Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

सरकारले कालोबजारी रोक्ने व्यवस्था अध्यादेश ल्याएर ऐनबाटै हटायो

अहिले कार्टेलिङ र सिन्डिकेट नियन्त्रण गर्ने नीति सुनायो !

खबरडबली संवाददाता

काठमाडौं । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सरकारले कार्टेलिङ र सिन्डिकेट नियन्त्रण गर्ने नीति पनि समेटेको छ । तर, यही सरकार, जसले चार महिनाअघि कालोबजारी रोक्ने व्यवस्थालाई अध्यादेश ल्याएर ऐनबाटै हटाएको थियो । कालोबजारी रोक्ने कानुनी रिक्तताको फाइदा लुट्दै उद्योगीले रड तथा सिमेन्टको मूल्य निरन्तर बढाइरहेका छन् । 

सरकारले २९ पुसमा अध्यादेशमार्फत ‘कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२’ मा संशोधन गरेको थियो । उक्त संशोधन संसद्बाट पारित गरेर राष्ट्रपतिबाट प्रमाणितसमेत भइसकेको छ । मूल ऐनमा वस्तु बिक्रीबाट २० प्रतिशतभन्दा बढी नाफा लिन नपाउने र ऐनविपरीत नाफा लिएको प्रमाणित भए पाँच वर्षसम्म जेल वा जरिवाना वा दुवै सजाय व्यवस्था गरिएको थियो ।

ऐनमा रहेको यही प्रावधानका कारण बढी नाफा लिने उद्योगी–व्यवसायीलाई कारबाही गरेर महँगी नियन्त्रण हुँदै आएको थियो । तर, सरकारले अध्यादेशमार्फत ऐनमा रहेको सोही व्यवस्था खारेज गरेपछि ठुला उद्योगीले सिमेन्ट, डन्डीलगायत वस्तु बिक्रीमा कृत्रिम मूल्यवृद्धि गर्दै आएका छन् । उद्योगमन्त्री स्वयंले ऐनको अभाव देखाउँदै उद्योगीलाई कारबाही गर्न नसक्ने निरीह जवाफ दिने गरेका छन् । 

कानुनी व्यवस्था नै हटाएको सरकारले ल्याएको आगामी आर्थिक वर्ष ०८२/८३ को नीति तथा कार्यक्रमको बुँदा नम्बर ५२ मा भनिएको छ, ‘कालोबजारी, सिन्डिकेट, कार्टेलिङ आदि नियन्त्रण गरी बजारलाई स्वच्छ, प्रतिस्पर्धी र उपभोक्तामैत्री बनाइनेछ ।’ तर, भएको व्यवस्था खारेज गरेर उद्योगीको पक्षपोषण गरिरहेको सरकारले मूल्य नियन्त्रण गरेर उपभोक्तालाई राहत दिन्छ भनेर पत्याउने आधार नभएको उपभोक्ता अधिकारकर्मीहरू बताउँछन् । 

‘कालोबजारी ऐनमा रहेको २० प्रतिशतभन्दा बढी नाफा लिन नपाउने व्यवस्था खारेज गर्नु नै उपभोक्तामाथिको अपराध हो,’ उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिना भन्छन्, ‘आउँदा दिनमा जति नै राम्रा नीति लिए पनि कालोबजारी ऐनमा रहेको पुरानो नीतिको ठाउँ लिन गाह्रो छ । बढी नाफा लिन नपाउने ऐनको अभावमा उद्योगीले अहिले मनपरी नाफा लिइरहेका छन् ।’ 

ऐनमा भएको व्यवस्था संशोधनपछि उद्योगीले तोकेको मूल्यलाई नै अंकित मूल्य मान्नुपर्ने अवस्था रहेको अनुगमनकारी निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमारप्रसाद दाहालले बताए । ‘विद्यमान ऐन–कानुनअनुसार उत्पादकले जुन मूल्य तोक्छन्, त्यसलाई नै अन्तिम मूल्य मान्नुपर्ने अवस्था छ,’ दाहालले भने, ‘उद्योगीको तोकेको वस्तुको मूल्यमा नियमन गर्ने अधिकार छैन ।’

कालोबजारीसम्बन्धी व्यवस्था नै हटेपछि विभागले अहिले उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार बजार अनुगमन गरिरहेको छ । सो ऐनले उत्पादकले तोकेको मूल्यलाई नै अन्तिम मूल्य मान्नुपर्ने व्यवस्था छ । त्यसैले विभागले अहिले उद्योगबाट तोकिएको अधिकतम खुद्रा मूल्य (एमआरपी) कार्यान्वयनका लागि सक्रियता देखाइरहेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले भने नाफामा सीमा तोक्दा स्वदेशी तथा विदेशी लगानीकर्ता आकर्षित गर्न गाह्रो पर्ने बताए । ‘विदेशमा सात सय प्रतिशतसम्म नाफा लिन पाउने व्यवस्था भएकाले लगानीकर्ता आकर्षित छन् । हामीकहाँ २० प्रतिशतभन्दा बढी नाफा लिन नपाउने कानुन अव्यावहारिक भयो भनेर संशोधन गरिएको हो,’ मन्त्री भण्डारीले भने । यो समाचार आजको नयाँ पत्रिका दैनिकले लेखेको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending