काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले राजावादीहरुलाई चोरको संज्ञा दिएका छन् । आज (शनिबार) पार्टीनिकट आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले राजावादीहरुले आफूहरुको कम्प्युटर र प्रिन्टर नै चोरेर लगेको बताएका हुन् ।
गत चैत १५ गते राजावादी समूहले तीनकुनेमा आयोजना गरेको प्रदर्शनको प्रसंग उल्लेख गर्दै अध्यक्ष नेपालले समाजवादी मोर्चाको आन्दोलनले उनीहरुको मनोबल नै गिराइदिएको बताए । पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले राजावादीहरुको मनोबल गिरेपनि खतरा भने बाँकी नै रहेको बताए । वर्तमान व्यवस्थालाई सिध्याउने नभएर यसलाई समुन्नत बनाएर लगिनुपर्ने बताए । व्यवस्थालाई जोगाउन र यसलाई समुन्नत बनाउन एकीकृत समाजवादीले उल्लेखनीय भूमिका निर्वाह गरेको उनले बताए ।
‘चोरहरु, चोरी गर्नेहरु, हाम्रो पनि कम्प्युटर र प्रिन्टर चोरेर लगिदिए । त्यो हामीले पुष्टि गरिदियौं र आज उनीहरुको मनोबल गिरेको छ । तर पनि खतरा बाँकी नै छ । यो खतरा बाँकी भएको हुनाले गणतन्त्रका पक्षधरहरु फेरि मिल्नुपर्छ ।
गणतन्त्र जोगाउने शक्तिहरुको बीचमा एक राय हुनुपर्छ । यो व्यवस्थालाई सिध्याउने होइन, अझै समुन्नत गर्ने । मान्छे खराब भयो भने खराबी पो हटाउने हो त, मान्छे मारिदिने होइन नि । त्यसो भएको हुनाले पनि हाम्रो पार्टीले भूमिका खेलेको छ,’ उनले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - २०:१५
काठमाडाैँ । यो वर्ष ‘कठोर र गैरजिम्मेवार’ सहायता कटौतीको लहरले शरणार्थीहरूलाई अनावश्यक पीडा दिएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । सहायता कटौति शर...
मंसिर ३० गते, २०८२ - २०:११
जनकपुरधाम । मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा नेपालको संविध...
मंसिर ३० गते, २०८२ - २०:०६
काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको मतदान समय सरेको छ । एमाले ११औँ महाधिवेशनका केन्द्रीय सचिव डा. कुन्साङ लामाले सोमबार साँझ प्र...
मंसिर ३० गते, २०८२ - २०:०१
सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा सोमबार दिउँसो आगलागीबाट ठुलो क्षेत्रफलमा लगाइएको उखु जलेको छ । विद्युतको तार सर्ट भएर मुना चौधरीक...
मंसिर ३० गते, २०८२ - १९:०७
काठमाडौँ । ‘च्याउ खाऔँ, स्वस्थ्य बनौँ’, ‘स्वस्थ्य जीवनको आहार च्याउ’ भन्ने नारासहित च्याउखेती गर्दै आएका ललितपुरको गोदावरी नगरपालिका–११, सेराफाँटका कृ...
मंसिर ३० गते, २०८२ - १९:०४
काठमाडौँ । पछिल्लाे २४ घण्टामा आगलागीमा परी दुई जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला २४ घ...
मंसिर ३० गते, २०८२ - १९:०२
कैलाली । कैलाली जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको ‘सर्च एण्ड स्विप अपरेशन’का क्रममा ३४२ फरार प्रतिवादीलाई पक्राउ गरिएको छ । जिल्ला अदालतले विभ...
मंसिर ३० गते, २०८२ - १८:५९
काठमाडाैँ । बङ्गलादेशका भूतपूर्व प्रधानमन्त्री शेख हसिनाको प्रतिबन्धित पार्टीलाई बढावा दिएको र ‘राज्य विरोधी गतिविधि’ गरेको आरोपमा यहाँका एक वरिष्ठ पत...
मंसिर ३० गते, २०८२ - १८:१३
बैङ्कक । थाइल्यान्डमा आगामी फेब्रुअरी-८ मा आम चुनावको मिती तय भएको थाइ निर्वाचन आयोगले सोमबार जनाएको छ । चुनावका लागि दलले यस वर्षको अन्त्य अघि प्रधान...
मंसिर ३० गते, २०८२ - १८:०९
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको लागि एक सय ६५ निर्वाचन क्षेत्रका सबैजसो वडामा क्रियाशील सदस्यता फाराम वितरण भइरहेको छ । कांग्रेस केन्...




प्रतिकृया लेख्नुहोस्: