काठमाडौं । करका दर हेरफेर तथा त्यससम्बन्धी सूचना चुहावटको विषयमा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेमाथि प्रश्न उठिरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू उनको बचाउमा उत्रिएका छन्।
शुक्रबार प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा विपक्षी दलका सांसदहरूले आर्थिक विधेयकमा भएको कर दर हेरफेर र सूचना चुहावटबारे अर्थमन्त्रीसँग जवाफ मागेका थिए।
बैठकमा नेकपा ९एमाले० का सांसद तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले कर दर हेरफेरको विषय उठाउँदा अर्थमन्त्री वाग्लेले सांसदहरूलाई धम्कीपूर्ण शैलीमा सम्बोधन गरेको भन्दै समितिको ध्यानाकर्षण गराएका थिए।
त्यस्तै एमाले सांसद गणेशसिंह ठगुन्नाले पनि अर्थमन्त्रीको अभिव्यक्ति आक्रोशपूर्ण र व्यक्तिगत रिसइबीको शैलीमा आएको आरोप लगाए। उनले अर्थमन्त्रीबाट असंसदीय तथा अमर्यादित भाषा प्रयोग भएको दाबी गरे।
विपक्षी सांसदहरूको आलोचनापछि रास्वपाका संसदीय दलका उपनेता गणेश पराजुली र सांसद खगेन्द्र सुनारले अर्थमन्त्रीको पक्षमा धारणा राखेका थिए।
पराजुलीले अर्थमन्त्रीले प्रयोग गरेका केही शब्दप्रति सांसदहरूको असन्तुष्टि हुन सक्ने स्वीकार गरे पनि विषयलाई अनावश्यक रूपमा राजनीतिक आरोप–प्रत्यारोपमा लैजान नहुने बताए। उनले सबै पक्ष जिम्मेवार ढंगले प्रस्तुत हुनुपर्नेमा जोड दिँदै अर्थमन्त्रीले आफ्नो स्पष्टीकरण दिइसकेको उल्लेख गरे।
सांसद सुनारले पनि कर दर हेरफेरको विषय प्रत्येक दिनजसो उठाइनु उपयुक्त नभएको बताए। उनका अनुसार यस्ता प्राविधिक त्रुटि विगतमा पनि देखिएका छन् र आवश्यक परे सभामुखमार्फत सच्याउने अभ्यास रहँदै आएको छ।
उनले एउटै व्यक्तिलाई लक्षित गरेर निरन्तर आलोचना गरिनु उचित नभएको उल्लेख गर्दै विषयलाई तथ्य र प्रक्रियाका आधारमा हेर्नुपर्ने धारणा व्यक्त गरे।
कर दर हेरफेर र सूचना चुहावटको विषयलाई लिएर संसद् तथा संसदीय समितिहरूमा बहस जारी रहेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २९ गते, २०८३ - १२:२०
काठमाडौं । विज्ञान तथा नवप्रवर्तन मन्त्री महावीर पुनले प्रदेश र स्थानीय सरकारलाई आफ्नो पुँजीगत खर्चको एक प्रतिशत रकम विज्ञान तथा नवप्रवर्तनमा विनियोजन...
जेष्ठ २९ गते, २०८३ - ११:५०
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले स्थानीयवासीलाई धाकधम...
जेष्ठ २९ गते, २०८३ - ११:३४
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न माग गरेको छ। प्रतिनिधिसभाको शुक्रबार...
जेष्ठ २९ गते, २०८३ - ११:२४
काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा रु पाँच हजार ३०० र चाँदी रु १९० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका...
जेष्ठ २९ गते, २०८३ - ११:१७
काठमाडौं । करका दर हेरफेर तथा त्यससम्बन्धी सूचना चुहावटको विषयमा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेमाथि प्रश्न उठिरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (...
जेष्ठ २९ गते, २०८३ - ११:०५
मुस्ताङ। मुस्ताङमा यात्रुबाहक बसले विपरीत दिशाबाट आएको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको रानीपौवाबा...
जेष्ठ २९ गते, २०८३ - १०:५४
हुम्ला। हुम्लाको सर्केगाड गाउँपालिका–६ बराईको भित्री सडक खन्ने क्रममा स्काभेटर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। बिहीबार राति करिब १२ बज...
जेष्ठ २९ गते, २०८३ - १०:४८
धनगढी। कैलालीको गोदावरी नगरपालिका–४ मा गोदावरी नदीले बगाउँदा शुक्रबार बिहान दुई महिलाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार तर्...
जेष्ठ २८ गते, २०८३ - १७:४९
पोखरा। पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स (यूएई) दुबईका लागि उडान सञ्चालन हुन लागेको छ । आगामी असोज ७ गतेदेखि नियमित उडान सञ्च...
जेष्ठ २८ गते, २०८३ - १७:२६
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले आगामी आर्थिक वर्षको बजेट समता, सामाजिक न्याय र समन्यायिक समृद्धिलाई केन्द्रमा राखेर ल्याएको दाबी ...



प्रतिकृया लेख्नुहोस्: