काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएका नीति तथा कार्यक्रम सही भएको दाबी गरेका छन् ।
शनिबार बालुवाटारमा आयोजित एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले विपक्षीको विरोधलाई गम्भीरतापूर्वक नलिन आफ्ना सांसदहरूलाई निर्देशन दिएका छन्।उनले विपक्षीले सही कुराको विरोध गरे पनि त्यस्तो विरोध उनीहरूको नाममा भविष्यसम्म रेकर्ड हुने र पछिल्लो पुस्ताले समेत त्यसको मूल्यांकन गर्ने जिकिर गरे।“हाम्रा नीतिहरू सही छन्, ढुक्क भएर अगाडि बढ्नुस्। विपक्षीले जे गरे पनि विरोध गर्नैपर्छ भन्ने ठान्छन्, कुनै एक बुँदा पनि समर्थन गर्दैनन्, गलत बोलेको कुरा रेकर्डबाट हटाउनु हुँदैन, किनभने पछिल्ला पुस्ताले हाम्रा पुर्खाले के बोले भनेर थाहा पाउनुपर्छ,” उनले थपे।
प्रधानमन्त्री ओलीले सरकारले हालै प्रस्तुत गरेको नीति तथा कार्यक्रमको छलफलमा सांसदहरूलाई गहन अध्ययन गरी स्पष्ट र बलियो ढंगले प्रस्तुत हुन आग्रह गरे। “बोल्दा कुनै चिप्लिने कुरा नहोस्, बुँदाहरू लेखेर जाँदा कुनै कुरा छुट्दैन र व्याख्या गर्न सजिलो हुन्छ,” उनले भने।
उनले संसदमा विपक्षीले उठाउने गलत कुराको तत्काल प्रतिवाद गर्न तयारीका साथ प्रस्तुत हुनुपर्नेमा पनि जोड दिए।
एमालेको संसदीय दल आकार र विचार दुवै हिसाबले बलियो रहेको बताउँदै ओलीले सांसदहरूलाई संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिए। “हाम्रो दल मुद्दा र विचारमा पनि ठूलो छ, त्यसैले हरेक कुरा स्पष्ट र तथ्यपूर्ण ढंगले राख्नुपर्छ,” उनले भने।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २९ गते, २०८३ - १६:००
काठमाडौं । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी ९एसएसबी० प्रवेश गरेपछि उत्पन्न विवादबारे सरकारले आवश्यक कदम चाल्ने जनाएको छ। शुक्...
जेष्ठ २९ गते, २०८३ - १५:५०
काठमाडौं । सरकारले लेखामान बोर्डको अध्यक्षमा रमेशकुमार धिताललाई मनोनयन गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले धिताललाई लेखामान बोर्डको अध्यक्...
जेष्ठ २९ गते, २०८३ - १५:२३
काठमाडौं । सरकारले २०५२ सालमा पेस भएको सरकारी तथा सार्वजनिक जग्गा छानबिन तथा संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन कार्यान्वयनमा लै...
जेष्ठ २९ गते, २०८३ - १५:१३
काठमाडौं । बीपी राजमार्गअन्तर्गत काभ्रेको बुच्चाकोटमा सवारी दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। काभ्रेका डीएसपी रवीन विष्टका अनुसार दुर्घटनामा ...
जेष्ठ २९ गते, २०८३ - १५:०६
काठमाडौं । सर्वोच्च अदालतले १८ वर्षमुनिका बालबालिकालाई सैन्य बलमा भर्ती गर्ने कार्यलाई गम्भीर मानव अधिकार उल्लंघनको श्रेणीमा राखी त्यसलाई दण्डनीय बनाउ...
जेष्ठ २९ गते, २०८३ - १५:००
काठमाडौं । संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्न गठन गरिएको कार्यदलको समय थपिएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कार्यदलको म्याद एक महिना...
जेष्ठ २९ गते, २०८३ - १४:४६
काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले संसदीय प्रणालीमा संसद्ले चाहेको खण्डमा प्रधानमन्त्री हटाउन सक्ने अधिकार रहने बताएका छन्। प्रतिनिधिसभाम...
जेष्ठ २९ गते, २०८३ - १४:३०
रास्वपा पपुलिस्ट पार्टी हो, एआई र अल्गोरिदम प्रयोग गरेर जनतालाई भ्रमित बनायो
जेष्ठ २९ गते, २०८३ - १४:१४
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल आउँदो आइतबारदेखि चार दिनका लागि चीन भ्रमणमा जाने भएका छन्। औपचारिक तालिकाअनुसार उनी जेठ ३१ गतेदेखि असार ३ गतेसम...
जेष्ठ २९ गते, २०८३ - १४:०४
काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले बालेन शाह नेतृत्वको सरकार ढाल्ने गरी आन्दोलन गर्ने चेतावनी दिएका छन्। बागमती प्रदेश संगठन कमिटीको बैठकल...



प्रतिकृया लेख्नुहोस्: