हेटौँडा। पश्चिम मकवानपुरको मनहरी गाउँपालिका ७ र ८ जोड्ने पक्की पुल बनाउँदा खारेज गरिएको पूर्व पश्चिम राजमार्गको जग्गा मिचेर बनाइएका १३ वटा घरटहरा भत्काइएको छ ।
मनहरी गाउँपालिका कार्यपालिका बैठकको निर्णय बमोजिम वडा ७ पुरानो बजारमा भएको सार्वजनिक जग्गा अतिक्रमणबारे सार्वजनिक सूचना जारी गरी घरटहराहरु भत्काउने क्रम सुरु भएको हो । कतिपय स्वयम् घरधनीले र कतिपय संरचना वडा कार्यालयले मेसिन प्रयोग गरी भत्काइएको ७ नं वडाध्यक्ष ठाकुरराम तितुङले बताए । पुरानो बजार क्षेत्रमा झण्डै ७० वटा घरहरु रहेका छन् ।
तत्कालीन पूर्व पश्चिम राजमार्ग निर्माण गर्दा मनहरी खोलामा पक्की पुल बन्नुअघि दक्षिणतर्फ स्लयाब ढलान बनाएर सवारी साधनहरु तार्ने प्रबन्ध गरिएको थियो । पछि पक्की पुल निर्माण भएपछि स्ल्याब ढलान क्षेत्र भएर जाने पुरानो बाटो बेवारिसे बन्दै गर्दा अतिक्रमण भएको हो ।
अतिक्रमण गरेर बनाइएको घर टहरालाई नक्सा बमोजिम खोजी गरी सफाई गरिएको र तत्कालै उक्त बाटो खण्डमा नाला निर्माणसहित बगैँचा र सिमेन्टका टायलहरु हाल्ने गरी बजेट व्यवस्थापन गरिएको वडाध्यक्ष तितुङले बताउनुभयो । सो कार्यका लागि सहरी विकास मन्त्रालयबाट १ करोड बिनियोजन भएको र उक्त बजेट ठेक्का प्रक्रियामार्फत कार्यान्वयनको क्रममा रहेको उनले जानकारी दिए ।
'हामीले अतिक्रमण हटाएर साइड क्लियर गरेका छौं', वडाध्यक्ष तितुङले भने, 'अब ठेकेदारले सुन्दर सडक बनाउने छ ।' अतिक्रमण हटाउने क्रममा अत्यन्तै बिपन्न स्थानीय अमरबहादुर बललाई वडा कार्यालयअघिको सामुदायिक भवनमा बासको व्यवस्थापन गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २९ गते, २०८३ - १२:५३
काठमाडौं । नेपाली कांग्रेसले सुधन गुरुङसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ। शुक्रबार प्रतिनिधिसभाको बैठकमा...
जेष्ठ २९ गते, २०८३ - १२:३७
काठमाडौं । नेपाली कांग्रेसले संसद्मा प्रश्न उठाउने सांसदप्रति अर्थमन्त्रीले प्रयोग गरेको अभिव्यक्तिलाई संसदीय मर्यादामाथिको अपमान भएको जनाएको छ। प्...
जेष्ठ २९ गते, २०८३ - १२:२०
काठमाडौं । विज्ञान तथा नवप्रवर्तन मन्त्री महावीर पुनले प्रदेश र स्थानीय सरकारलाई आफ्नो पुँजीगत खर्चको एक प्रतिशत रकम विज्ञान तथा नवप्रवर्तनमा विनियोजन...
जेष्ठ २९ गते, २०८३ - ११:५०
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले स्थानीयवासीलाई धाकधम...
जेष्ठ २९ गते, २०८३ - ११:३४
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न माग गरेको छ। प्रतिनिधिसभाको शुक्रबार...
जेष्ठ २९ गते, २०८३ - ११:२४
काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा रु पाँच हजार ३०० र चाँदी रु १९० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका...
जेष्ठ २९ गते, २०८३ - ११:१७
काठमाडौं । करका दर हेरफेर तथा त्यससम्बन्धी सूचना चुहावटको विषयमा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेमाथि प्रश्न उठिरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (...
जेष्ठ २९ गते, २०८३ - ११:०५
मुस्ताङ। मुस्ताङमा यात्रुबाहक बसले विपरीत दिशाबाट आएको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको रानीपौवाबा...
जेष्ठ २९ गते, २०८३ - १०:५४
हुम्ला। हुम्लाको सर्केगाड गाउँपालिका–६ बराईको भित्री सडक खन्ने क्रममा स्काभेटर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। बिहीबार राति करिब १२ बज...
जेष्ठ २९ गते, २०८३ - १०:४८
धनगढी। कैलालीको गोदावरी नगरपालिका–४ मा गोदावरी नदीले बगाउँदा शुक्रबार बिहान दुई महिलाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार तर्...



प्रतिकृया लेख्नुहोस्: