काठमाडौं । बुधबार साँझ राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा मन्त्रीमा नेकपा एमालेका रघुजी पन्तलाई नियुक्त गरे । शिक्षक आन्दोलनकै बिच विद्या भट्टराईले सोमबार मन्त्रीबाट राजीनामा दिएसँगै पन्तलाई सो पदमा नियुक्त गरिएको हो ।
एमालेभित्र आलोचनात्मक चेत राख्ने पन्तमाथि शिक्षकहरुको माग पूरा गर्नुपर्ने चुनौती छ । साथसाथै शिक्षा क्षेत्रमा देखिएको विकृती र विसंगतिलाई परास्त गर्दै आफ्नो कार्यकाल स्वर्णिम बनाउने अवसर समेत रहेको छ ।
तर पन्त शिक्षामन्त्री नियुक्त भएसँगै उनका पूराना भिडियो र अभिव्यक्तिहरु सामाजिक सञ्जालमा बाहिर ल्याइएका छन् । वर्षौपहिले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि कटाक्ष गरिएका, स्त्रीद्वेषी अभिव्यक्तिदेखि विभिन्न विवादास्पद अभिव्यक्तिहरुलाई सामाजिक सञ्जालमा सेयर गर्दै आलोचना भइरहेको छ ।
तत्कालीन समयमा समेत प्रधानमन्त्री रहेका ओलीले ७७ सालमा संसद् विघटन गरेपछि माधव नेपाल गुटमा लागेका पन्तले त्यसबेला प्रधानमन्त्री ओलीमाथि गरेको टिप्पणीलाई अहिले चर्चामा ल्याइएको छ । साथै एमाले केन्द्रीय सदस्य समेत रहेकी पूर्व राष्ट्रिय सभा सदस्य कोमल वलीमाथि गरेको भद्धा टिप्पणीलाई समेत चर्चामा ल्याइएको छ ।
तर एमाले नेतृत्वकै सरकार भए पनि सरकार र मन्त्रीहरुले गरेको कामको खरो टिप्पणी गर्ने नेतामा पर्छन् पन्त । लामो राजनीतिक जीवन व्यतित गरेका पन्त गत निर्वाचनमा समानुपातिकबाट सांसद बनेका हुन् ।
लामो समय पत्रकारितामा समेत संलग्न रहेका पन्तको संसदीय यात्रा ०५१ सालको मध्वावधी निर्वाचनबाट सुरु हुन्छ । ०५१ सालमा ललितपुर क्षेत्र नं ३ बाट सांसद बनेका उनी ०५२ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको प्रेस सल्लाहकार बनेर समेत काम गरेका थिए ।
यसअघि उनी ०६१ सालमा श्रम तथा यातायात मन्त्री समते बनेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २५ गते, २०८२ - १६:१०
काठमाडाैं । घुस लिएको आरोपमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालका लेखा अधिकृत ढुण्डीराज दाहालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। ...
चैत्र २५ गते, २०८२ - १६:०६
काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवाविरुद्ध काठमाडौं जिल्ला अदालतले सम्पत्त...
चैत्र २५ गते, २०८२ - १६:०३
काठमाडौँ । प्रतिनिधि सभा बैठक शुक्रबार बस्ने गरी स्थगित भएको छ । बुधबार सभामुख डोलप्रसाद अर्यालले बैठक चैत २७ गते शुक्रबार दिनको ४ बजे बस्ने गरी स्...
चैत्र २५ गते, २०८२ - १६:०१
गण्डकी । गण्डकी प्रदेशमा हालसम्म चार लाख ४४ हजार ७७६ परिवार स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएका छन् । जुन प्रदेशको कुल परिवार सङ्ख्यामध्ये ६७ दशमलव ...
चैत्र २५ गते, २०८२ - १५:५९
काठमाडौँ । सभामुख डिपी अर्यालले उपसभामुखको निर्वाचन चैत्र २७ गते शुक्रबारको मिति तोकेका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा सभामुख अर्यालले चैत्...
चैत्र २५ गते, २०८२ - १५:४६
काठमाडौं। बुधबार नेप्से परिसूचक २८०२ अंकमा पुगेको छ, जसले अघिल्लो दिनको २.६१ अंक घटाइँसँग तुलना गर्दा ४५.१२ अंकको वृद्धि देखाएको छ। बन्द...
चैत्र २५ गते, २०८२ - १५:३५
काठमाडौँ । राष्ट्रियसभाका सांसदहरूले भ्रष्टाचार नियन्त्रणदेखि किसानलाई समयमै मल, बीउको व्यवस्था गर्न माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य ...
चैत्र २५ गते, २०८२ - १५:३४
काठमाडौं। पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावले काठमाडौं उपत्यका लगायत देशका अधिकांश भूभागमा हल्का देखि मध्यम खालको वर्षा भइरहेको छ। ...
चैत्र २५ गते, २०८२ - १५:३२
काठमाडौं । सरकारले संघीय सडकअन्तर्गत लामो दूरीमा सञ्चालन हुने यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर वृद्धि गरेको छ। बढेको नयाँ दर आज साँझदेखि लाग...
चैत्र २५ गते, २०८२ - १४:३१
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रत...


प्रतिकृया लेख्नुहोस्: