ढोरपाटन। बागलुङ नगरपालिका–१३ काभ्रेडाँडामा ‘एक घर, एक धारा’ निर्माण भएको छ । लामो समयदेखि खानेपानीको समस्या हुँदै आएको यस गाउँमा करिब १०० मिटर तल रहेको फुस्रेखोलाबाट लिफ्टिङमार्फत पानी ल्याई एक घर, एक धारा निर्माण गरिएको हो । घर–घरमा धारा बनेपछि स्थानीयवासी खुसी भएका छन् ।
लिफ्टिङमार्फत पानी तानेर गाउँमा छ हजार र आठ हजार लिटरको दुई वटा धारा ट्याङ्की निर्माण गरी गाउँमा पानी वितरण गरिएको छ । बागलुङ नगरपालिकाको आठ लाख ८४ हजार ६९०, नेपाल स्वास्थ्यका लागि पानी ९नेवा०को ११ लाख ७३ हजार ५० र जन श्रमदान चार लाख दुई हजार ९६० गरी कुल २४ लाख ६० हजार ७०० लागतमा एक घर एक धार निर्माण भएको हो ।
नेपाल स्वास्थ्यका लागि पानी (नेवा) बागलुङका कार्यक्रम अधिकृत विनोद कोइरालाले यस गाउँमा लामो समयदेखि खानेपानीको चरम अभाव हुँदा बागलुङ नगरपालिकासँगको सहकार्यमा एक घर, एक धारा निर्माण गरेको बताए। गत साउन १५ गतेदेखि सुरु भएको योजना यही वैशाख १५ गते सकिएको सम्पन्न भएको उहाँको भनाइ छ । २१ घरमा धारा जडान गरेपछि अहिले पानी आउन थालेको कोइराला बताउछन् ।
उनले भने, “यो गाउँमा धेरै पहिलेदेखि नै खाने पानीको समस्या रहेछ, अहिले हरेकको घरमा धारा बनेका छन्, लामो समय खाने पानीको अभाव भोगेका स्थानीय अहिले खुसी भएका छन्, निकै मेहनतका साथ जनश्रमदान पनि गरे, लिफ्टिङमार्फत पानी तानेर गाउँमा पुर्याएका छौँ, अब त्यहाँका स्थानीयले पहिलेको जस्तो समस्या भोग्नुपर्ने छैन ।”
काभ्रेडाँडा लिफ्ट खानेपानी आयोजानकी कोषाध्यक्ष मनरूपा देवी रिजालले गाउँ खानेपानीको हाहाकार हुँदा दैनिकी प्रभावित हुने गरेको बताए। करिब एक दशकदेखि गाउँका तीन वटा सार्वजनिक धाराबाट पानी उपभोग गर्दै आएको उहाँको भनाइ छ । विहानमा मात्रै धारामा पानी आउँदा दुई दिनका लागि भरेर राख्नुपर्ने समस्या भोगेको भन्दै घर–घरमा धारा बनेपछि दैनिकी नै फेरिन थालेको उनले बताए ।
“यो गाउँको सबैभन्दा ठुलो समस्या खानेपानी थियो, यसपाली बल्ल समाधान भयो, जनश्रमदान पनि गर्यौँ, नगरपालिका र नेवाले ठुला सहयोग गरे, यसभन्दा अगाडि तीन वटा धाराबाट गाउँभरीका मान्छेले पानी भर्नुपथ्र्यो” उनले ने, “बिहानमा एकछिन मात्रै पानी आउँथ्यो, त्यही पनि नियमित हुँदैन्थ्यो, बारीमा तरकारी लगानउन, वस्तुभाउलाई खुवाउन र सरसफाइमा निकै समस्या थियो, अब त पानी घरमै आयो धेरै सजिलो हुने भयो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २९ गते, २०८३ - १६:००
काठमाडौं । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी ९एसएसबी० प्रवेश गरेपछि उत्पन्न विवादबारे सरकारले आवश्यक कदम चाल्ने जनाएको छ। शुक्...
जेष्ठ २९ गते, २०८३ - १५:५०
काठमाडौं । सरकारले लेखामान बोर्डको अध्यक्षमा रमेशकुमार धिताललाई मनोनयन गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले धिताललाई लेखामान बोर्डको अध्यक्...
जेष्ठ २९ गते, २०८३ - १५:२३
काठमाडौं । सरकारले २०५२ सालमा पेस भएको सरकारी तथा सार्वजनिक जग्गा छानबिन तथा संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन कार्यान्वयनमा लै...
जेष्ठ २९ गते, २०८३ - १५:१३
काठमाडौं । बीपी राजमार्गअन्तर्गत काभ्रेको बुच्चाकोटमा सवारी दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। काभ्रेका डीएसपी रवीन विष्टका अनुसार दुर्घटनामा ...
जेष्ठ २९ गते, २०८३ - १५:०६
काठमाडौं । सर्वोच्च अदालतले १८ वर्षमुनिका बालबालिकालाई सैन्य बलमा भर्ती गर्ने कार्यलाई गम्भीर मानव अधिकार उल्लंघनको श्रेणीमा राखी त्यसलाई दण्डनीय बनाउ...
जेष्ठ २९ गते, २०८३ - १५:००
काठमाडौं । संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्न गठन गरिएको कार्यदलको समय थपिएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कार्यदलको म्याद एक महिना...
जेष्ठ २९ गते, २०८३ - १४:४६
काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले संसदीय प्रणालीमा संसद्ले चाहेको खण्डमा प्रधानमन्त्री हटाउन सक्ने अधिकार रहने बताएका छन्। प्रतिनिधिसभाम...
जेष्ठ २९ गते, २०८३ - १४:३०
रास्वपा पपुलिस्ट पार्टी हो, एआई र अल्गोरिदम प्रयोग गरेर जनतालाई भ्रमित बनायो
जेष्ठ २९ गते, २०८३ - १४:१४
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल आउँदो आइतबारदेखि चार दिनका लागि चीन भ्रमणमा जाने भएका छन्। औपचारिक तालिकाअनुसार उनी जेठ ३१ गतेदेखि असार ३ गतेसम...
जेष्ठ २९ गते, २०८३ - १४:०४
काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले बालेन शाह नेतृत्वको सरकार ढाल्ने गरी आन्दोलन गर्ने चेतावनी दिएका छन्। बागमती प्रदेश संगठन कमिटीको बैठकल...



प्रतिकृया लेख्नुहोस्: