Khabar Dabali २९ जेष्ठ २०८३ शुक्रबार | 12th June, 2026 Fri
Investment bank

शिक्षकको सडक आन्दोलन आजबाट फिर्ता, निर्णयका लागि महासंघको बैठक बस्दै

खबरडबली संवाददाता

काठमाडौं । झण्डै १ महिना लामो शिक्षकहरुको सडक आन्दोलन आजबाट फिर्ता भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले शिक्षकहरुसँग भएको ९ बुँदे सहमतिलाई अनुमोदन गरेपछि नेपाल शिक्षक महासंघले काठमाडौंकेन्द्रित सडक आन्दोलन स्थगित गरेको हो।

बुधबार मन्त्रिपरिषद् बैठकले शिक्षकहरूसँगको सहमति कार्यान्वयन गर्ने निर्णय गरेको थियो। त्यस्तै प्रमुख सचेतकहरूसहितको बैठकबाट विद्यालय शिक्षा ऐन असार १५ गतेसम्म जारी गरिसक्ने सहमति पनि भएको थियो।

ुमन्त्रिपरिषदबाट सहमति कार्यान्वयन र संसदबाट ऐन जारी हुने भएपछि चैत २० गतेदेखि जारी सडक आन्दोलन रोक्ने सहमति भइसकेको नेपाल शिक्षक महासंघकी सहअध्यक्ष नानीमाया पराजुलीले बताइन्।

ऐन जारी नहुँदासम्म कसरी अगाडि बढ्ने भन्ने विषयमा निर्णय गर्न बिहीबार नै महासंघको बैठक बस्ने पराजुलीले बताइन्।

उनले शिक्षकहरू तत्कालै विद्यालय फर्कने कि पदाधिकारीसहितका दलीय घटकमा आबद्ध केही शिक्षकहरू काठमाडौंमै बस्ने भन्ने पनि बैठकले निर्क्योल गर्ने बताइन्।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बालसैनिक भर्ती गम्भीर मानव अधिकार उल्लंघन ठहर गर्दै कानुनी व्यवस्था गर्न सर्वोच्चको निर्देशन

काठमाडौं । सर्वोच्च अदालतले १८ वर्षमुनिका बालबालिकालाई सैन्य बलमा भर्ती गर्ने कार्यलाई गम्भीर मानव अधिकार उल्लंघनको श्रेणीमा राखी त्यसलाई दण्डनीय बनाउ...

संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको म्याद एक महिना थप

काठमाडौं । संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्न गठन गरिएको कार्यदलको समय थपिएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कार्यदलको म्याद एक महिना...

संसद्ले चाहेको खण्डमा प्रधानमन्त्री हटाउन सक्ने अधिकार छ: अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले संसदीय प्रणालीमा संसद्ले चाहेको खण्डमा प्रधानमन्त्री हटाउन सक्ने अधिकार रहने बताएका छन्। प्रतिनिधिसभाम...

रवीलाई भारतमा प्रधानमन्त्री वा राष्ट्रपतिलाई झैँ भव्य स्वागत गरिएको देखियो, यसको अर्थ के हो ? : बादल

रास्वपा पपुलिस्ट पार्टी हो, एआई र अल्गोरिदम प्रयोग गरेर जनतालाई भ्रमित बनायो

परराष्ट्रमन्त्री खनालको चीनको भ्रमणको ‍औपचारिक तालिका सार्वजनिक, वाङ यीसँग द्विपक्षीय वार्ता गर्ने

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल आउँदो आइतबारदेखि चार दिनका लागि चीन भ्रमणमा जाने भएका छन्। औपचारिक तालिकाअनुसार उनी जेठ ३१ गतेदेखि असार ३ गतेसम...

बालेन नेतृत्वको सरकार ६ महिनामै ढाल्न आन्दोलन गर्ने महेश बस्नेतको चेतावनी

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले बालेन शाह नेतृत्वको सरकार ढाल्ने गरी आन्दोलन गर्ने चेतावनी दिएका छन्। बागमती प्रदेश संगठन कमिटीको बैठकल...

२० वटा ऐन संशोधन गर्न सरकारले माग्यो सर्वसाधारणबाट राय

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा (विधायन ऐन, २०८१)’ मा सर्वसाधारणसमक्ष राय म...

गौतमबुद्ध र पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा सांसदहरूकोे जोड

काठमाडौँ । सांसदहरूले गौतमबुद्ध र पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा जोड दिएको छन् ।  अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा उनी...

अर्थमन्त्रीले गल्ती स्वीकारिसक्नुभयो, अब नैतिक रूपमा पदमा बसिरहन मिल्दैन: वर्षमान पुन

काठमाडौं । नेकपाका नेता वर्षमान पुनले बजेटसँग सम्बन्धित विधेयकमा मन्त्रिपरिषद्ले स्वीकृत गरिसकेपछि हेरफेर गरिएको विषय गम्भीर भएको भन्दै अर्थमन्त्रीमाथ...

सुधन गुरुङसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई कांग्रेसको ध्यानाकर्षण

काठमाडौं । नेपाली कांग्रेसले सुधन गुरुङसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ। शुक्रबार प्रतिनिधिसभाको बैठकमा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending