जनकपुरधाम । जसपा नेपालकी केन्द्रीय सदस्य डा. बबी सिंह यादवले डान्स गर्दै पड्काएको पेस्तोल सर्लाहीको मलंगवामा बरामद भएको छ । मलंगवा नगरपालिका–२का अन्जनी कुमारको घरबाट पेस्तोल बरामद गरिएको हो ।
सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी सरोज राईले बरामद भएको पेस्तोल नक्कलीजस्तै देखिएको बताए । उनले भने, ‘त्यो पेस्तोल बरामद गरेर ल्याएका छौं । खेलौनाजस्तै देखिएको छ । अनुसन्धान भइरहेको छ ।’
पेस्तोल भेटिएको घरका घरधनी अन्जनीलाई जिल्ला प्रहरी कार्यालयमा सोधपुछ भइरहेको राईले बताए । उनका अनुसार अन्जनीले वसन्त कुमारको छोरी कोमल सुप्रियाको हल्दी रेशममा बबीले त्यो पेस्तोल बोकेर डान्स गरेको बयान दिएका छन् ।
यता नेतृ डा। बबीलाई जिल्ला प्रहरी कार्यालय सप्तरीमा बोलाएर अनुसन्धान थालिएको छ । सप्तरीका प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले नेतृ बबीसँग बयान लिएको र अहिले कागज गराउन लागेको बताए ।
उनले कागज गरेर तत्कालका लागि नेतृ बबीलाई छाड्ने जानकारी दिए । एसपी खतिवडाले भने, ‘पेस्तोल नक्कली हो कि सक्कली भन्ने कुरा परीक्षण नगरी भन्न सकिँदैन । हामी टेक्निकल मान्छे त होइन । सर्लाहीमा बरामद पेस्तोल परीक्षणका लागि विधि विज्ञान काठमाडौं पठाइन्छ । त्यसको रिपोर्ट आएपछि बाँकी कुरा हुन्छ ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - १०:५५
मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...
पौष २ गते, २०८२ - ०९:४६
विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु
पौष २ गते, २०८२ - ०९:४३
काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...
पौष २ गते, २०८२ - ०९:३९
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...
पौष २ गते, २०८२ - ०९:३८
पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...
पौष २ गते, २०८२ - ०९:३४
काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...
पौष २ गते, २०८२ - ०९:३०
सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...
पौष २ गते, २०८२ - ०९:२८
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि महान फुटबलर पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ नेतृ...
पौष २ गते, २०८२ - ०९:२४
काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धा स्वस्थ र स्वच्छ रहेको बताएका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूस...
पौष २ गते, २०८२ - ०९:१५
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवा...




प्रतिकृया लेख्नुहोस्: