काठमाडौँ । झण्डै १८ अर्ब रुपैयाँ अवैध कारोबारमा संलग्न रहेको अभियोगमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले २१ जनालाई पक्राउ गरेको छ ।
११ जिल्लाबाट परेका उनीहरूले विदेशबाट प्राप्त विप्रेषण रकमलाई आन्तरिक विप्रेषणको नाममा अवैध कारोबार गरी नेपालमा ठूलो परिमाणमा रकम परिचालन गरेको प्रहरीले जनाएको छ।
उनीहरूले करिब १७ अर्ब ८६ करोड ७० लाख रुपैयाँभन्दा बढी अवैध कारोबार गरेको खुल्न आएको छ।संलग्न व्यक्तिहरूले भन्सार छली, सुनको अवैध कारोबार र कर छलजस्तै गतिविधि सञ्चालन गर्दै आएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
उनीहरूले सजिलो पे र पेवेल नेपाल प्रालिजस्ता डिजिटल वालेट कम्पनीहरू प्रयोग गरी रकमलाई विभिन्न बैंक खातामा जम्मा गर्ने र त्यसपछि मनी ट्रान्सफर कम्पनीहरू मार्फत ई-मनी बनाई विदेशी कामदार तथा विद्यार्थीका आफन्तहरूको खातामा रकम ट्रान्सफर गर्ने गरेका थिए।
पक्राउ परेकाहरूमा मोरङ, महोत्तरी, सप्तरी, सर्लाही, धनुषा, पर्सा, नवलपरासी, चितवन लगायत जिल्लाका व्यक्ति संलग्न रहेको खुलेको छ।
पक्राउ परेकाहरूमा विरेन्द्र प्रसाद साह, दिपेन्द्र प्रसाद साह, श्रवण कुमार साह, तारालाल यादव, हरेराम महतो, निरोज कुमार महतो, अलिता देवी महतो, प्रकाश सिंह, अरुण कुमार साह, प्रदिप कुमार साह, संजिव कुमार महतो, राजकमल लोनिया, भिमकुमारी गुरुङ, राम विलास साह तेली, ममता कुमारी साह, बिकर्ण जंग राणा, गणपति पाण्डे, सलमा खातुन, शुसिला कुमारी साहु, गोविन्द प्रसाद आचार्य र सम्भु मेहता रहेका छन्।
उनीहरूले डीएस ट्रेडर्स तथा रेमिट्यान्स, डिप ज्योति ट्रेडर्स, रिया ट्रेडर्स, आनन्द ट्रेडर्स, न्यू सन्ध्या इन्टरप्राइजेज, एलिटा मनी ट्रान्सफर, श्री अञ्जल इन्टरप्राइजेज, आर एन्ड आर सब रेमिट प्रा।लि।, जय मा जानकी मनी ट्रान्सफर, पुजा सप्लायर्स, ताशी ट्राभल्स एन्ड टुर्स, शिवम् इन्टरप्राइजेज, ससविका मनी ट्रान्सफर, गोल्डेन स्काई टुर्स एन्ड ट्राभल्स, खुसी मनी ट्रान्सफर, राधिका ट्रेडर्स, हिमालयन मनी ट्रान्सफर र सगरमाथा रेमिट्यान्सजस्ता एजेन्सी तथा कम्पनीमार्फत कारोबार गरिरहेका थिए।
प्रहरीले थप अनुसन्धान जारी रहेको र यसमा संलग्न अन्य व्यक्तिहरूको खोजी पनि भइरहेको जानकारी दिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - १७:०२
काठमाडौँ। केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ । नेपाल राष्...
मंसिर ३० गते, २०८२ - १६:५५
काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफू प्रमुखको भूमिकामा आएपछि रु २३ अर्ब मूल्य बराबरको २०८ रोपनी सार्वजनिक जग्गा फिर्ता गरिएको ...
मंसिर ३० गते, २०८२ - १६:३३
काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । पन्त केपी शर्मा ओली समूहमा थिए तर ओली समूहले उनलाई समेटेर प्यानल बनाएन ।...
मंसिर ३० गते, २०८२ - १६:१६
मकवानपुर। मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरीपखेरा जङ्गलमा सिकार गर्न हिँडेका शिकारीको भरुवा बन्दुक पड्किँदा अर्का शिकारीको मृत्यु भएको छ । ...
मंसिर ३० गते, २०८२ - १५:५६
काठमाडौं । भिजिट भिसा प्रकरणमा नाम जोडिएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी (सीडीओ)बद्रि तिवारीलाई गृह मन्त्रालय तानिएको छ । ...
मंसिर ३० गते, २०८२ - १५:५१
काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा ईश्वर पोखरेल समूहले आफ्नो उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । यस क्रममा स्व...
मंसिर ३० गते, २०८२ - १५:४२
काठमाडाैं। सरकारले एकै वर्षमा ४ अर्ब बढी कर फिर्ता गरेको छ । कुटनीतिक नियोग कुटनीतिज्ञ एवं विभिन्न कुटनीतिक एजेन्सीहरुलाईदेखि निकासीको आधारमा सरकारले ...
मंसिर ३० गते, २०८२ - १५:३३
काठमाडौँ । एमालेको अध्यक्ष पदको लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएलगत्तै ओलीले पनि महाधिवेशनस्थल...
मंसिर ३० गते, २०८२ - १५:१४
काठमाडौँ । एमाले अध्यक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। उनी अध्यक्षमा केपी शर्मा ओलीसँग पोखरेल भिड्न लागेका हुन्...
मंसिर ३० गते, २०८२ - १५:०८
काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ युद्धभैरव गण (शान्ति सैनिक) तेस्रो डफ्फालाई बदल...




प्रतिकृया लेख्नुहोस्: