Khabar Dabali २९ जेष्ठ २०८३ शुक्रबार | 12th June, 2026 Fri
Investment bank

बैतडीमा कक्षा १२ को परीक्षाको तयारी पूरा, १९ वटा केन्द्र निर्धारण

खबरडबली संवाददाता

बैतडी। शिक्षक आन्दोलनका कारण राष्ट्रिय परिक्षा बोर्डले वैशाख २१ गतेदेखि सारेको कक्षा १२ को परीक्षाको सबै तयारी पूरा भएको छ ।

कक्षा १२ को परीक्षाका लागि यस वर्ष बैतडीमा १९ वटा केन्द्र निर्धारण गरिएको छ । जिल्लामा ६५ वटा १२ कक्षा पढाइ हुने माध्यमिक तहका विद्यालय छन् । नियमित तर्फका लागि १८ वटा र २०५७ सालयता छुटेका विद्यार्थीका लागि दशरथचन्द नगरपालिका ४ शाहिलेकस्थित बीरेन्द्र माविमा एउटा गरी १९ वटा परीक्षा केन्द्र राखिएको शिक्षा विकास तथा समन्वय इकाई बैतडीका प्रमुख नरेन्द्र प्रसाद अवस्थीले बताए।

यस वर्ष जिल्लाभर चार हजार छ सय १३ जना विद्यार्थी १२ कक्षाको परीक्षामा सहभागी हुने इकाई प्रमुख अवस्थीले बताए। गत वर्ष बैतडीमा चार हजार आठ सय पचपन्न जना परीक्षामा सहभागी भएको थिए ।

यसअघि बोर्डले कक्षा १२ को परीक्षा गत वैशाख ११ गतेदेखि गर्ने निर्धारण गरेको थियो । नेपाल शिक्षक महासङ्घको आन्दोलनका कारण परीक्षाको मिति सारिएको थियो ।

परीक्षा मार्यादित र व्यवस्थित बनाउन जिल्लाका १९ वटै केन्द्रमा तीन सय जना कर्मचारी खटाइएको इकाई प्रमुख प्रमुख अवस्थीले बताए । बिहान ८ बजेबाट जेठ २ गतेसम्म परीक्षा सञ्चालन हुने तालिका छ ।

देशभर १५ सय ९० परीक्षा केन्द्रबाट करिब पाँच लाख पचास हजार विद्यार्थी आइतबारदेखि हुने परीक्षामा सहभागी हुने छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुस्तामा भारतीय सुरक्षाकर्मी प्रवेशपछि सरकारले भन्यो: आवश्यक कदम चालिनेछ

काठमाडौं । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी ९एसएसबी० प्रवेश गरेपछि उत्पन्न विवादबारे सरकारले आवश्यक कदम चाल्ने जनाएको छ। शुक्...

लेखामान बोर्डको अध्यक्षमा रमेशकुमार धिताल मनोनित

काठमाडौं । सरकारले लेखामान बोर्डको अध्यक्षमा रमेशकुमार धिताललाई मनोनयन गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले धिताललाई लेखामान बोर्डको अध्यक्...

रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

काठमाडौं । सरकारले २०५२ सालमा पेस भएको सरकारी तथा सार्वजनिक जग्गा छानबिन तथा संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन कार्यान्वयनमा लै...

काभ्रेको बुच्चाकोटमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु, १५ जना घाइते

काठमाडौं । बीपी राजमार्गअन्तर्गत काभ्रेको बुच्चाकोटमा सवारी दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। काभ्रेका डीएसपी रवीन विष्टका अनुसार दुर्घटनामा ...

बालसैनिक भर्ती गम्भीर मानव अधिकार उल्लंघन ठहर गर्दै कानुनी व्यवस्था गर्न सर्वोच्चको निर्देशन

काठमाडौं । सर्वोच्च अदालतले १८ वर्षमुनिका बालबालिकालाई सैन्य बलमा भर्ती गर्ने कार्यलाई गम्भीर मानव अधिकार उल्लंघनको श्रेणीमा राखी त्यसलाई दण्डनीय बनाउ...

संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको म्याद एक महिना थप

काठमाडौं । संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्न गठन गरिएको कार्यदलको समय थपिएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कार्यदलको म्याद एक महिना...

संसद्ले चाहेको खण्डमा प्रधानमन्त्री हटाउन सक्ने अधिकार छ: अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले संसदीय प्रणालीमा संसद्ले चाहेको खण्डमा प्रधानमन्त्री हटाउन सक्ने अधिकार रहने बताएका छन्। प्रतिनिधिसभाम...

रवीलाई भारतमा प्रधानमन्त्री वा राष्ट्रपतिलाई झैँ भव्य स्वागत गरिएको देखियो, यसको अर्थ के हो ? : बादल

रास्वपा पपुलिस्ट पार्टी हो, एआई र अल्गोरिदम प्रयोग गरेर जनतालाई भ्रमित बनायो

परराष्ट्रमन्त्री खनालको चीनको भ्रमणको ‍औपचारिक तालिका सार्वजनिक, वाङ यीसँग द्विपक्षीय वार्ता गर्ने

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल आउँदो आइतबारदेखि चार दिनका लागि चीन भ्रमणमा जाने भएका छन्। औपचारिक तालिकाअनुसार उनी जेठ ३१ गतेदेखि असार ३ गतेसम...

बालेन नेतृत्वको सरकार ६ महिनामै ढाल्न आन्दोलन गर्ने महेश बस्नेतको चेतावनी

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले बालेन शाह नेतृत्वको सरकार ढाल्ने गरी आन्दोलन गर्ने चेतावनी दिएका छन्। बागमती प्रदेश संगठन कमिटीको बैठकल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending