काठमाडौं । बुधबार साँझ राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा मन्त्रीमा नेकपा एमालेका रघुजी पन्तलाई नियुक्त गरे । शिक्षक आन्दोलनकै बिच विद्या भट्टराईले सोमबार मन्त्रीबाट राजीनामा दिएसँगै पन्तलाई सो पदमा नियुक्त गरिएको हो ।
एमालेभित्र आलोचनात्मक चेत राख्ने पन्तमाथि शिक्षकहरुको माग पूरा गर्नुपर्ने चुनौती छ । साथसाथै शिक्षा क्षेत्रमा देखिएको विकृती र विसंगतिलाई परास्त गर्दै आफ्नो कार्यकाल स्वर्णिम बनाउने अवसर समेत रहेको छ ।
तर पन्त शिक्षामन्त्री नियुक्त भएसँगै उनका पूराना भिडियो र अभिव्यक्तिहरु सामाजिक सञ्जालमा बाहिर ल्याइएका छन् । वर्षौपहिले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि कटाक्ष गरिएका, स्त्रीद्वेषी अभिव्यक्तिदेखि विभिन्न विवादास्पद अभिव्यक्तिहरुलाई सामाजिक सञ्जालमा सेयर गर्दै आलोचना भइरहेको छ ।
तत्कालीन समयमा समेत प्रधानमन्त्री रहेका ओलीले ७७ सालमा संसद् विघटन गरेपछि माधव नेपाल गुटमा लागेका पन्तले त्यसबेला प्रधानमन्त्री ओलीमाथि गरेको टिप्पणीलाई अहिले चर्चामा ल्याइएको छ । साथै एमाले केन्द्रीय सदस्य समेत रहेकी पूर्व राष्ट्रिय सभा सदस्य कोमल वलीमाथि गरेको भद्धा टिप्पणीलाई समेत चर्चामा ल्याइएको छ ।
तर एमाले नेतृत्वकै सरकार भए पनि सरकार र मन्त्रीहरुले गरेको कामको खरो टिप्पणी गर्ने नेतामा पर्छन् पन्त । लामो राजनीतिक जीवन व्यतित गरेका पन्त गत निर्वाचनमा समानुपातिकबाट सांसद बनेका हुन् ।
लामो समय पत्रकारितामा समेत संलग्न रहेका पन्तको संसदीय यात्रा ०५१ सालको मध्वावधी निर्वाचनबाट सुरु हुन्छ । ०५१ सालमा ललितपुर क्षेत्र नं ३ बाट सांसद बनेका उनी ०५२ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको प्रेस सल्लाहकार बनेर समेत काम गरेका थिए ।
यसअघि उनी ०६१ सालमा श्रम तथा यातायात मन्त्री समते बनेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...
पौष ७ गते, २०८२ - १०:०८
रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...
पौष ७ गते, २०८२ - १०:०२
काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...




प्रतिकृया लेख्नुहोस्: