काठमाडौँ । सत्तापक्षीय राजनीतिक दलको बुधबारको बैठकमा लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढीकरण गर्दै अर्थतन्त्रलाई लयमा ल्याउने र युवा पुस्तालाई आशा जगाउने खालका नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिइएको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा भएको बैठकमा विकास निर्माणलाई प्रभावकारी, समयबद्ध र उच्च प्राथमिकीकरण गरी स्रोतहरुको अपव्यय हुन नदिन जोड दिइएको बैठकमा सहभागी नेकपा (एमाले) का उप महासचिव प्रदीपकुमार ज्ञवालीले सञ्चारकर्मीलाई जानकारी दिए।
उनले युवा पुस्तालाई आशा जगाउन उद्यमशीलता, सीप विकास, स्टार्ट अप, व्यावसायिक विकास र बजार विस्तारको एकीकृत योजनासहितको कार्यक्रम ल्याउन आग्रह गरिएको छ । उपमहासचिव ज्ञवालीले अनावश्यक संरचना र फजुल खर्चलाई निर्ममतापूर्वक कटौती गर्न, सुशासन र कार्यदक्षता बढाउन र बाह्य सम्बन्धलाई सुदृढ गर्न सुझाव दिइएको छ ।
यही वैशाख १९ गते सङ्घीय संसद्को दुवै सदनमा राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्तुत हुने नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वानमा सत्तापक्षीय राजनीतिक दलको बैठक डाकेको हो ।
विद्यमान व्यवस्थामाथिको हमला र आक्रमणलाई सामूहिकरुपमा जवाफ दिने, बसाइँसराइलाई व्यवस्थित गर्न पहाड केन्द्रित कृषि र पशु विकासका कार्यक्रम अघि बढाउने गरी मेजर ब्रेक थ्रु गर्न त्यहीरुपमा बजेट ल्याउन नेताहरुले सरकारलाई आग्रह गरेका छन् ।
पत्रकारहरुको प्रश्नमा नेता ज्ञवालीले सरकार र आन्दोलनकारी शिक्षकहरुसँग वार्ता भइरहेको र चाँडै सहमति भई सामुदायिक विद्यालय सञ्चालनको वातावरण बन्ने विश्वास व्यक्त गरे ।
बैठकमा प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष ओलीसहित नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शङ्कर पोखरेल, उपमहासचिवहरु प्रदीपकुमार ज्ञवाली, विष्णुप्रसाद रिमाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, जनता समाजवादी पार्टीका अध्यक्ष अशोकुमार राईलगायत सहभागी थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २९ गते, २०८३ - १३:१३
काठमाडौं । नेकपाका नेता वर्षमान पुनले बजेटसँग सम्बन्धित विधेयकमा मन्त्रिपरिषद्ले स्वीकृत गरिसकेपछि हेरफेर गरिएको विषय गम्भीर भएको भन्दै अर्थमन्त्रीमाथ...
जेष्ठ २९ गते, २०८३ - १२:५३
काठमाडौं । नेपाली कांग्रेसले सुधन गुरुङसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ। शुक्रबार प्रतिनिधिसभाको बैठकमा...
जेष्ठ २९ गते, २०८३ - १२:३७
काठमाडौं । नेपाली कांग्रेसले संसद्मा प्रश्न उठाउने सांसदप्रति अर्थमन्त्रीले प्रयोग गरेको अभिव्यक्तिलाई संसदीय मर्यादामाथिको अपमान भएको जनाएको छ। प्...
जेष्ठ २९ गते, २०८३ - १२:२०
काठमाडौं । विज्ञान तथा नवप्रवर्तन मन्त्री महावीर पुनले प्रदेश र स्थानीय सरकारलाई आफ्नो पुँजीगत खर्चको एक प्रतिशत रकम विज्ञान तथा नवप्रवर्तनमा विनियोजन...
जेष्ठ २९ गते, २०८३ - ११:५०
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले स्थानीयवासीलाई धाकधम...
जेष्ठ २९ गते, २०८३ - ११:३४
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न माग गरेको छ। प्रतिनिधिसभाको शुक्रबार...
जेष्ठ २९ गते, २०८३ - ११:२४
काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा रु पाँच हजार ३०० र चाँदी रु १९० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका...
जेष्ठ २९ गते, २०८३ - ११:१७
काठमाडौं । करका दर हेरफेर तथा त्यससम्बन्धी सूचना चुहावटको विषयमा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेमाथि प्रश्न उठिरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (...
जेष्ठ २९ गते, २०८३ - ११:०५
मुस्ताङ। मुस्ताङमा यात्रुबाहक बसले विपरीत दिशाबाट आएको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको रानीपौवाबा...
जेष्ठ २९ गते, २०८३ - १०:५४
हुम्ला। हुम्लाको सर्केगाड गाउँपालिका–६ बराईको भित्री सडक खन्ने क्रममा स्काभेटर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। बिहीबार राति करिब १२ बज...



प्रतिकृया लेख्नुहोस्: