Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

भावी नेतृत्वका लागि देउवामाथि पूर्वपदाधिकारीहरूको दबाब, गगनलाई रोज्नसक्ने आशंका

खबरडबली संवाददाता

काठमाडौं । कांग्रेसका ६ पूर्वपदाधिकारीले पार्टीको भावी नेतृत्व संस्थापनपक्षबाटै अघि सार्न पार्टीका सभापति शेरबहादुर देउवामाथि दबाब बढाउँदै लगेका छन् । 

संस्थापनइतर पक्षका नेता शेखर कोइराला र महामन्त्री गगन थापामध्ये कुनै एकलाई देउवाले रोज्ने हुन् कि भन्ने आशंका बढिरहेका बेला पूर्वपदाधिकारीहरू प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, विजयकुमार गच्छदार, गोपालमान श्रेष्ठ र शशांक कोइरालाले संयुक्त अभियानमार्फत देउवामाथि दबाब बढाएका हुन् ।

विधानमा दुई कार्यकालभन्दा बढी सभापति हुन नपाउने व्यवस्था रहेकाले देउवा १५ औं महाधिवेशनदेखि पार्टी नेतृत्वबाट निवृत्त हुँदैछन् । देउवाले दोस्रो कार्यकाल सुरुयता गुटको बैठकसमेत बोलाउन छाडेका छन् । उनले केही सीमित निकटस्थबाहेक पार्टी र सत्ता राजनीतिका विषयमा संस्थापनपक्षकै नेताहरूसँग परामर्शसमेत गर्न छाडेका छन् । यसले पनि पूर्वपदाधिकारीलाई अन्योलमा पारेको छ ।

देउवाको पछिल्लो भूमिकाले संस्थापनभित्रै अन्योल खडा भएको र संस्थापननिकट कतिपय नेताहरू नै शेखर र महामन्त्री गगनतिर नजिकिन थालेपछि ६ पूर्वपदाधिकारीको सक्रियता बढेको हो । उनीहरू देउवामाथि निरन्तर दबाब बढाएर आफूहरू मध्येबाटै एक जना उम्मेदवार बन्ने कसरतमा जुटेका छन् ।

आ–आफ्नो निवासमा आलोपालो लन्च र डिनर गर्दै आएका उनीहरूले गत बिहीबार लोकतन्त्र दिवसका अवसरमा पूर्वमहामन्त्री शशांक कोइरालाको महाराजगन्जस्थित निवासमा सन्देशमूलक चियापान आयोजना गरेका थिए । चियापानमा पार्टीका धेरै नेताहरू अनुपस्थित रहे पनि ६ पूर्वपदाधिकारीहरूले पार्टी राजनीतिमा आफूहरूको सान्दर्भिकता कमजोर नभएको सन्देश दिन खोजेको एक पूर्वपदाधिकारीले बताए । उनका अनुसार सुरुवातमा सिंह, निधि र शशांकबीच गठजोड बनेको थियो । त्यसमा अरू तीन पूर्वपदाधिकारी थपिएका हुन् ।

पूर्वउपसभापति श्रेष्ठले ६ पूर्वपदाधिकारी आगामी महाधिवेशनसम्म सँगै जाने बताए । विभिन्न कालखण्डमा देउवालाई प्रधानमन्त्री र सभापति बनाउन सहयोग र समर्थन गर्नेहरू मध्येबाटै देउवाको उत्तराधिकारी तय हुने उनको दाबी छ ।

‘६ जनाको यो गठजोड १५ औं महाधिवेशनसम्मै जान्छ, त्यसमा अरू पनि थपिन्छन्’ श्रेष्ठले भने, ‘उम्मेदवार हुन त सबैले पाउने नै भए तर हामी बीचबाट मिलेरै नेतृत्वका लागि एक जनाको उम्मेदवारी पर्छ, सभापतिका लागि त्यस्तो व्यक्ति अघि सारिन्छ,जसको मातहतमा अरूलाई समेत चुनाव सहज हुन्छ ।’

संस्थापनपक्षबाट नेतृत्व लिन ६ जना नै आकांक्षी देखिएका छन् । संस्थापनपक्षबाट वर्तमान उपसभापति पूर्णबहादुर खड्का सभापतिका लागि आफूलाई स्वाभाविक दाबेदार ठान्छन् । ६ पूर्वपदाधिकारीमध्ये सिंह र निधिले १४ औं महाधिवेशनमै देउवासँग सभापतिमा प्रतिस्पर्धा गरेका थिए । पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत नकटाएपछि सबैभन्दा बढी मत ल्याउने देउवा र इतरपक्षका नेता कोइरालाबीच दोस्रो चरणको निर्वाचनमा दुवै पूर्वपदाधिकारीले देउवालाई साथ दिएका थिए ।

पोखरामा सम्पन्न पार्टीको दसौं महाधिवेशनदेखि नै देउवालाई साथ दिएका निधिले १४ औं महाधिवेशनमा देउवा समूहबाटै विद्रोह गरेर उम्मेदवार दिएका थिए । पार्टी विभाजनका बखत देउवालाई साथ दिएका सिंह एकीकरणपश्चात् भने कोइराला समूहमा प्रवेश गरेका थिए । १२ औं महाधिवेशनमा सुशील कोइरालालाई र १३ औंमा रामचन्द्र पौडेललाई साथ दिएका सिंहले १४ औं महाधिवेशनमा भने ‘कोइराला’ समूहबाट विद्रोह गरेर आफैं सभापति उठेका थिए ।

१२ औं महाधिवेशनमा सुशील कोइरालालाई साथ दिएका सिटौलाले उनको निधनपछि कोइराला समूहको विरासत आफूले लिने भन्दै १३ औं महाधिवेशनमा रामचन्द्र पौडेललाई समर्थन नगरी आफैं उम्मेदवार बनेका थिए । पहिलोपल्ट महामन्त्रीको प्रतिस्पर्धा गर्दा गगन थापासमेत सिटौला समूहबाटै उम्मेदवार बनेका थिए ।

१३ औं अधिवेशनमा शेरबहादुर देउवा र रामचन्द्र पौडेलबीच चलेको मुख्य प्रतिस्पर्धामा पहिलो चरणमा कसैले पनि पचास प्रतिशत मत प्राप्त गर्न सकेनन् । दोस्रो चरणको निर्वाचनमा सिटौलाले देउवालाई साथ दिएकै कारण देउवा सभापतिमा निर्वाचित भएका थिए । त्यसयता सिटौला देउवा पक्षमा रहँदै आएका छन् ।

पूर्वउपसभापति गच्छदारले आफूले नेतृत्व गरेको मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) पार्टीलाई ०७४ को निर्वाचनअघि कांग्रेसमा विलय गराएका थिए । त्यसपछि संस्थापनपक्षमै रहेका उनी बालुवाटारको ललिता निवासको सरकारी जग्गा प्रकरणमा तानिएपछि गुमनाम जस्तै छन् । पूर्वपदाधिकारीकै समूहमा जोडिएर उनले पनि पछिल्लो समय सक्रियता बढाएका छन् ।

कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महर सभापतिको संस्थापनपक्ष एक ढिक्का राखिराख्ने चाहनाका कारण पनि पूर्वपदाधिकारीहरूको सक्रियता बढेको हुन सक्ने बताउँछन् । त्यस्तो सक्रियता देउवाकै ग्रिन सिग्नलबाटै भएको हुन सक्ने बुझाइ उनको छ ।

‘संस्थापनपक्षकै कतिपय नेताहरू यताउता गर्न थाले, भोलि नेतृत्वमा आफूले चाहेको मान्छे होस् भन्ने चाहना शेरबहादुर दाइलाई पक्कै पनि होला । आफ्नो टिमलाई एक ढिक्का राख्न सकिएन भने नेता/कार्यकर्ता यताउता गर्न सक्छन् । पछि फर्काउन कठिनाइ हुन्छ भन्ने होला’ महर भन्छन्, ‘सभापतिलाई आफू जितेको टिमबाट उत्तराधिकारी होस् भन्ने चाहना हुन सक्छ । त्यसका लागि आफ्नो टिम ‘इन्ट्याक्ट’ होस् भन्ने पक्कै होला ।’

पूर्वपदाधिकारीले पार्टीको भावी नेतृत्वका विषयमा केही दिनभित्रै बुद्धिजीवी र नागरिक समाजका अगुवासँग राजधानीमा छलफल गर्ने तयारीसमेत गरेका छन् । संस्थापनपक्षको बैठक राखेर भावी उत्तराधिकारी आफ्नै टिमबाट हुने सन्देश दिनका लागि पूर्वपदाधिकारीले निरन्तर दबाब बढाइरहे पनि देउवा आफू प्रधानमन्त्री नभएसम्म उम्मेदवारको विषयमा प्रस्ट नहुने धेरैको बुझाइ छ । यो समाचार आजको कान्तिपुर दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending