Ntc summer Offer
Khabar Dabali २९ बैशाख २०८२ सोमबार | 12th May, 2025 Mon
Investment bank

शिक्षकहरूलाई हठ त्याग्न एमाले महासचिवको आग्रह

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले शिक्षक आन्दोलनको सन्दर्भमा सर्वोच्च अदालतले बालबालिकाको भविष्यका बारेमा गम्भीर चिन्ता गर्दै निर्देशनात्मक आदेश दिएको बताएका छन् ।

हिजो सर्वोच्च अदालतले तीन दिन भित्र विद्यालय सञ्चालन गर्नु भनी दिएको आदेश सरकारलाई दिएको भए पनि यसका पात्र शिक्षकहरू नै भएको पोखरेलको भनाइ छ । ‘उक्त आदेश पछि सरकारका लागि अदालतको आदेशको कार्यान्वयन गर्नु पर्ने बाध्यता उत्पन्न भएको छ, उक्त आदेशको मूल पक्ष विद्यालय र परीक्षा समयमै सञ्चालन गर्नु हो, सबै पक्ष जिम्मेवार बनौँ’, उनको भनाइ छ ।

आदेश सरकारका लागि भए पनि चिन्ता भने विद्यालय बन्द भएको कुरा प्रति र परीक्षा रोकिएको कुरा प्रति भएको उनको धारणा छ ।  शिक्षा ऐन जारी गर्नुपर्ने लगायतका माग राखेर शिक्षकहरू झण्डै एक महिनादेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन् ।

अदालतको आदेश सरकार र राजनीतिक दलले विद्यालय शिक्षा ऐन यस अधिवेशनबाट जारी गर्दछौँ भन्दा पनि लिएर मात्र जाने हठ गर्ने शिक्षक नेताहरूको हठका विरुद्धमा पनि भएको उनले स्पष्ट पारेका छन् ।

‘अब हठ त्यागेर अनौपचारिक रूपमा भएको सहमतिलाई औपचारिकता दिएर शिक्षकहरूलाई विद्यालय फर्काउने वातावरण तयार गरौँ’, उनले भनेका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शिव सेना नेपालका अध्यक्ष बस्नेतविरुद्ध २ दिन म्याद थप

काठमाडौं । तीनकुने घटनामा भएको राजावादी हिंसात्मक आन्दोलनमा संलग्न भएको आरोपमा पक्राउ परेका शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतविरुद्ध २ दिनको म्याद ...

३७ सयले घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा ३ हजार ७ सय रुपैयाँले घटेर १ लाख ८६ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी...

लुम्बिनीमा प्रधानमन्त्रीले गरे बुद्ध जयन्ती समारोहको उद्घाटन

बुटवल । बुद्ध जन्मस्थल लुम्बिनीस्थित अन्तर्राष्ट्रिय बुद्धिस्ट सभा हलमा २५६९औं बुद्ध जयन्ती समारोह एवं लुम्बिनी दिवस मूल समारोह सुरु भएको छ । समारो...

पक्राउ पुर्जी जारी भएका एमाले सांसद पन्थी सार्वजनिक कार्यक्रममा

पक्राउ पुर्जी प्रहरी कार्यालयमा घुमेको घुम्यै

शाहरूख खानको पठानः२ को सुटिङमा चिलीमा हुने, यसकारण रोजियो चिली

काठमाडौं  । शाहरूख खानको पठानः२ का बारेमा एक चकित पार्ने अपडेट आएको छ। सन २०२३ साल शाहरुख खानको लागि उत्कृष्ट वर्ष भएको थियो, जसमा ‘पठान’ को पनि मह...

शाहिदले लिए करिअरकै सबैभन्दा बढि पारिश्रमिक, पुग्यो ४५ करोड

काठमाडाैं । बलिउड अभिनेता शाहिद कपुरका लागि यो वर्ष खासै रहेन । उनको फिल्म ‘देवा’ बक्स अफिसमा नराम्रोसँग फ्लप हुन पुग्यो तर पनि उनको लोकप्रियता र पारि...

शाहिदले लिए करिअरकै सबैभन्दा बढि पारिश्रमिक, पुग्यो ४५ करोड

काठमाडाैं । बलिउड अभिनेता शाहिद कपुरका लागि यो वर्ष खासै रहेन । उनको फिल्म ‘देवा’ बक्स अफिसमा नराम्रोसँग फ्लप हुन पुग्यो तर पनि उनको लोकप्रियता र पारि...

बुद्धजयन्ती मनाउन लुम्बिनी पुगे प्रधानमन्त्री ओली, मुख्यमन्त्री आचार्यद्वारा स्वागत

रुपन्देही । प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी पुगेका छन् । २५६९औँ बुद्धजयन्तीको कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली लुम्बिनी पुगेका हुन् । ...

राष्ट्रपति पौडेलद्वारा बौद्धस्थित ल्हाखाङ गुम्बामा पूजा, आराधना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल प्रथम महिला सबिता पौडेलले पच्चीस सय ६९ औँ बुद्धजयन्तीका अवसरमा बौद्धनाथस्थित गुरु ल्हाखाङ गुम्बामा भगवान् गौतमबु...

जलबायु परिवर्तन: सन् २०३५ सम्ममा खाद्यान्नको मूल्य दोब्बर हुने

काठमाडौं । सन् २०३५ सम्ममा खाद्यान्नको मूल्य दोब्बर हुने भएको छ। जलवायु परिवर्तनका कारण तापक्रम बढ्दै गएकाले त्यसको असर कृषी तथा खाधान्नमा प्रत्यक्ष द...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending