Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

मकवानपुरकाे शारदा माविमा ‘चन्दा’ नामले भर्ना शुल्क उठाइयो !

खबरडबली संवाददाता

हेटौँडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ स्थित शारदा माध्यमिक विद्यालयले कानुनी व्यवस्था विपरीत विद्यार्थीहरूबाट ‘चन्दा’ शीर्षकमा भर्ना शुल्क उठाएको पाइएको छ।

‘निशुल्क र अनिवार्य शिक्षा’ को नीति भए पनि सो विद्यालयले वैशाख ७ गते कक्षा ७ का एक विद्यार्थीका नाममा १८ सय रुपैयाँ ‘चन्दा दान सहयोग’ भनी शुल्क लिएको रसिद फेला परेको हो।

विद्यालय व्यवस्थापन पक्षले यस शुल्क संकलन अभिभावकहरूको सहमतिमा गरिएको दाबी गरिरहेको छ। मकवानपुरगढी-५ का वडा अध्यक्ष तथा वडा शिक्षा समितिका संयोजक दिपेश दाहालले पनि विद्यालय व्यवस्थापनमा सहजता ल्याउन उक्त रकम उठाइएको बताए।

“विद्यालयले भर्ना प्रक्रियालाई ध्यानमा राख्दै उक्त शुल्क उठाएको होला। शिक्षा नीतिमा निःशुल्क भनिए पनि केही विद्यालयले वर्षको एक पटक ‘स्वेच्छिक सहयोग’ वा अन्य नाममा शुल्क उठाउने गरेका छन्,” दाहालले भने। उनले स्पष्ट रूपमा “लिन पाइँदैन, तर यहाँको अवस्थालाई हेरेर यस्तो गरिएको हो” भन्ने प्रतिक्रिया दिए।

अभिभावकहरूमा मतभिन्नता

विद्यालयले शुल्क संकलन अभिभावकको सहमतिमा गरिएको दाबी गरे पनि केही अभिभावकहरूले भने आफूहरूलाई पूर्ण रूपमा जानकारी नदिइएको गुनासो गरेका छन्। कक्षा ७ मा अध्ययनरत एक विद्यार्थीका अभिभावकले नाम नखुलाउने शर्तमा भने, “स्कुलले भर्ना गर्नुपर्छ भनेपछि पैसा तिरेका हौं, तर यो सहयोग कि शुल्क भन्ने कुरा स्पष्ट गरिएको थिएन। हामीले चन्दा तिर्ने सहमति गरेको होइन, सिधै पैसा मागियो।”

यस्तै अर्का अभिभावक भन्छिन्, “विद्यालयले सहयोगको रूपमा लिएको भनिए पनि त्यो अनिवार्य जस्तै लाग्यो। तिर्न नसक्ने अभिभावकलाई विकल्प के छ? फेरी बच्चा पढ्न नपाओस् भन्ने डर पनि हुन्छ।”

तर केही अभिभावकहरू भने विद्यालयले सञ्चालन गर्न कठिन भएको भन्दै केही रकम सहयोग गर्नु ठूलो कुरा नभएको बताउँछन्।

हाल सारदा माविमा करिब ४ सय  विद्यार्थी अध्ययनरत छन्। विद्यालयले कक्षा ७ सम्म अंग्रेजी माध्यम पनि सुरु गरेको र त्यसमा १ सय १५ विद्यार्थी भर्ना भएको जनाएको छ। अंग्रेजी माध्यमका लागि भने विद्यालयले छुटै शुल्क लिने गरेको छ।

कानुनी व्यवस्था र कार्यान्वयनको चुनौती

यस विषयमा मकवानपुरगढी गाउँपालिकाका विद्यालय निरीक्षक तथा सूचना अधिकारी रामबहादुर घलानले नीतिगत रूपमा कुनै पनि शुल्क उठाउन नपाइने स्पष्ट व्यवस्था रहेको बताए। “ऐनअनुसार भर्ना लगायतको कुनै शुल्क लिन पाइँदैन, तर व्यवहारमा नीति राम्रो छ भने कार्यान्वयनमा समस्या छ,” उनले भने।

‘निशुल्क र अनिवार्य बालबालिका शिक्षा ऐन, २०८६’ अनुसार कक्षा ८ सम्मको शिक्षामा कुनै पनि विद्यालयले भर्ना, मासिक, वा अन्य शीर्षकमा शुल्क लिन नपाउने स्पष्ट व्यवस्था छ। तर व्यवहारमा संघीय सरकारले पर्याप्त बजेट उपलब्ध नगराउँदा स्थानीय विद्यालयहरू व्यवस्थापनका लागि अभिभावकसँग सहयोग माग्न बाध्य भएको घलानको भनाइ छ।

यस घटनाले नीति र व्यवहारबीचको अन्तर उजागर गरेको छ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आन्तरिक पर्यटकको रोजाइमा भोजपुर–बेहेर नागबेली सडक

भोजपुर । सदरमुकामबाट कोटडाँडा हुँदै पिखुवा खोला किनारको बेहेरे दोभानसम्म झर्ने नागबेली आकारको सडक यतिबेला आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । हरिय...

आफैँले काटेको रुखले लागेर १ जनाको मृत्यु, २ जना घाइते

नुवाकोट । आज यहाँको बेलकोटगढी नगरपालिका–९ नलगाउँमा रुख काट्ने क्रममा एक जनाको मृत्यु भएको छ । आफैँले काटेको रुखले लागेर सोही स्थानका ३५ वर्षीय प्रेम त...

जीवनमा मूल्य र महत्त्वको फरक छुटाउन सक्नुपर्छः हर्क साम्पाङ

ललितपुर। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टीको सदस्यता शुल्क एक सय रुपैयाँ भएको बताएका छन्।ललितपुरमा आयोजित पार्टीको भेलालाई सम...

तनहुँको गाछेपानीमा गाडीको ठक्करबाट स्कुटरमा सवार दुई जनाको मृत्यु

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ गाछेपानीमा आज दिउँसो सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा...

बाँकेमा टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिका–१५, अक्कलघरवामा आज टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । ...

स्वास्थ्य क्षेत्रमा आमूल सुधारको प्रस्ताव

निजी अस्पतालको शुल्क नियन्त्रण गर्न स्तरीकरणको व्यवस्था

सम्पत्ति छानबिनका लागि तयार छु, सरकारले काम गरेको देखेन: वामदेव गाैतम

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले पूर्वप्रधानमन्त्री लगायत उच्चपदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन हुनुपर्ने माग गर्दै आफू त्यसक...

विभिन्न स्थानबाट लागू‌औषधसहित १७ जना पक्राउ

काठमाडौं । देशका विभिन्न स्थानबाट लागू‌औषधसहित प्रहरीले १७ जनालाई नियन्त्रणमा लिएको छ। नवलपरासी पश्‍चिम, सुनवल नगरपालिका-२ मुखिया टोलबाट अवैध लागूऔ...

मुख्यमन्त्री कप महिला भलिबलको उपाधि रुपन्देहीलाई

दाङ । यहाँ जारी दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि रुपन्देहीले हात पारेको छ। आज सम्पन्न फाइनल खेलमा पाल्प...

लुम्बिनीका विद्युतीय बसमा स्वार्थको छायाँ

प्रधानमन्त्रीको निर्देशनमा दुई दिन चले, फेरि विमानस्थलतिर मोडिए

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending