Khabar Dabali २९ जेष्ठ २०८३ शुक्रबार | 12th June, 2026 Fri
Investment bank

१७ अर्ब बढी अवैध वित्तीय कारोबारमा संलग्न २१ जना पक्राउ

खबरडबली संवाददाता

काठमाडौँ । झण्डै १८ अर्ब रुपैयाँ अवैध कारोबारमा संलग्न रहेको अभियोगमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले २१ जनालाई पक्राउ गरेको छ ।

११ जिल्लाबाट परेका उनीहरूले विदेशबाट प्राप्त विप्रेषण रकमलाई आन्तरिक विप्रेषणको नाममा अवैध कारोबार गरी नेपालमा ठूलो परिमाणमा रकम परिचालन गरेको प्रहरीले जनाएको छ।

उनीहरूले करिब १७ अर्ब ८६ करोड ७० लाख रुपैयाँभन्दा बढी अवैध कारोबार गरेको खुल्न आएको छ।संलग्न व्यक्तिहरूले भन्सार छली, सुनको अवैध कारोबार र कर छलजस्तै गतिविधि सञ्चालन गर्दै आएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

उनीहरूले सजिलो पे र पेवेल नेपाल प्रालिजस्ता डिजिटल वालेट कम्पनीहरू प्रयोग गरी रकमलाई विभिन्न बैंक खातामा जम्मा गर्ने र त्यसपछि मनी ट्रान्सफर कम्पनीहरू मार्फत ई-मनी बनाई विदेशी कामदार तथा विद्यार्थीका आफन्तहरूको खातामा रकम ट्रान्सफर गर्ने गरेका थिए।

पक्राउ परेकाहरूमा मोरङ, महोत्तरी, सप्तरी, सर्लाही, धनुषा, पर्सा, नवलपरासी, चितवन लगायत जिल्लाका व्यक्ति संलग्न रहेको खुलेको छ।

पक्राउ परेकाहरूमा विरेन्द्र प्रसाद साह, दिपेन्द्र प्रसाद साह, श्रवण कुमार साह, तारालाल यादव, हरेराम महतो, निरोज कुमार महतो, अलिता देवी महतो, प्रकाश सिंह, अरुण कुमार साह, प्रदिप कुमार साह, संजिव कुमार महतो, राजकमल लोनिया, भिमकुमारी गुरुङ, राम विलास साह तेली, ममता कुमारी साह, बिकर्ण जंग राणा, गणपति पाण्डे, सलमा खातुन, शुसिला कुमारी साहु, गोविन्द प्रसाद आचार्य र सम्भु मेहता रहेका छन्।

उनीहरूले डीएस ट्रेडर्स तथा रेमिट्यान्स, डिप ज्योति ट्रेडर्स, रिया ट्रेडर्स, आनन्द ट्रेडर्स, न्यू सन्ध्या इन्टरप्राइजेज, एलिटा मनी ट्रान्सफर, श्री अञ्जल इन्टरप्राइजेज, आर एन्ड आर सब रेमिट प्रा।लि।, जय मा जानकी मनी ट्रान्सफर, पुजा सप्लायर्स, ताशी ट्राभल्स एन्ड टुर्स, शिवम् इन्टरप्राइजेज, ससविका मनी ट्रान्सफर, गोल्डेन स्काई टुर्स एन्ड ट्राभल्स, खुसी मनी ट्रान्सफर, राधिका ट्रेडर्स, हिमालयन मनी ट्रान्सफर र सगरमाथा रेमिट्यान्सजस्ता एजेन्सी तथा कम्पनीमार्फत कारोबार गरिरहेका थिए।

प्रहरीले थप अनुसन्धान जारी रहेको र यसमा संलग्न अन्य व्यक्तिहरूको खोजी पनि भइरहेको जानकारी दिएको छ।

 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुधन गुरुङसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई कांग्रेसको ध्यानाकर्षण

काठमाडौं । नेपाली कांग्रेसले सुधन गुरुङसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ। शुक्रबार प्रतिनिधिसभाको बैठकमा...

प्रश्न गर्ने सांसदलाई ‘फाइल खोल्ने’ चेतावनी दिनु संसदीय मर्यादाविपरीत : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले संसद्मा प्रश्न उठाउने सांसदप्रति अर्थमन्त्रीले प्रयोग गरेको अभिव्यक्तिलाई संसदीय मर्यादामाथिको अपमान भएको जनाएको छ। प्...

पुँजीगत खर्चको एक प्रतिशत नवप्रवर्तनमा विनियोजन गर्न मन्त्री पुनको आग्रह

काठमाडौं । विज्ञान तथा नवप्रवर्तन मन्त्री महावीर पुनले प्रदेश र स्थानीय सरकारलाई आफ्नो पुँजीगत खर्चको एक प्रतिशत रकम विज्ञान तथा नवप्रवर्तनमा विनियोजन...

सुस्तामा एसएसबीको गतिविधिबारे संसदमा हर्क साम्पाङको प्रश्न: रक्षामन्त्रीज्यूलाई खोजेर ल्याइदिनुस्

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले स्थानीयवासीलाई धाकधम...

अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न माग गरेको छ। प्रतिनिधिसभाको शुक्रबार...

तोलामा ५ हजार ३ सय बढ्यो सुन

काठमाडौँ । स्थानीय बजारमा आज  सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा रु पाँच हजार ३०० र चाँदी रु १९० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका...

करको दर विवादमा अर्थमन्त्री वाग्लेको बचाउमा रास्वपाका सांसद पराजुली र सुनार

काठमाडौं । करका दर हेरफेर तथा त्यससम्बन्धी सूचना चुहावटको विषयमा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेमाथि प्रश्न उठिरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (...

मुस्ताङमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मुस्ताङ। मुस्ताङमा यात्रुबाहक बसले विपरीत दिशाबाट आएको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको रानीपौवाबा...

हुम्लामा सडक खन्ने क्रममा स्काभेटर पल्टिँदा चालकको मृत्यु

हुम्ला। हुम्लाको सर्केगाड गाउँपालिका–६ बराईको भित्री सडक खन्ने क्रममा स्काभेटर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। बिहीबार राति करिब १२ बज...

गोदावरी नदीले बगाउँदा दुई महिलाको मृत्यु

धनगढी। कैलालीको गोदावरी नगरपालिका–४ मा गोदावरी नदीले बगाउँदा शुक्रबार बिहान दुई महिलाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार तर्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending