म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–७, मंगलाघाट आरनटोलमा एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । रघुगंगा गाउँपालिका–६, ठाडाखानी घर भएका अन्दाजी ४० वर्षीय राजु विकले २७ वर्षीया श्रीमती भगवती विकको सोमबार राति हत्या गरेका हुन् ।
मदिरा सेवन गरेका राजुले श्रीमतीलाई दाउरा प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय प्रहरी निरीक्षक सागर पौडेलको नेतृत्वमा प्रहरीको टोली पुगेको थियो । सोमबार पर्वतको जलजला गाउँपालिका–३ गुफाटोलमा आमा गुमा विकलाई भेट्न गएकी मृतक भगवतीको शरीरमा चोटपटक देखिएको थियो । मदिराले मातेका श्रीमानले पटक–पटक छोरीलाई कुटपिट गरी घाइते बनाउने गरेको मृतक भगवतीकी आमा गुमाले बताइन् ।
घटनास्थल आसपासका स्थानीयवासीले राति करिब १० बजे हल्ला गर्दै घरभित्र प्रवेश गरेपछि केही जानकारी नभएको प्रहरीलाई बताएका छन्। मंगलबार विहान वडा सदस्य रमेश फगामीलाई स्थानीयले घटनाका बारेमा जानकारी गराएपछि मंगलाघाटमै रहेको प्रहरीको टोली घटनास्थलमा पुगेको थियो ।
श्रीमतीको हत्या गरेपछि श्रीमती बिरामी छ भन्दै रित्तो खुट्टा बजारतिर आएका अभियुक्त राजु हाँडेभिरमा विहान चप्पल मागे जंगलमा लुकेको अवस्थामा प्रहरीले सूचना पाएको दुई घण्टाभित्रै नियन्त्रणमा लिन सफल भएको प्रहरी निरिक्षक पौडेलले बताए । घटनाको थप अनुसन्धानका लागि जिल्ला अदालत म्याग्दीबाट म्याद थप गरिने छ । अभियुक्त विकलाई कर्तव्य ज्यान अन्तर्गत अनुसन्धान गरिने छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - १२:४३
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत बिहीबार बिहान सम्पन्न मतदानको मतगणना जारी छ। हालसम्म २,२७० भन्दा बढी मतमध्ये १,१३९ मत गनिसकिएको प्रार...
पौष ३ गते, २०८२ - १२:००
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उपमहासचिव पदको मतगणना जारी छ। प्रारम्भिक नतिजाअनुसार लेखराज भट्टले ४४० मत ल्याएर स्पष्ट अग्रता लिएका छ...
पौष ३ गते, २०८२ - ११:५४
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा जारी मतगणनामा महासचिव पदमा शंकर पोखरेलले स्पष्ट अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अ...
पौष ३ गते, २०८२ - ११:१५
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपालको प्रशासनिक कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त...
पौष ३ गते, २०८२ - ११:०४
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनसँगै पार्टीभित्र नेतृत्व चयनको प्रतिस्पर्धा मात्रै होइन, भविष्यको राजनीतिक हैसियतबारे पनि गम्भीर बहस सुरु भएको ...
पौष ३ गते, २०८२ - १०:५४
काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा महासचिव पदमा कडा प्रतिस्पर्धा देखिएको छ। मतगणनाको सुरुवाती चरण...
पौष २ गते, २०८२ - १०:५५
मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...
पौष २ गते, २०८२ - ०९:४६
विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु
पौष २ गते, २०८२ - ०९:४३
काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...
पौष २ गते, २०८२ - ०९:३९
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...




प्रतिकृया लेख्नुहोस्: