म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–७, मंगलाघाट आरनटोलमा एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । रघुगंगा गाउँपालिका–६, ठाडाखानी घर भएका अन्दाजी ४० वर्षीय राजु विकले २७ वर्षीया श्रीमती भगवती विकको सोमबार राति हत्या गरेका हुन् ।
मदिरा सेवन गरेका राजुले श्रीमतीलाई दाउरा प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय प्रहरी निरीक्षक सागर पौडेलको नेतृत्वमा प्रहरीको टोली पुगेको थियो । सोमबार पर्वतको जलजला गाउँपालिका–३ गुफाटोलमा आमा गुमा विकलाई भेट्न गएकी मृतक भगवतीको शरीरमा चोटपटक देखिएको थियो । मदिराले मातेका श्रीमानले पटक–पटक छोरीलाई कुटपिट गरी घाइते बनाउने गरेको मृतक भगवतीकी आमा गुमाले बताइन् ।
घटनास्थल आसपासका स्थानीयवासीले राति करिब १० बजे हल्ला गर्दै घरभित्र प्रवेश गरेपछि केही जानकारी नभएको प्रहरीलाई बताएका छन्। मंगलबार विहान वडा सदस्य रमेश फगामीलाई स्थानीयले घटनाका बारेमा जानकारी गराएपछि मंगलाघाटमै रहेको प्रहरीको टोली घटनास्थलमा पुगेको थियो ।
श्रीमतीको हत्या गरेपछि श्रीमती बिरामी छ भन्दै रित्तो खुट्टा बजारतिर आएका अभियुक्त राजु हाँडेभिरमा विहान चप्पल मागे जंगलमा लुकेको अवस्थामा प्रहरीले सूचना पाएको दुई घण्टाभित्रै नियन्त्रणमा लिन सफल भएको प्रहरी निरिक्षक पौडेलले बताए । घटनाको थप अनुसन्धानका लागि जिल्ला अदालत म्याग्दीबाट म्याद थप गरिने छ । अभियुक्त विकलाई कर्तव्य ज्यान अन्तर्गत अनुसन्धान गरिने छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २८ गते, २०८२ - २०:०६
निजी अस्पतालको शुल्क नियन्त्रण गर्न स्तरीकरणको व्यवस्था
चैत्र २८ गते, २०८२ - १९:५७
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले पूर्वप्रधानमन्त्री लगायत उच्चपदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन हुनुपर्ने माग गर्दै आफू त्यसक...
चैत्र २८ गते, २०८२ - १९:५५
काठमाडौं । देशका विभिन्न स्थानबाट लागूऔषधसहित प्रहरीले १७ जनालाई नियन्त्रणमा लिएको छ। नवलपरासी पश्चिम, सुनवल नगरपालिका-२ मुखिया टोलबाट अवैध लागूऔ...
चैत्र २८ गते, २०८२ - १९:५१
दाङ । यहाँ जारी दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि रुपन्देहीले हात पारेको छ। आज सम्पन्न फाइनल खेलमा पाल्प...
चैत्र २८ गते, २०८२ - १९:४५
प्रधानमन्त्रीको निर्देशनमा दुई दिन चले, फेरि विमानस्थलतिर मोडिए
चैत्र २८ गते, २०८२ - १९:३९
काठमाडौं । नेकपा संयुक्तले पूर्व न्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनलाई अपूर्ण र पूर्वाग्रही भएको टिप्पणी गरेको छ। शनिबा...
चैत्र २८ गते, २०८२ - १९:३४
सङ्खुवासभा । कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी–तुम्लिुङटार सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छभने दुई जना घाइते भएका छ...
चैत्र २८ गते, २०८२ - १९:३१
काठमाडौं । अमेरिकाले एकैपटक ३५ जना नेपालीलाई चार्टर विमानमार्फत डिपोर्ट गरेको छ। विमानस्थल अध्यागमन प्रमुख नरहरी घिमिरेका अनुसार उनीहरू गत ७ अप्रिल (...
चैत्र २८ गते, २०८२ - १९:२५
काठमाडौँ । राप्रपाका महामन्त्री धवल शमशेर राणाले उपसभामुख पदको उम्मेदवारी पार्टीको संस्थागत निर्णयबिना अघि बढाइएको विषयप्रति गम्भीर असन्तुष्टि व्यक्त ...
चैत्र २८ गते, २०८२ - १९:२१
काठमाडौ । काठमाडौँमा आयोजित कार्यक्रममानेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीको बाँकी सङ्गठनात्मक एकीकरण ...


प्रतिकृया लेख्नुहोस्: