Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

लिफ्टिङमार्फत काभ्रेगाउँमा ‘एक घर, एक धारा’

खबरडबली संवाददाता

ढोरपाटन।  बागलुङ नगरपालिका–१३ काभ्रेडाँडामा ‘एक घर, एक धारा’ निर्माण भएको छ । लामो समयदेखि खानेपानीको समस्या हुँदै आएको यस गाउँमा करिब १०० मिटर तल रहेको फुस्रेखोलाबाट लिफ्टिङमार्फत पानी ल्याई एक घर, एक धारा निर्माण गरिएको हो । घर–घरमा धारा बनेपछि स्थानीयवासी खुसी भएका छन् । 

लिफ्टिङमार्फत पानी तानेर गाउँमा छ हजार र आठ हजार लिटरको दुई वटा धारा ट्याङ्की निर्माण गरी गाउँमा पानी वितरण गरिएको छ । बागलुङ नगरपालिकाको आठ लाख ८४ हजार ६९०, नेपाल स्वास्थ्यका लागि पानी ९नेवा०को ११ लाख ७३ हजार ५० र जन श्रमदान चार लाख दुई हजार ९६० गरी कुल २४ लाख ६० हजार ७०० लागतमा एक घर एक धार निर्माण भएको हो ।

नेपाल स्वास्थ्यका लागि पानी (नेवा) बागलुङका कार्यक्रम अधिकृत विनोद कोइरालाले यस गाउँमा लामो समयदेखि खानेपानीको चरम अभाव हुँदा बागलुङ नगरपालिकासँगको सहकार्यमा एक घर, एक धारा निर्माण गरेको बताए। गत साउन १५ गतेदेखि सुरु भएको योजना यही वैशाख १५ गते सकिएको सम्पन्न भएको उहाँको भनाइ छ । २१ घरमा धारा जडान गरेपछि अहिले पानी आउन थालेको कोइराला बताउछन् । 

उनले भने, “यो गाउँमा धेरै पहिलेदेखि नै खाने पानीको समस्या रहेछ, अहिले हरेकको घरमा धारा बनेका छन्, लामो समय खाने पानीको अभाव भोगेका स्थानीय अहिले खुसी भएका छन्, निकै मेहनतका साथ जनश्रमदान पनि गरे, लिफ्टिङमार्फत पानी तानेर गाउँमा पुर्‍याएका छौँ, अब त्यहाँका स्थानीयले पहिलेको जस्तो समस्या भोग्नुपर्ने छैन ।”

काभ्रेडाँडा लिफ्ट खानेपानी आयोजानकी कोषाध्यक्ष मनरूपा देवी रिजालले गाउँ खानेपानीको हाहाकार हुँदा दैनिकी प्रभावित हुने गरेको बताए। करिब एक दशकदेखि गाउँका तीन वटा सार्वजनिक धाराबाट पानी उपभोग गर्दै आएको उहाँको भनाइ छ । विहानमा मात्रै धारामा पानी आउँदा दुई दिनका लागि भरेर राख्नुपर्ने समस्या भोगेको भन्दै घर–घरमा धारा बनेपछि दैनिकी नै फेरिन थालेको उनले बताए ।

“यो गाउँको सबैभन्दा ठुलो समस्या खानेपानी थियो, यसपाली बल्ल समाधान भयो, जनश्रमदान पनि गर्‍यौँ, नगरपालिका र नेवाले ठुला सहयोग गरे, यसभन्दा अगाडि तीन वटा धाराबाट गाउँभरीका मान्छेले पानी भर्नुपथ्र्यो” उनले ने, “बिहानमा एकछिन मात्रै पानी आउँथ्यो, त्यही पनि नियमित हुँदैन्थ्यो, बारीमा तरकारी लगानउन, वस्तुभाउलाई खुवाउन र सरसफाइमा निकै समस्या थियो, अब त पानी घरमै आयो धेरै सजिलो हुने भयो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रपतिसमक्ष राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन पेस

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन पेस भएको छ ।  प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद् अध्यक्ष सुश...

समावेशी विकासमा सरकारले काम गरिरहेको छ: प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री तथा आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका अध्यक्ष सुशीला कार्कीले देशको समावेशी विकासमा सरकारले काम गरिरहेको बताएको छि...

निवर्तमान काँग्रेस सांसद चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभाका सांसद सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर भएको छ। ...

गृहमन्त्रीद्वारा जेनजी आन्दोलनमा मारिएका अमृत गुरुङको परिवारसँग भेट

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार जेनजी आन्दोलनमा मारिनुभएका प्रहरी हवल्दार अमृत गुरुङको परिवारसँग भेट गरेको छन् ।  कास्कीको रुपा गाउँप...

म केपी ओलीसँग टाढा भएको छैन, उहाँ डुब्दा म पनि डुब्छु: गोकुल बास्कोटा

काठमाडौँ। नेकपा (एमाले)का पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले पार्टीको ११ औँ महाधिवेशनले एकताबद्ध एमाले बनाउने बताएको छन्। आइतबार पार्टीको ११ औँ महा...

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो, चार अर्ब कारोबार

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कले घटेको छ। आज नेप्से परिसूचक १२ दशमलव ५० अङ्कले घटेर दुई हजार ५९४ दशमलव ८७ को बिन्दुमा क...

भृकुटीमण्डपमा एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौँ। नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको छ। केन्द्रीय कमिटीको बैठक लम्बिदा बन्द सत्रको समय पटक–...

बाँकेको नौबस्ता बाल सुधार गृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

नेपालगन्ज। जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौवस्ता बाल सुधार गृहबाट भागेका ३८ जना बालबन्दीलाई पक्राउ गरिएको छ ।  नौबस्स्ता...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौँ। नेकपा (एमाले)का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी नदिने घोषणा ...

कांग्रेसले किन बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक ?

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ । पार्टी कार्यालय सानेपामा सोमबार बिहान ९ बजेका लागि बोलाइएको पूर्वकेन्द्रीय तथा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending