सुलीकोट। गोरखाको सिरान चोक गाउँपालिका – २ तारे पहरा अन्तर्गत पर्ने चित्रे पोखरी – भच्चेक सडक अनिश्चितकालका लागि बन्द भएको छ । गाउँपालिकाले सडक ढलान गर्न भन्दै चित्रे पोखरी – भच्चेक हुँदै सिरान डाँडासम्म पुग्ने सडक अर्को सूचना नआएसम्म लागि बन्द रहने सिरान चोक गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र गुरुङले जानकारी दिए।
उनका अनुसार गण्डकी प्रदेश अन्तर्गत पूर्वाधार कार्यकाल गोरखा मार्फत ५० लाख रुपैयाँ लागतमा १९५ घन मिटर सडक ढलान, २७ घन मिटर ग्याबिन जाली र नाली मर्मत गर्नु पर्ने भएकाले गोरखाको ऐतिहासिक तथा पर्यटकीय स्थल अजिरकोटको भच्चेक सडकमा सवारी आबगमनमा पुर्ण रूपमा बन्द गरिएकाले वैकल्पिक मार्गको खोजी गरी सवारी साधन सञ्चालन गर्न सिरान चोक गाउँपालिकाले आग्रह गरेको छ ।
गर्मी बढेसँगै सडक बाटो भएर भच्चेक पुग्ने आन्तरिक पर्यटकहरू अत्यधिक मात्रामा आवतजावत गर्ने मुख्य सडक बाटो भएकाले पनि सडक मर्मत गरी सुचारु गर्न लागिएको सिरान चोक गाउँपालिकाले जनाएको छ ।
अहिले गोरखा सदरमुकाम देखि अन्य जिल्लाबाट भच्चेक हुँदै सिरान डाँडा जाने यात्रुलाई केही दिनको लागि असहज भएता पनि केही दिन पछि कालोपत्रे सडकबाट भएर सिरान चोकको केराबारी, नयाँ बजार थालाजुङ हुँदै प्रसिद्ध पर्यटकीय स्थल भच्चेक सम्म आवतजावत गर्न सहज यात्रा बनाइने गाउँपालिकाले बिज्ञाप्तीमा भनिएको छ ।
गाउँपालिकाले भच्चेक जाने सडक ढलान हुने भएपछि उक्त सडक खण्डमा सवारी आवतजावतमा पुर्ण रुपमा रोक लगाई सवारी प्रयोगकर्ताहरूले वैकल्पिक मार्गको रूपमा चित्रे पोखरीबाट माथिल्लो पाम –राम्चे – चिलाउने हुँदै भच्चेक सडक बाटो प्रयोग गर्न पनि गाउँपालिकाले आग्रह गरेको छ । बाटोको कारण यात्रुलाई पर्न गएको असुविधा प्रति गाउँपालिका सचेत रहेको बताइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २९ गते, २०८३ - १३:१३
काठमाडौं । नेकपाका नेता वर्षमान पुनले बजेटसँग सम्बन्धित विधेयकमा मन्त्रिपरिषद्ले स्वीकृत गरिसकेपछि हेरफेर गरिएको विषय गम्भीर भएको भन्दै अर्थमन्त्रीमाथ...
जेष्ठ २९ गते, २०८३ - १२:५३
काठमाडौं । नेपाली कांग्रेसले सुधन गुरुङसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ। शुक्रबार प्रतिनिधिसभाको बैठकमा...
जेष्ठ २९ गते, २०८३ - १२:३७
काठमाडौं । नेपाली कांग्रेसले संसद्मा प्रश्न उठाउने सांसदप्रति अर्थमन्त्रीले प्रयोग गरेको अभिव्यक्तिलाई संसदीय मर्यादामाथिको अपमान भएको जनाएको छ। प्...
जेष्ठ २९ गते, २०८३ - १२:२०
काठमाडौं । विज्ञान तथा नवप्रवर्तन मन्त्री महावीर पुनले प्रदेश र स्थानीय सरकारलाई आफ्नो पुँजीगत खर्चको एक प्रतिशत रकम विज्ञान तथा नवप्रवर्तनमा विनियोजन...
जेष्ठ २९ गते, २०८३ - ११:५०
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले स्थानीयवासीलाई धाकधम...
जेष्ठ २९ गते, २०८३ - ११:३४
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न माग गरेको छ। प्रतिनिधिसभाको शुक्रबार...
जेष्ठ २९ गते, २०८३ - ११:२४
काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा रु पाँच हजार ३०० र चाँदी रु १९० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका...
जेष्ठ २९ गते, २०८३ - ११:१७
काठमाडौं । करका दर हेरफेर तथा त्यससम्बन्धी सूचना चुहावटको विषयमा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेमाथि प्रश्न उठिरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (...
जेष्ठ २९ गते, २०८३ - ११:०५
मुस्ताङ। मुस्ताङमा यात्रुबाहक बसले विपरीत दिशाबाट आएको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको रानीपौवाबा...
जेष्ठ २९ गते, २०८३ - १०:५४
हुम्ला। हुम्लाको सर्केगाड गाउँपालिका–६ बराईको भित्री सडक खन्ने क्रममा स्काभेटर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। बिहीबार राति करिब १२ बज...



प्रतिकृया लेख्नुहोस्: