काठमाडौं । रियल म्याड्रिडले स्पेनिस ला लिगामा गेटाफेमाथि कठिन जित निकालेको छ ।
बुधबार राति भएको खेलमा रियलले गेटाफेलाई उसैको मैदानमा १–० गोलले हरायो । रियलको जितमा अर्दा गुलरले २१औँ मिनेटमा गरेकाे गोल निर्णायक बन्यो । जितसँगै दोस्रो स्थानमा रहेको रियलले शीर्षटोली बार्सिलोनासँग चार अङ्कले दुरी घटाएको छ ।
बार्सिलोनाको ३३ खेलबाट ७६ अङ्क छ । रियलको समान खेलबाट ७२ अङ्क पुगेको छ । पराजित गेटाफे ३९ अङ्कसहित १२औँ स्थानमा छ ।
प्रतिकृया लेख्नुहोस्: