महोत्तरी । मटिहानी–८ की खुश्वु यादव अहिले घर नजिकै मिथिला ‘पेन्टिङ’ सिक्दैछिन्। उनीसहितका ३० किशोरीलाई मटिहानी नगर कार्यपालिका कार्यालयको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले उक्त अवसर दिएको हो । भर्खर १७ वर्ष उमेर टेकेकी यादवको एकमहिने मिथिला पेन्टिङ सिकेर यसै सीपबाट आत्मनिर्भर बन्ने सपना छ ।
“यहीँकै राम मावि (माध्यमिक विद्यालय)मा १२ कक्षामा पढ्दै पनि छु, अहिले मिथिला पेन्टिङ सिक्ने अवसर पाइयो, मेरो यो सीपमा जम्ने सपना छ”, यादव भन्छिन्, “मिथिला पेन्टिङको विश्वव्यापी चर्चा छ, म यसैमा दक्षता बढाउन खोज्दै छु ।”
माध्यमिक तहमा अध्ययनरत किशोरीका लागि सीप सिकेर मिथिला पेन्टिङलाई व्यवसाय नै बनाउन सकून् भन्ने ध्येयले नगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले एकमहिने तालिमको प्रबन्ध गरेको हो । तालिम प्रारम्भले नै तन्मयसाथ सिक्न उत्प्रेरित गरेको सहभागी किशोरी बताउँछन् ।
“औपचारिक तालिम सुरु भयो, मिथिला पेन्टिङका बारेमा सुनेकी थिएँ, तालिमबाट थप थाहा पाएँ”, मटिहानी–६ की १६ वर्षीया रञ्जु साह भन्छिन्, “तालिमले धेरै कुरा सिकाउने विश्वास जागेको छ ।” खुश्वु यादवको जस्तै साहको पनि सीप सिकेर व्यावसायिक रुपमै मिथिला पेन्टिङमा लाग्ने रहर पलाएको छ ।
मटिहानी नगरपालिकाका बजारक्षेत्र समेटेर वडा नं ६, ७ र ८ का विद्यालयमा अध्ययनरत १३ वर्षदेखि १९ वर्ष उमेर समूहभित्रका किशोरीलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम आयोजना गरिएको मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डलले बताए ।
“मुख्य ध्येय आर्थिक उपार्जनमा महिला आफैँ सरिक हुने अवस्था बनाउने हो, यसका लागि बजार क्षेत्रका बासिन्दा किशोरीलाई सीप सिक्नासाथ व्यवसाय सञ्चालन गर्न सकून् भनेर सहभागी गराइएको हो,” नगरप्रमुख मण्डल भन्छन्, “यसले अरूलाई पनि उत्प्रेरित गर्ने हाम्रो विश्वास छ ।” किशोरीलक्षित यो कार्यक्रम बालविवाहविरुद्धको अभियानको निरन्तरता पनि भएको मण्डलले स्पष्ट पारे।
“हामी योजनाबद्ध रुपमा बालविवाह पूरै नियन्त्रण गर्ने अभियानमा छौँ, यसका लागि पछिल्ला तीन वर्षयता छोरी शिक्षा, निरक्षर उन्मूलन, सामाजिक जागरण र सीप अभिवृद्धिका कार्यक्रमले निरन्तरता पाउँदै आएका छन्”, नगरप्रमुख मण्डलले भने, “पछिल्ला तीन वर्षयताका हाम्रो प्रयत्नले राम्रो सफलता पाएको छ ।”
तीन वर्षअघि ८०० बालविवाहका घटना भएको सम्झँदै नगरप्रमुख मण्डलले त्यसयता बालविवाहविरुद्धका घनिभूत कार्यक्रमका कारण यसमा कमी आएको बताए । यसपालि जारी आर्थिक वर्ष २०८१/८२ को हालसम्मको अवधिमा नगरक्षेत्रमा कतै पनि बालविवाहका घटनाको जानकारी नरहेको उनको भनाइ छ ।
मटिहानी नगरपालिकाले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखामार्फत गत आर्थिक वर्ष २०८०/८१ मा निरक्षरता उन्मूलन अभियान सञ्चालन गरेको थियो । यसै अभियानअन्तर्गत विद्यालय जाने उमेरका बालबालिकालाई औपचारिक शिक्षामा जोड्ने र किशोरवय पार गरेकाहरुलाई घरबस्तीमै अनौपचारिक शिक्षा दिइएको थियो । सो अभियानको सफलताले नै आफ्नो नगर साक्षर घोषणा भएको नगरप्रमुख मण्डलको भनाइ छ ।
अहिले सञ्चालन भएको एकमहिने मिथिला पेन्टिङ तालिममा सहभागी किशोरी पनि बालविवाहविरुद्धको अभियन्ता हुन् । तालिमका सहभागीहरु बालविवाहलाई निरुत्साहित गर्नु र सीप सिकेर आत्मनिर्भर बन्नु मुख्य उद्देश्य रहेको बताउँछन् । मटिहानी–७ की १७ वर्षीया प्रिया ठाकुर भन्छिन्, “मिथिला पेन्टिङ आर्जनका लागि सम्भावनायुक्त सीप हुने विश्वास जागेको छ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: