Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

९५० रुपैयाँ बस भाडा चोर्दा चालकले गुमाए एक करोड पेन्सन

खबरडबली संवाददाता

काठमाडौं । गलत तथा मर्यादाहीन कामले कहिलेकाहीँ क्षणिक समयका लागि केही फाइदा भएको जस्तो हुनसक्छ । तर, यसको दीर्घकालीन तथा वास्तविक परिणाम चाहिं सधैं हानिकारक तथा गम्भीर नै हुन्छ । जापानमा हालैको एउटा घटनाले यसलाई पुष्टि गरेको छ ।

२९ वर्षसम्म गाडी चलाउने काम गरेर एकजना बस चालकले यात्रुले बसभाडाबापत तिरेको रकममध्ये ७ डलर अर्थात् करिब ९५० रुपैयाँ बराबरको रकम चोरी गरेपछि पेन्सनबापत पाउने ८४ हजार डलर अर्थात् एक करोड रुपैयाँ रकम गुमाएका छन् ।

सन् २०२२ मा क्योटो नगर परिवहन ब्युरोका सदस्यहरुले बस प्रणालीको फुटेज जाँच गर्दा ती बस चालकले एक हजार जापानी येनको बिल भाडा प्रोसेसिङ मेसिनमा राख्नुको साटो गोजीमा हालेको देखियो । त्यसपछि ती चालकसँग सोधपुछ गर्दा उनले त्यसरी पैसा चोरेको अस्वीकार गरेका थिए । तर, नगर परिवहन निगमले उनलाई जागिरबाट बर्खास्त मात्र गरेन एक करोड २० लाख येनभन्दा धेरैको उनको अवकास कोष पनि रद्द गरिदियो ।

नाम नखुलाइएका ती चालकले क्योटो नगरको निर्णयविरुद्ध अपिल गरेपनि सर्वोच्च अदालतले नगरको निर्णयलाई सदर गरेको छ ।

चालकको त्यो व्यवहारले स्थानीय परिवहन प्रणालीप्रतिको जनविश्वासलाई कमजोर पार्ने ठहर सर्वोच्च अदालतले गरेको छ । त्यसअघि पुनरावेदन अदालतले भने बस चालकको पेन्सन कोष रद्द गर्ने क्योटो नगर परिवहनको निर्णय रद्द गर्ने फैसला गरेको थियो तर सर्वोच्चले हालै नगरको निर्णयलाई सदर गरिदियो । क्योटो परिवहन ब्युरोले सर्वोच्च अदालतको फैसलाको स्वागत गरेको छ ।

ब्युरोका अधिकारीले भनेका छन् हरेक बस चालकले एक्लै काम गर्दछ र सार्वजनिक कोषको सन्चालन गर्दछ । हाम्रो यस कार्यक्षेत्रमा हुने रकमको हिनामिनालाई हामीले गम्भीर ढंगले लियौं । यदि हामीले कडा कदमहरु चालेनौं भने हाम्रो संगठन लापरवाह हुनसक्छ र त्यसले जनविश्वासलाई कमजोर पार्दछ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

रुकुम पश्चिममा अटो दुर्घटना : चालकको घटनास्थलमै मृत्यु

रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...

मिराज ढुंगानाको समूहले प्रदर्शनका लागि प्रशासनको अनुमति नलिएको : काठमाडौँ जिल्ला प्रशासन

काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...

ओखलढुंगामा नियम बिर्सिएको प्रशासन: बिना करारका कर्मचारी सूचना अधिकारी बनेको खुलासा

ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...

पूर्वी पहाडमा सुन्तलाको बम्पर उत्पादन, धरान बजारमा कारोबार ३० प्रतिशतले बढ्यो

धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...

ताप्लेजुङमा भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका  २६ वर्षका फुर्वा शेर्पा...

मौन पीडामा कालिमायाको याचना : अपाङ्गताको पीडा र राज्यको मौनता

छोराको पीडामा बाँधिएकी आमाको कथा

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढी

चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending