हेटौँडा। पश्चिम मकवानपुरको मनहरी गाउँपालिका ७ र ८ जोड्ने पक्की पुल बनाउँदा खारेज गरिएको पूर्व पश्चिम राजमार्गको जग्गा मिचेर बनाइएका १३ वटा घरटहरा भत्काइएको छ ।
मनहरी गाउँपालिका कार्यपालिका बैठकको निर्णय बमोजिम वडा ७ पुरानो बजारमा भएको सार्वजनिक जग्गा अतिक्रमणबारे सार्वजनिक सूचना जारी गरी घरटहराहरु भत्काउने क्रम सुरु भएको हो । कतिपय स्वयम् घरधनीले र कतिपय संरचना वडा कार्यालयले मेसिन प्रयोग गरी भत्काइएको ७ नं वडाध्यक्ष ठाकुरराम तितुङले बताए । पुरानो बजार क्षेत्रमा झण्डै ७० वटा घरहरु रहेका छन् ।
तत्कालीन पूर्व पश्चिम राजमार्ग निर्माण गर्दा मनहरी खोलामा पक्की पुल बन्नुअघि दक्षिणतर्फ स्लयाब ढलान बनाएर सवारी साधनहरु तार्ने प्रबन्ध गरिएको थियो । पछि पक्की पुल निर्माण भएपछि स्ल्याब ढलान क्षेत्र भएर जाने पुरानो बाटो बेवारिसे बन्दै गर्दा अतिक्रमण भएको हो ।
अतिक्रमण गरेर बनाइएको घर टहरालाई नक्सा बमोजिम खोजी गरी सफाई गरिएको र तत्कालै उक्त बाटो खण्डमा नाला निर्माणसहित बगैँचा र सिमेन्टका टायलहरु हाल्ने गरी बजेट व्यवस्थापन गरिएको वडाध्यक्ष तितुङले बताउनुभयो । सो कार्यका लागि सहरी विकास मन्त्रालयबाट १ करोड बिनियोजन भएको र उक्त बजेट ठेक्का प्रक्रियामार्फत कार्यान्वयनको क्रममा रहेको उनले जानकारी दिए ।
'हामीले अतिक्रमण हटाएर साइड क्लियर गरेका छौं', वडाध्यक्ष तितुङले भने, 'अब ठेकेदारले सुन्दर सडक बनाउने छ ।' अतिक्रमण हटाउने क्रममा अत्यन्तै बिपन्न स्थानीय अमरबहादुर बललाई वडा कार्यालयअघिको सामुदायिक भवनमा बासको व्यवस्थापन गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - १७:०१
रुपन्देही । उच्च अदालत बुटवलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई रिहा गर्न आदेश ...
पौष ३ गते, २०८२ - १६:३५
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले लगानीका लागि सकारात्मक वातावरण बनाउनु पर्ने बताएको छन् । उनले वर्तमान सरकारको मुख्...
पौष ३ गते, २०८२ - १६:२५
काठमाडौँ । सरकार र जेनजीबीच गत मंसिर २४ गते सम्पन्न १० बुँदे सम्झौताविरुद्ध गम्भीर संवैधानिक प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ...
पौष ३ गते, २०८२ - १६:१७
काठमाडौँ। सरकारले भदौ २३ र २४ गतेको घटनामा घाइते भएकाहरूको वर्गीकरण प्रक्रियालाई तीव्रता दिएको छ । जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएका व्यक्तिको अ...
पौष ३ गते, २०८२ - १६:१३
काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले समयमा संकट समाधान नभए विष्फोटको अवस्था आउने बताएको छन्। मन्त्री भण्डारीले...
पौष ३ गते, २०८२ - १५:३५
काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा महासचिवमा पराजित भएका सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित ...
पौष ३ गते, २०८२ - १५:२९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ उम्मेदवारका लागि मंसिर मसान्तसम्म कुल ...
पौष ३ गते, २०८२ - १५:२१
म्याग्दी। म्याग्दी र राहुघाट वेसिनका जलविद्युत् आयोजनाबाट उत्पादन हुुने विद्युतलाई केन्द्रीय प्रणालीमा आवद्ध गराउन सञ्चालन भएको डाडाखेत–राहुघाट प्रसार...
पौष ३ गते, २०८२ - १५:१२
काठमाडौँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले स्थानीय तहलाई काम गर्न कसैले रोक्न नसक्ने प्रष्ट पारेको छन् । ‘‘स्थानीय पालिका हरेक काम ...
पौष ३ गते, २०८२ - १५:०१
काठमाडौं। नेकपा (एमाले) को ११ औं महाधिवेशनमा सर्वाधिक मत ल्याएर तीन जना पदाधिकारी निर्वाचित भएको छन् । पहिलो सर्वाधिक मत ल्याएर पृथ्वीसुब्बा गुरुङ निर...




प्रतिकृया लेख्नुहोस्: