Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

मातृत्व जोगाउने अभियान “भुपेन्द्रा बुढा स्मृति क्यापिएँन सी-क्याप” बाजुराको गौमुल गाउँपलिकामा सप्पन्न, अभियान पर्सा तर्फ अघि बढ्दै

खबरडबली संवाददाता
बाजुरा । कल्प इम्पावर वेमेन नेपालले मातृत्व संरक्षण र महिला सशक्तीकरणको उद्देश्यले संचालन गरेको “भुपेन्द्रा बुढा स्मृति क्यापिएँन सी-क्याप”नामक अभियान सुदुरपश्चिम प्रदेश बाजुरा जिल्लाको गौमुल  गाउँपालिकामा सम्पन्न भएको छ। गत बैशाख ०५ गतेदेखि सुरु भएको यो अभियान बैशाख ११ गते एक औपचारिक कार्यक्रम बिच सम्पन्न भएको हो।

अभियानको औपचारिक शुभारम्भ भने चैत्र २६ गते बडीगाड गाउँपालिका, बागलुङमा गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री माननीय कृष्ण प्रसाद पाठकको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। त्यस पश्चात अभियान रुकुम पुर्व हुदै बाजुराको गौमुल गाउँपालिका तर्फ प्रस्थान गरेको थियो।

गौमुल गाउँपालिकामा सञ्चालन भएको कार्यक्रममा किशोरी समूहको अभिमुखीकरण र  गठन, स्वास्थ्य  गाउँ साक्षरता अभियान अन्तर्गत गौमुल गाउँपालिका भित्रका ६ वडाका  ३९९ घरधुरीमा  स्वास्थ सचेतना संचालन गरिएको थियो।गौमुल गाउँपालिका स्तरीय किशोरी समुह निशा वि.कको अध्यक्षतामा १९ सदस्यीय तदर्थ समिति चयन भएको छ।

गौमुल गाउँपालिकाको अभियान समापन कार्यक्रम गौमुल गाउँपालिकाकि उपाध्यक्ष सीता थापाले अध्यक्षता गरेको थिए भने प्रमुख अतिथिका रुपमा जिल्ला समन्वय समितीका प्रमुख अम्बर बहादुर रोकायाको उपस्थिति रहेको थियो ।

त्यस्तै स्वागत मन्तव्यको क्रममा  प्रशासकीय अधिकृत जगदिश भट्टले  भौगोलिक विकटतामा बाचिरहेका महिलाका निम्ति मातृत्व जोगाउने अभियानको महत्वपूर्ण सन्देश रहेको धारणा राखे ।

गौमुल गाउँपालिकाकि उपाध्यक्ष सीता थापा नेपालि महिला जनप्रतिनिधिको सुकर्मलाई संचार गर्ने अभियान शी लिड्स आइकन २०८१ की बिजेता मध्ये १ हुन् । जस्ले विकटतामा समेत सुन्दर कर्म गर्दै आएका प्रेरणादायी महिला जनप्रतिनिधि हुन्।

आम नेपाली महिला भोग्दै आएको दुर्गपिडालाई मलहल लगाउने सोच र संकल्प सहित अभियानले सात वटा जिल्लाका स्थानीय तहहरू — पुथा उत्तरगङ्गा (रुकुम पूर्व), बडीगाड (बागलुङ), अन्नपूर्ण (म्याग्दी), पचालझरना (कालिकोट), पटेर्वा सुगौली (पर्सा), सिगास (बैतडी) र गौमुल (बाजुरा) — मा करिब १०,००० किशोरी र महिलालाई प्रत्यक्ष लाभ पुर्‍याउने लक्ष्य लिएको संस्थाकी अध्यक्ष पुजा कोइरालाले जानकारी दिइन्।

 
 
 
Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

रुकुम पश्चिममा अटो दुर्घटना : चालकको घटनास्थलमै मृत्यु

रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...

मिराज ढुंगानाको समूहले प्रदर्शनका लागि प्रशासनको अनुमति नलिएको : काठमाडौँ जिल्ला प्रशासन

काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...

ओखलढुंगामा नियम बिर्सिएको प्रशासन: बिना करारका कर्मचारी सूचना अधिकारी बनेको खुलासा

ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...

पूर्वी पहाडमा सुन्तलाको बम्पर उत्पादन, धरान बजारमा कारोबार ३० प्रतिशतले बढ्यो

धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...

ताप्लेजुङमा भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका  २६ वर्षका फुर्वा शेर्पा...

मौन पीडामा कालिमायाको याचना : अपाङ्गताको पीडा र राज्यको मौनता

छोराको पीडामा बाँधिएकी आमाको कथा

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढी

चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending