्ने, भिडियो मेटाउन लगाउने, दुव्र्यबहार गर्ने र भौतिक आक्रमणको प्रयास गरेका थिए ।

घटनामा संलग्नलाई कानूनी दायरामा नल्याइएको बरु प्रहरी नियन्त्रणबाटै भगाइएको भन्दै प्रेस क्लबले बुधबार प्रेस विज्ञप्ती जारी गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । क्लबको कार्यसमिति, सल्लाहकार, पूर्वपदाधिकारीसहितको बैठकले पत्रकार विश्वकर्माको न्यायका लागि भन्दै पहिलो चरणमा तीन दिवसीय आन्दोलनका कार्यक्रम घोषणा गरेको सचिव शशि पन्थीले जानकारी दिए । क्लबले उक्त आन्दोलनमा प्रेस स्वतन्त्रता, मानव अधिकारवादी र सामाजिक न्यायको पक्षमा हुने सम्पूर्णमा सहयोग र सहकार्यका लागि समेत आह्वान गरेको छ ।

क्लबले पहिलो दिन बैशाख ११ गते बिहीबार बिहान सवा १० बजेदेखि १ घण्टासम्म जिल्ला प्रशासन कार्यालय, रुपन्देही अगाडि धर्ना दिने जनाएको छ । साथै, आन्दोलनका कार्यक्रमबारे नेपाल पत्रकार महासंघसहित विभिन्न पेसागत संघसंगठनलाई जानकारीसहित ऐक्यबद्धताका लागि आग्रह गर्ने विज्ञप्ती मार्फत् जानकारी दिएको छ ।

दोस्रो दिन बैशाख १२ गते शुक्रबार सम्पूर्ण पत्रकारहरुले कालोपट्टी बाँधेर बिहान सवा १० बजेदेखि १ घण्टासम्म प्रशासन अगाडि धर्ना दिने कार्यक्रम तय गरिएको छ । यस्तै, तेस्रो दिन बैशाख १४ गते आइतबार सम्पूर्ण पत्रकारहरुले संचार सामग्रीहरु प्रशासनको गेटमा राखेर, कालोपट्टी बाँधेर बिहान सवा १० बजेदेखि १ घण्टासम्म प्रशासन अगाडि धर्ना दिने जनाइएको छ ।

यसपछि पनि दोषीलाई पक्राउ गरी कानूनी दायरामा नल्याइए दोस्रो चरणका आन्दोलनका कार्यक्रम घोषणा गरी चरणबद्ध आन्दोलनमा उत्रिने क्लबका अध्यक्ष कमल रायमाझीले बताए । ‘न्याय नपाउँदासम्म हाम्रो आन्दोलन जारी रहन्छ’, उनले भने, ‘दोस्रो चरणका आन्दोलन काठमाडौं केन्द्रित पनि हुन सक्छन् ।’

क्लबले दोषीउपर कारबाहीको मागसहित सम्बन्धित निकायमा उजुरी दिइसकिएको जनाएको छ । पत्रकार विश्वकर्मामाथि घटाइएको घटनाबारे लुम्बिनी प्रेस क्लब, नेपाल पत्रकार महासंघ, रुपन्देही शाखा, महासंघ लुम्बिनी प्रदेश, महासंघ केन्द्रिय समितिसहित विभिन्न संघसंगठनले यसअघि नै विज्ञप्ती जारी गरी दोषीमाथि कारबाहीको माग गरिसकेका छन् । उक्त घटना घटेको दुई घण्टापछि जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता समेत रहेका डीएसपी सुरज कार्कीले पत्रकार विश्वकर्मामाथि आक्रमण प्रयास गर्ने दीपेश यादव पक्राउ परेको जानकारी गराएको तर, पक्राउ गरिएका यादव सोही दिन साँझपख प्रहरीकै नियन्त्रणबाट भागेको भन्ने गैरजिम्मेवारी कुरा अहिले प्रहरीले गरिरहेको विज्ञप्तीमा उल्लेख छ ।

यसबारे सतथ्यतथ्य छानविन गरी दोषी र दोषी भगाउन सहयोग गर्ने प्रहरीलाई कारबाहीको माग गर्दै लुम्बिनी प्रेस क्लब र नेपाल पत्रकार महासंघ, रुपन्देहीले २४ घण्टाको अल्टिमेटम दिँदै बुधबार रुपन्देहीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका थिए । ‘तर, २४ घण्टा वित्दा समेत प्रहरी प्रशासनबाट दोषी र दोषी भगाउने प्रहरीलाई कानूनी दायरामा ल्याइएको कुनै जानकारी प्राप्त भएको छैन । जसले गर्दा पीडित पत्रकार विश्वकर्माले न्याय पाउनेमा अझै विश्वस्त हुने अवस्था छैन’, विज्ञप्तीमा भनिएको छ ।

प्रेस विज्ञप्ती

लुम्बिनी प्रेस क्लब, रुपन्देहीका निवर्तमान कोषाध्यक्ष तथा अन्नपूर्ण मिडिया नेटवर्क प्रालि (एपी वान टेलिभिजन) मा कार्यरत पत्रकार राधेश्याम विश्वकर्मामाथि रुपन्देहीको मर्चवारमा आफूलाई दीपेश यादव बताउने व्यक्तिसहित ७–८ जना तस्करहरुको समूहले मिति २०८२।०१।०८ गते संचारउपकरण खोस्ने, भिडियो मेटाउन लगाउने, दुव्र्यबहार गर्ने र भौतिक आक्रमणको प्रयास गरेको विषयमा दोषीउपर कारबाहीको मागसहित सम्बन्धित निकायमा उजुरी दिइसकिएको छ । पत्रकार विश्वकर्मामाथि घटाइएको घटनाबारे लुम्बिनी प्रेस क्लब, नेपाल पत्रकार महासंघसहित विभिन्न संगठनले यसअघि नै विज्ञप्ती जारी गरी दोषीमाथि कारबाहीको माग गरिसकेको विदितै छ । उक्त घटना घटेको दुई घण्टापछि जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता समेत रहनुभएका डीएसपी सुरज कार्कीले पत्रकार विश्वकर्मामाथि आक्रमण प्रयास गर्ने दीपेश यादव पक्राउ परेको जानकारी गराउनुभएको थियो । तर, पक्राउ गरिएका यादव सोही दिन साँझपख प्रहरीकै नियन्त्रणबाट भागेको भन्ने गैरजिम्मेवारी कुरा अहिले प्रहरीले गरिरहेको छ । यसबारे सतथ्यतथ्य छानविन गरी दोषी र दोषी भगाउन सहयोग गर्ने प्रहरीलाई कारबाहीको माग गर्दै लुम्बिनी प्रेस क्लब र नेपाल पत्रकार महासंघ, रुपन्देहीले २४ घण्टाको अल्टिमेटम दिँदै बुधबार रुपन्देहीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका थियौं । तर, २४ घण्टा वित्दा समेत प्रहरी प्रशासनबाट दोषी र दोषी भगाउने प्रहरीलाई कानूनी दायरामा ल्याइएको कुनै जानकारी प्राप्त भएको छैन । जसले गर्दा पीडित पत्रकार विश्वकर्माले न्याय पाउनेमा अझै विश्वस्त हुने अवस्था छैन । तसर्थ लुम्बिनी प्रेस क्लबको बुधबार बसेको कार्यसमिति, सल्लाहकार, पूर्वपदाधिकारी सहितको बैठकले पत्रकार विश्वकर्माको न्यायका लागि पहिलो चरणमा निम्नानुसार तीन दिवसीय आन्दोलनका कार्यक्रम घोषणा गरेको सबैमा जानकारी गराउँछौं । साथै उक्त आन्दोलनमा प्रेस स्वतन्त्रता, मानव अधिकारवादी र सामाजिक न्यायको पक्षमा हुने सम्पूर्णमा सहयोग र सहकार्यका लागि हार्दिक आह्वान गर्दछौं ।

पहिलो चरणका आन्दोलनका कार्यक्रमहरुः–

१. मिति २०८२ बैशाख ११ गते बिहीबार बिहान १०ः१५ बजेदेखि १ घण्टासम्म जिल्ला प्रशासन कार्यालय, रुपन्देही अगाडि धर्ना दिने । साथै, आन्दोलनका कार्यक्रमबारे नेपाल पत्रकार महासंघसहित विभिन्न पेसागत संघसंगठनलाई जानकारीसहित ऐक्यबद्धताका लागि आग्रह गर्ने ।

२. मिति २०८२ बैशाख १२ गते शुक्रबार सम्पूर्ण पत्रकारहरुले कालोपट्टी बाँधेर बिहान १०ः१५ बजेदेखि १ घण्टासम्म प्रशासन अगाडि धर्ना दिने ।

३. मिति २०८२ बैशाख १४ गते आइतबार सम्पूर्ण पत्रकारहरुले संचार सामग्रीहरु प्रशासनको गेटमा राखेर, कालोपट्टी बाँधेर बिहान १०ः१५ बजेदेखि १ घण्टासम्म प्रशासन अगाडि धर्ना दिने ।

यसपछि पनि दोषीलाई पक्राउ गरी कानूनी दायरामा ल्याइएन भने दोस्रो चरणका आन्दोलन घोषणा गरी चरणबद्ध आन्दोलनमा उत्रिने सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ ।

 प्रकाश न्यौपाने (महासचिव)

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

रुकुम पश्चिममा अटो दुर्घटना : चालकको घटनास्थलमै मृत्यु

रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...

मिराज ढुंगानाको समूहले प्रदर्शनका लागि प्रशासनको अनुमति नलिएको : काठमाडौँ जिल्ला प्रशासन

काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...

ओखलढुंगामा नियम बिर्सिएको प्रशासन: बिना करारका कर्मचारी सूचना अधिकारी बनेको खुलासा

ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...

पूर्वी पहाडमा सुन्तलाको बम्पर उत्पादन, धरान बजारमा कारोबार ३० प्रतिशतले बढ्यो

धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...

ताप्लेजुङमा भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका  २६ वर्षका फुर्वा शेर्पा...

मौन पीडामा कालिमायाको याचना : अपाङ्गताको पीडा र राज्यको मौनता

छोराको पीडामा बाँधिएकी आमाको कथा

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढी

चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending