वराहक्षेत्र । हावाहुरीले मकै बालीमा क्षति पुर्याएको छ । पाक्न लागेको मकैको बोट हावाहुरीले ढाल्दा किसानलाई ठुलो क्षति पुगेको हो । हावाहुरीसहितको असिना पानीले मकै लगायत तरकारी बालीमा क्षति पुर्याएको कृषि ज्ञानकेन्द्र सुनसरीले जनाएको छ ।
ज्ञानकेद्र सुनसरीका सूचना अधिकृत प्रविणलाल श्रेष्ठका अनुसार जिल्लाका किसानले लगाएको मकै, तरकारी र केरा खेतिमा क्षति पुगेको छ । उनका अनुसार कति क्षति भयो भन्ने विवरण आई सकेको भने छैन । क्षति भएको जानकारी गराउन किसान कार्यालयमा आउने गरेको बताइएको छ ।
हावाहुरीसहितको असिनापानीले जिल्लाको दक्षिणी र उत्तरी क्षेत्रमा बढी क्षति पुर्याएको छ । वराहक्षेत्र १० प्रकाशपुरका किसान राजेश कार्कीले १० कट्ठामा लगाएको मकैका बोट सबै ढलेको छ । उनी प्रतिनिधि किसान मात्र छन्। जिल्लका सयौं किसानले लगाएको मकै र तरकारी बाली ढलेर सोत्तर भएको छ । अचानक आएको हावाहुरीले अन्य बालीमा समेत असर पुगेको छ ।
मकै उत्पानका लागि उर्वर भूमि मानिने सुनसरीमा हावाहुरीले क्षति पुर्याउदा मकै उत्पादनमा कमी आउने सुनसरी ज्ञानकेन्द्रले जनाएको छ । वराहक्षेत्र नगर कृषि शाखा प्रमुख तुलसा लिम्बूले हावाहुरीले बालीमा पुर्याएको क्षति अवलोकन गर्ने क्रम जारी रहेको बताए ।
राजाबासका कृषक लालबहादुर लिम्बूले बारीमा ढलेका मकैका बोट भाचिएर कामै नलाग्ने अवस्थामा पुगेको बताए। वराहक्षेत्र ९ मा रहेको सुन्दर कृषि फर्मका लगाएको तीन विघाको तरकारी बाली पूर्णरूपमा क्षति भएको छ । फर्म सञ्चालक कृषक रघु चन्द्रवंशीका आनुसार मकैका साथै दुई बिघामा लगाएको काक्रा, पन्ध्र कट्ठा मा लगाएको करेला, दस कट्ठाको बोडीलगायत लौका, भान्टाको बोटमा क्षति पुगेको ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २९ गते, २०८३ - १२:५३
काठमाडौं । नेपाली कांग्रेसले सुधन गुरुङसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ। शुक्रबार प्रतिनिधिसभाको बैठकमा...
जेष्ठ २९ गते, २०८३ - १२:३७
काठमाडौं । नेपाली कांग्रेसले संसद्मा प्रश्न उठाउने सांसदप्रति अर्थमन्त्रीले प्रयोग गरेको अभिव्यक्तिलाई संसदीय मर्यादामाथिको अपमान भएको जनाएको छ। प्...
जेष्ठ २९ गते, २०८३ - १२:२०
काठमाडौं । विज्ञान तथा नवप्रवर्तन मन्त्री महावीर पुनले प्रदेश र स्थानीय सरकारलाई आफ्नो पुँजीगत खर्चको एक प्रतिशत रकम विज्ञान तथा नवप्रवर्तनमा विनियोजन...
जेष्ठ २९ गते, २०८३ - ११:५०
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले स्थानीयवासीलाई धाकधम...
जेष्ठ २९ गते, २०८३ - ११:३४
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न माग गरेको छ। प्रतिनिधिसभाको शुक्रबार...
जेष्ठ २९ गते, २०८३ - ११:२४
काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा रु पाँच हजार ३०० र चाँदी रु १९० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका...
जेष्ठ २९ गते, २०८३ - ११:१७
काठमाडौं । करका दर हेरफेर तथा त्यससम्बन्धी सूचना चुहावटको विषयमा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेमाथि प्रश्न उठिरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (...
जेष्ठ २९ गते, २०८३ - ११:०५
मुस्ताङ। मुस्ताङमा यात्रुबाहक बसले विपरीत दिशाबाट आएको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको रानीपौवाबा...
जेष्ठ २९ गते, २०८३ - १०:५४
हुम्ला। हुम्लाको सर्केगाड गाउँपालिका–६ बराईको भित्री सडक खन्ने क्रममा स्काभेटर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। बिहीबार राति करिब १२ बज...
जेष्ठ २९ गते, २०८३ - १०:४८
धनगढी। कैलालीको गोदावरी नगरपालिका–४ मा गोदावरी नदीले बगाउँदा शुक्रबार बिहान दुई महिलाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार तर्...



प्रतिकृया लेख्नुहोस्: