हुम्ला। जिल्ला अस्पताल हुम्लाका चिकित्सकले सात महिनादेखि तलब नपाएको गुनासो गरेका छन् ।
गत कात्तिक महिनादेखि जिल्ला अस्पताल हुम्लामा कार्यरत चार जना चिकित्सकले अस्पतालमा सेवा दिएबापत रकम नपाएको गुनासो गरेका हुन् ।
छात्रवृत्ति करारमा कार्यरत एमडिजिपी एक जना र मेडिकल अधिकृत तीन जना चिकित्सकले तलब नपाएको बताएका छन् । सङ्घीय सरकार र कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको लापर्बाहीका कारण उनीहरूले तलब नपाएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका सूचना अधिकारी नन्दबहादुर शाहीले जानकारी दिए ।
उनका अनुसार पटक पटक कर्णाली प्रदेश सरकारलाई अनुरोध गर्दा समेत सुनुवाइ नभएको हो । सात महिनादेखि तलब नपाउँदा व्यक्तिगत काममा खर्च तथा खटनपटन गर्नलाई निकै समस्या परेको जिल्ला अस्पताल हुम्लामा कार्यरत चिकित्सक एमडिजिपी हिमविक्रम शाहीले गुनासो गरे ।
तलब नआएकै कारण घरखर्चसमेत टार्न गाह्रो भएको दु:ख उनले व्यक्त गरे । कर्णाली प्रदेश सरकारको लाचारीपनले तलब नआउनुका साथै काम गर्ने जाँगर पनि घट्दै गएको उनले बताए ।
आफूसहित चार जना चिकित्सक गरेर हालसम्मको ३० लाख ६६ हजार ५२० रुपियाँ नपाएको शाहीले बताए। यसका लागि स्वास्थ्य सेवा कार्यालय हुम्लाले पटक पटक प्रदेश सरकारलाई अनुरोध गरेको थियो तर पनि स्वास्थ्य सेवा विभाग र सामाजिक विकास कार्यालयको लापर्बाहीका कारण कुनै सुनुवाइ नभएको सूचना अधिकारी शाहीको भनाइ छ ।
तलब नपाउने चिकित्सकमा मेडिकल अधिकृत छक्कबहादुर थापा, सर्जन सिंह, खरस्ती प्रजापति र एमडिजिपी हिमविक्रम शाही रहेको छन् । यसअघि मात्रै कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले जिल्ला अस्पताल हुम्लामै पुगेर समस्या समाधान गर्ने आश्वासन दिएको थिए ।
सामाजिक विकास मन्त्रालयका उपसचिव सुवर्ण खड्काले सो विषयमा सङ्घीय सरकारलाई पटक पटक अनुरोध गरेकाले वैशाख पहिलो साता सङ्घीय सरकारले तलब प्रदेशमा पठाएको भन्ने जानकारी गराए पनि प्रदेशको प्रणालीमा हालसम्म नदेखाएकाले तलब पठाउन नसकेको बताए। यसका लागि कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयलाई ताकिता लगाएको र अब छिट्टै समाधान हुने उनले जनाए।
केन्द्रको स्वास्थ्य मन्त्रालयले रकम पठाउने भएको र यसको अख्तियार आउनासाथ चिकित्सकले तलब पाउने आश्वासन कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २९ गते, २०८३ - १५:०६
काठमाडौं । सर्वोच्च अदालतले १८ वर्षमुनिका बालबालिकालाई सैन्य बलमा भर्ती गर्ने कार्यलाई गम्भीर मानव अधिकार उल्लंघनको श्रेणीमा राखी त्यसलाई दण्डनीय बनाउ...
जेष्ठ २९ गते, २०८३ - १५:००
काठमाडौं । संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्न गठन गरिएको कार्यदलको समय थपिएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कार्यदलको म्याद एक महिना...
जेष्ठ २९ गते, २०८३ - १४:४६
काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले संसदीय प्रणालीमा संसद्ले चाहेको खण्डमा प्रधानमन्त्री हटाउन सक्ने अधिकार रहने बताएका छन्। प्रतिनिधिसभाम...
जेष्ठ २९ गते, २०८३ - १४:३०
रास्वपा पपुलिस्ट पार्टी हो, एआई र अल्गोरिदम प्रयोग गरेर जनतालाई भ्रमित बनायो
जेष्ठ २९ गते, २०८३ - १४:१४
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल आउँदो आइतबारदेखि चार दिनका लागि चीन भ्रमणमा जाने भएका छन्। औपचारिक तालिकाअनुसार उनी जेठ ३१ गतेदेखि असार ३ गतेसम...
जेष्ठ २९ गते, २०८३ - १४:०४
काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले बालेन शाह नेतृत्वको सरकार ढाल्ने गरी आन्दोलन गर्ने चेतावनी दिएका छन्। बागमती प्रदेश संगठन कमिटीको बैठकल...
जेष्ठ २९ गते, २०८३ - १३:५६
काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा (विधायन ऐन, २०८१)’ मा सर्वसाधारणसमक्ष राय म...
जेष्ठ २९ गते, २०८३ - १३:३९
काठमाडौँ । सांसदहरूले गौतमबुद्ध र पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा जोड दिएको छन् । अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा उनी...
जेष्ठ २९ गते, २०८३ - १३:१३
काठमाडौं । नेकपाका नेता वर्षमान पुनले बजेटसँग सम्बन्धित विधेयकमा मन्त्रिपरिषद्ले स्वीकृत गरिसकेपछि हेरफेर गरिएको विषय गम्भीर भएको भन्दै अर्थमन्त्रीमाथ...
जेष्ठ २९ गते, २०८३ - १२:५३
काठमाडौं । नेपाली कांग्रेसले सुधन गुरुङसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ। शुक्रबार प्रतिनिधिसभाको बैठकमा...



प्रतिकृया लेख्नुहोस्: