कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकामा सेवा प्रवाहदेखि हालसम्म ७५ जना सिकलसेल थालसेमियाका बिरामी फेला परेका छन् । विक्रम संवत् २०७७ साल चैत २९ गतेबाट कोहलपुर नगरपालिकाले छुट्टै युनिट स्थापना गरी सेवा प्रारम्भ गरेको थियो । जसमा ७० जना सिकलसेल र पाँच जना थालसेमियाका बिरामी फेला परेका हुन । आर्थिक वर्ष २०८१/८२ को हालससम्म एक सय ३६ जनाको परीक्षण गरीएको छ ।
जसमा सिकलसेल बाहक १० जना, सिकलसेल रोगी चार जना र थालेसिमिया एक जनामा रोग पहिचान भएको थियो । सिकलसेल बाहकले बाहकसँग मात्रै विवाह गर्दा उपयुक्त हुने कोहलपुर नगरपालिकाका सिकलसेल फोकल पर्सन शिव गौतमले बताए। उनका अनुसार कोहलपुर नगरपालिकाको १५ वटा वडामध्ये ३, ४, ५, ६, ७ र १५ वडामा थारू समुदायको धेरै बाहुल्यता रहेको छ ।
थारू समुदायका व्यक्तिहरूमा यो रोग लाग्ने भएकाले समुदाय स्तरमै पुगेर अभिमुखीकरण कार्यक्रमहरू नियमित गर्दे आएको पनि फोकल पर्सन गौतमले बताए। यो रोग लाग्न नदिन बिहे गर्नु पूर्व रोग परीक्षण गर्नुपर्ने उनको सुझाव रहेको छ । यो रोग नियन्त्रण गर्नका लागि सिकलसेल नगर कमिटी पनि गठन गरिएको छ ।
कोहलपुर नगरपालिकाले परीक्षण गरेर रोग पत्ता लागिसकेपछि थप उचार गर्नुपर्ने अवस्थामा भेरी अस्पताल नेपालगन्जमा रिफर गर्ने गरिएको नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले बताए। उनले कोहलपुरमा सिकलसेल थालेसिमियाको परीक्षण युनिट राख्दा रोगको पहिचानमा सहयोग पुगेको र आगामी दिनमा पनि यो कार्यक्रमले निरन्तरता पाउने बताएको छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - १७:०१
काठमाडौं । नेकपा एमालेले बन्द सत्र र मतदानका लागि काठमाडौँको भृकुटीमण्डप भाडामा लिएको छ। सोही कारण आजै मतदान प्रक्रिया सक्नुपर्ने बाध्यता रहेको पार्टी...
पौष १ गते, २०८२ - १६:३४
काठमाडौँ। सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरे...
पौष १ गते, २०८२ - १६:२२
काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...
पौष १ गते, २०८२ - १६:२२
काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...
पौष १ गते, २०८२ - १६:१६
काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मंगलबार साँझदेखि मात्र मतदान सुरु हुने भएको छ। यसअघि दिउँसो नै मतदान सुरु ...
पौष १ गते, २०८२ - १६:०२
धनगढी। नौ महिनासम्म गर्भमा हुर्काएर नवजात शिशुलाई पुसको कठ्याङ्ग्रिने चिसोमा झाडीमा फाल्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी का...
पौष १ गते, २०८२ - १५:५७
काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १८ दशमलव ३७ अङ्कले बढेर दुई हजार ६१९ दशमलव ९९ को ब...
पौष १ गते, २०८२ - १५:४९
काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीका नेता डा। शेखर कोइरालाले भेट गरेको छन् । सभापति देउवा निवासमा आज भएको भेटमा पार्टीको...
पौष १ गते, २०८२ - १५:३५
काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका पासाङ शेर्पाको उम्मेदवारी खारेज भएको छ। बहुविवाह मुद्दामा दोषी ठहर भएका शेर्पाले आदि...
पौष १ गते, २०८२ - १५:२६
वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ मा युएस क्यापिटलमा भएको दङ्गाअघि आफ्ना समर्थकहरूलाई दिएको भाषणलाई सम्पादन गरेर गलत अर्थ लाग्ने ...




प्रतिकृया लेख्नुहोस्: