मुस्ताङ। वर्षाले यहाँका फूल्न लागेको स्याउको बोटमा असर पुर्याएको छ । यसबाट स्याउ उत्पादन घट्ने प्रक्षेपण गरिएको छ । जिल्लामा स्थानीय जातका स्याउका बोटमा यसवर्ष निकै कम फूल फुलेको थिए । वर्षा भइरहँदा फुल्दै गरेका स्याउ बोटमा असर पुर्याएकाले यस वर्ष स्याउ उत्पादन कम हुने प्रक्षेपण गरिएको शीतोष्ण बागवानी विकास केन्द्र मार्फा फार्मका कार्यालय प्रमुख पद्मनाथ आत्रेयले जानकारी दिए ।
उनले भने, “गत वर्ष धेरै फूल फुलेर स्याउ उत्पादन बढी भएको थियो । यसवर्ष बोटमा सञ्चित इनर्जी निकै कम हुँदा फूल पनि निकै कम फुलेको थिए । फुलेका फूल पनि हावा र पानीले असर गर्यो । स्याउ बोटमा फूल धेरै फुल्न इनर्जी आवश्यकता पर्छ, बोटमा स्याउको फूल धेरै भए पनि अर्को वर्ष फूल फुलाउन स्याउ बोटले आवश्यक सञ्चित इनर्जी प्राप्त गर्न सक्दैन ।”
जिल्लामा गत वर्ष स्याउ उत्पादन राम्रो भएको केन्द्र प्रमुख आत्रेयले बताउनुभयो । गत वर्ष सात हजार ३३० मेट्रिक टन स्याउ उत्पादन भएको थियो। यसभन्दा अघिल्लो वर्षभन्दा सात सय ३४ मेट्रिक टन स्याउ उत्पादन वृद्धि भएको थियो ।
जिल्लाका स्थानीय जातका स्याउ बगैँचा बोटमा फूल कम देखिए पनि उच्च घनत्व प्रविधिमा आधारित (हाइब्रिड) स्याउको बोटमा भने खासै असर नपुगेको केन्द्र प्रमुख आत्रेयले सुनाए । “हामीले कोवाङ, टुकुचे, मार्फा, स्याङ, ठिनी, जोमसोम र मुक्तिनाथका स्याउ बगैँचाका अवलोकन गरेका थियौँ, जहाँ स्थानीय जातका बोटमा फूल निकै कम देखिए पनि हाइब्रिड स्याउमा भने खासै असर परेको देखिएन ।” यस वर्ष स्थानीय जातका स्याउ कम फल्ने लक्षण देखिए पनि हाइब्रिड स्याउ उत्पादनमा कुनै असर नपर्ने केन्द्र प्रमुख आत्रेयको भनाइ छ ।
जिल्लामा स्याउ उत्पादनका लागि मौसमसमेत प्रतिकूल बनेको छ । स्याउको फूल फुल्दै गरेको अवस्थामा निरन्तरको वर्षा र कुहिरोका कारण स्याउ बोटको फूलमा फल लाग्न बाधक बनेको हो । अगौटे जातका फलफूल यतिबेला फूल फुलेर फल लागिसकेका छन् । अगौटे जातलाई वर्षाले असर नपुर्याए पनि ढिलो फूल फुल्ने मध्यम जातका फलफूलखेतीलाई निरन्तरको वर्षा र कुहिरोले असर पुर्याउने केन्द्र प्रमुख आत्रेयले उल्लेख गरे।
यहाँ फरकफरक स्थानमा लगाएको स्याउ बगैँचामा तापक्रम घटीबढी हुँदा कुनै स्थानमा ढिलो फूल फुल्ने र कुनै स्थानमा फूल फुलेर फल लागिसकेको केन्द्र प्रमुख आत्रेयको भनाइ छ । फूल लागेको स्याउ बोटमा वर्षाले असर नपुग्ने केन्द्रले जनाएको छ ।
यस वर्ष यहाँका स्याउ बगैँचामा फूल एकदमै कम फुलेकाले उत्पादन घट्ने लक्षण देखिएको थासाङ–१ टुकुचेका किसान सरोज तुलाचनले जानकारी दिए । उनले भने, “स्थानीय जातका स्याउ बोटमा असर पर्ने देखिए पनि उच्च घनत्वमा प्रविधिमा आधारित स्याउखेतीमा भने कुनै असर पर्दैन ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - १७:०२
काठमाडौँ। केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ । नेपाल राष्...
मंसिर ३० गते, २०८२ - १६:५५
काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफू प्रमुखको भूमिकामा आएपछि रु २३ अर्ब मूल्य बराबरको २०८ रोपनी सार्वजनिक जग्गा फिर्ता गरिएको ...
मंसिर ३० गते, २०८२ - १६:३३
काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । पन्त केपी शर्मा ओली समूहमा थिए तर ओली समूहले उनलाई समेटेर प्यानल बनाएन ।...
मंसिर ३० गते, २०८२ - १६:१६
मकवानपुर। मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरीपखेरा जङ्गलमा सिकार गर्न हिँडेका शिकारीको भरुवा बन्दुक पड्किँदा अर्का शिकारीको मृत्यु भएको छ । ...
मंसिर ३० गते, २०८२ - १५:५६
काठमाडौं । भिजिट भिसा प्रकरणमा नाम जोडिएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी (सीडीओ)बद्रि तिवारीलाई गृह मन्त्रालय तानिएको छ । ...
मंसिर ३० गते, २०८२ - १५:५१
काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा ईश्वर पोखरेल समूहले आफ्नो उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । यस क्रममा स्व...
मंसिर ३० गते, २०८२ - १५:४२
काठमाडाैं। सरकारले एकै वर्षमा ४ अर्ब बढी कर फिर्ता गरेको छ । कुटनीतिक नियोग कुटनीतिज्ञ एवं विभिन्न कुटनीतिक एजेन्सीहरुलाईदेखि निकासीको आधारमा सरकारले ...
मंसिर ३० गते, २०८२ - १५:३३
काठमाडौँ । एमालेको अध्यक्ष पदको लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएलगत्तै ओलीले पनि महाधिवेशनस्थल...
मंसिर ३० गते, २०८२ - १५:१४
काठमाडौँ । एमाले अध्यक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। उनी अध्यक्षमा केपी शर्मा ओलीसँग पोखरेल भिड्न लागेका हुन्...
मंसिर ३० गते, २०८२ - १५:०८
काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ युद्धभैरव गण (शान्ति सैनिक) तेस्रो डफ्फालाई बदल...




प्रतिकृया लेख्नुहोस्: