Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

९५० रुपैयाँ बस भाडा चोर्दा चालकले गुमाए एक करोड पेन्सन

खबरडबली संवाददाता

काठमाडौं । गलत तथा मर्यादाहीन कामले कहिलेकाहीँ क्षणिक समयका लागि केही फाइदा भएको जस्तो हुनसक्छ । तर, यसको दीर्घकालीन तथा वास्तविक परिणाम चाहिं सधैं हानिकारक तथा गम्भीर नै हुन्छ । जापानमा हालैको एउटा घटनाले यसलाई पुष्टि गरेको छ ।

२९ वर्षसम्म गाडी चलाउने काम गरेर एकजना बस चालकले यात्रुले बसभाडाबापत तिरेको रकममध्ये ७ डलर अर्थात् करिब ९५० रुपैयाँ बराबरको रकम चोरी गरेपछि पेन्सनबापत पाउने ८४ हजार डलर अर्थात् एक करोड रुपैयाँ रकम गुमाएका छन् ।

सन् २०२२ मा क्योटो नगर परिवहन ब्युरोका सदस्यहरुले बस प्रणालीको फुटेज जाँच गर्दा ती बस चालकले एक हजार जापानी येनको बिल भाडा प्रोसेसिङ मेसिनमा राख्नुको साटो गोजीमा हालेको देखियो । त्यसपछि ती चालकसँग सोधपुछ गर्दा उनले त्यसरी पैसा चोरेको अस्वीकार गरेका थिए । तर, नगर परिवहन निगमले उनलाई जागिरबाट बर्खास्त मात्र गरेन एक करोड २० लाख येनभन्दा धेरैको उनको अवकास कोष पनि रद्द गरिदियो ।

नाम नखुलाइएका ती चालकले क्योटो नगरको निर्णयविरुद्ध अपिल गरेपनि सर्वोच्च अदालतले नगरको निर्णयलाई सदर गरेको छ ।

चालकको त्यो व्यवहारले स्थानीय परिवहन प्रणालीप्रतिको जनविश्वासलाई कमजोर पार्ने ठहर सर्वोच्च अदालतले गरेको छ । त्यसअघि पुनरावेदन अदालतले भने बस चालकको पेन्सन कोष रद्द गर्ने क्योटो नगर परिवहनको निर्णय रद्द गर्ने फैसला गरेको थियो तर सर्वोच्चले हालै नगरको निर्णयलाई सदर गरिदियो । क्योटो परिवहन ब्युरोले सर्वोच्च अदालतको फैसलाको स्वागत गरेको छ ।

ब्युरोका अधिकारीले भनेका छन् हरेक बस चालकले एक्लै काम गर्दछ र सार्वजनिक कोषको सन्चालन गर्दछ । हाम्रो यस कार्यक्षेत्रमा हुने रकमको हिनामिनालाई हामीले गम्भीर ढंगले लियौं । यदि हामीले कडा कदमहरु चालेनौं भने हाम्रो संगठन लापरवाह हुनसक्छ र त्यसले जनविश्वासलाई कमजोर पार्दछ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

घुस लिएको आरोपमा वीर अस्पतालका लेखा अधिकृतविरुद्ध मुद्दा दायर

काठमाडाैं । घुस लिएको आरोपमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालका लेखा अधिकृत ढुण्डीराज दाहालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। ...

विदेश रहेका देउवा दम्पतीलाई इन्टरपोलमार्फत नोटिस जारी गर्ने तयारी

काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवाविरुद्ध काठमाडौं जिल्ला अदालतले सम्पत्त...

शुक्रबार बस्ने गरी प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौँ । प्रतिनिधि सभा बैठक शुक्रबार बस्ने गरी स्थगित भएको छ । बुधबार सभामुख डोलप्रसाद अर्यालले बैठक चैत २७ गते शुक्रबार दिनको ४ बजे बस्ने गरी स्...

गण्डकी प्रदेशका ६७ प्रतिशत परिवार स्वास्थ्य बीमामा आबद्ध

गण्डकी । गण्डकी प्रदेशमा हालसम्म चार लाख ४४ हजार ७७६ परिवार स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएका छन् । जुन प्रदेशको कुल परिवार सङ्ख्यामध्ये ६७ दशमलव ...

उपसभामुखको निर्वाचन शुक्रबार हुने

काठमाडौँ । सभामुख डिपी अर्यालले उपसभामुखको निर्वाचन चैत्र २७ गते शुक्रबारको मिति तोकेका छन् ।   प्रतिनिधि सभाको बुधबारको बैठकमा सभामुख अर्यालले चैत्...

सेयर बजार २८ सय अंक नाघ्यो, सबै समूहका सूचक बढे

काठमाडौं। बुधबार नेप्से परिसूचक २८०२ अंकमा पुगेको छ, जसले अघिल्लो दिनको २.६१ अंक घटाइँसँग तुलना गर्दा ४५.१२ अंकको वृद्धि देखाएको छ। बन्द...

राष्ट्रियसभा बैठक : भ्रष्टाचार नियन्त्रणदेखि मल, बीउको व्यवस्था गर्नसम्म माग

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरूले भ्रष्टाचार नियन्त्रणदेखि किसानलाई समयमै मल, बीउको व्यवस्था गर्न माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य ...

देशभर चैते झरी, मौसम सुधार भोलि पनि नहुने

काठमाडौं। पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावले काठमाडौं उपत्यका लगायत देशका अधिकांश भूभागमा हल्का देखि मध्यम खालको वर्षा भइरहेको छ। ...

लामो दूरीका सवारी साधनमा आज साँझदेखि नयाँ भाडादर लागू हुने

काठमाडौं । सरकारले संघीय सडकअन्तर्गत लामो दूरीमा सञ्चालन हुने यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर वृद्धि गरेको छ। बढेको नयाँ दर आज साँझदेखि लाग...

कति छ आज कालिमााटीमा कृषिउपजको थोक मूल्य ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रत...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending