Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

भारत र पाकिस्तान कश्मीरका लागि किन लड्छन् ?

फाइल फोटो
खबरडबली संवाददाता

काठमाडौं । परमाणु अस्त्र सम्पन्न छिमेकी देशहरू भारत र पाकिस्तानले कश्मीरलाई लिएर दुई युद्ध र सीमित रूपमा द्वन्द्व गर्दै आएका छन्। तर उनीहरू किन यो क्षेत्रलाई लिएर विवाद गर्छन्- र यो कसरी सुरु भयो?

यो द्वन्द्व कति पुरानो हो?

कश्मीर एक जातीय विविधताले भरिपूर्ण हिमाली क्षेत्र हो जुन यसको ताल, घाँसे मैदान र हिउँले ढाकिएको पहाडहरूको सुन्दरताका लागि प्रसिद्ध छ।

सन् १९४७ मा भारत र पाकिस्तान ब्रिटेनबाट स्वतन्त्र हुनुभन्दा पहिला पनि यो क्षेत्रमा चर्को विवाद रहेको थियो।

भारतीय स्वतन्त्रता ऐनद्वारा प्रदान गरिएको विभाजन योजना अन्तर्गत मुस्लिम बहुल कश्मीर भारत वा पाकिस्तानमध्ये एकमा विलय हुन स्वतन्त्र थियो।

महाराजा (स्थानीय शासक) हरि सिंह पहिला कश्मीर स्वतन्त्र होस् भन्ने चाहन्थे - तर सन् १९४७ को अक्टोबरमा पाकिस्तानबाट आएका आदिवासीहरूको आक्रमणविरुद्ध भारतको सहयोगको बदलामा उनले भारतमा आबद्ध हुन रोजे।

युद्ध सुरु भयो र भारतले संयुक्त राष्ट्रसङ्घलाई हस्तक्षेप गर्न आग्रह गर्‍यो। संयुक्त राष्ट्रसङ्घले भारत वा पाकिस्तान कोसँग आबद्ध हुने भन्ने प्रश्नको समाधान गर्न कश्मीरमा जनमत सङ्ग्रह गर्न सिफारिस गर्‍यो। यद्यपि, जनमत सङ्ग्रह हुनुभन्दा पहिले दुई देशहरू यो क्षेत्रलाई सेनामुक्त गर्ने सम्झौतामा सहमत हुन सकेनन्।

सन् १९४९ को जुलाई महिनामा भारत र पाकिस्तानले संयुक्त राष्ट्रसङ्घको सिफारिस अनुसार युद्ध विराम रेखा स्थापना गर्न सम्झौतामा हस्ताक्षर गरे र क्षेत्र विभाजित भयो।

दोस्रो युद्ध सन् १९६५ मा भयो। त्यसपछि सन् १९९९ मा भयो। त्यति बेला भारतले पाकिस्तान समर्थित सेनासँग संक्षिप्त तर तिक्ततापूर्ण द्वन्द्व लड्यो।

त्यति बेलासम्म भारत र पाकिस्तानलाई परमाणु शक्ति राष्ट्र घोषित गरिएको थियो। अहिले कश्मीरमाथि दिल्ली र इस्लामावाद दुवैको दाबी रहेको छ तर दुवैलै यसको केही भाग मात्र नियन्त्रण गरेका छन्।

भारत प्रशासित क्षेत्रमा किन यति धेरै अशान्ति छ?

कश्मीरभित्र उक्त भूभाग कुन देशमा पर्छ भन्नेबारे फरक र दृढ विचारहरू रहेका छन्। कतिपयले यसलाई भारतद्वारा शासित भएको देख्न चाहँदैनन्, बरु स्वतन्त्रता वा पाकिस्तानसँगको एकतालाई प्राथमिकता दिन्छन्।

धर्म एउटा कारक हो: जम्मू र कश्मीरमा ६०% भन्दा बढी मुस्लिम बसोबास गर्छन् जसले गर्दा यो भारतको एक मात्र भाग हो जहाँ मुस्लिमहरू बहुमतमा छन्।

सन् १९८९ देखि यस क्षेत्रमा भारतीय शासनविरुद्ध सशस्त्र विद्रोह भइरहेको छ जसमा दशौँ हजारको ज्यान गएको छ।

भारतले पाकिस्तानलाई कश्मीरमा आतङ्ककारीहरूलाई समर्थन गरेको आरोप लगाउँछ - जुन आरोपलाई पाकिस्तानले अस्वीकार गर्छ।

सन् २०१९ मा दिल्ली सरकारले ठूलो सुरक्षा दमनका बीच भारत प्रशासित कश्मीरको अर्ध-स्वायत्त हैसियत खोसेको थियो।

क्षेत्रको विशेष दर्जा खारेज भएको केही वर्षसम्म त्यहाँभित्रको विद्रोह घट्यो र पर्यटक भ्रमण बढ्यो।

कश्मीरका अघिल्ला विद्रोहीहरूको हमलाहरूपछि के भयो?

सन् २०१६ मा उरीमा १९ जना भारतीय सैनिक मारिएपछि, भारतले भारत र पाकिस्तानबीचको वास्तविक सीमा नियन्त्रण रेखा लाइन अफ कन्ट्रोल पार गरेर आतङ्कवादी रहेका भनिएका क्षेत्रहरूलाई लक्षित गरेर "सर्जिकल स्ट्राइक" सुरु गरेको थियो।

सन् २०१९ मा पुलवामा बम विस्फोटमा ४० भन्दा बढी भारतीय अर्धसैनिकहरू मारिएका थिए जसले बालाकोटमा भारतीय हवाई आक्रमणलाई निम्त्याएको थियो। सन् १९७१ पछि पाकिस्तानभित्र भएको त्यो पहिलो कारबाही थियो जसले बदला स्वरूप छोटो हवाई लडाइँ निम्त्याएको थियो।

भारत प्रशासित कश्मीरको पहलगाम रिजोर्ट सहर नजिकै पर्यटकहरूमाथि भएको आक्रमणमा २६ जनाको मृत्यु भएपछि सन् २०२५ को एप्रिल महिनामा तनाव फेरि बढ्यो। त्यो दुई दशकमा सर्वसाधारणमाथि भएको सबैभन्दा घातक आक्रमण थियो।

त्यसको दुई हप्तापछि भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका निसानाहरूमा क्षेप्यास्त्र प्रहार गरेर प्रतिक्रिया दिएको थियो। त्यसले फेरि एक पटक थप तनाव बढ्ने डर बढायो र संयम अपनाउन आह्वान भयो।

कश्मीर अझै पनि विश्वमा धेरै सैनिकहरू तैनाथ भएको क्षेत्रमध्ये एक हो।

शान्तिबारेको आशा कति छ?

भारत र पाकिस्तानले सन् २००३ मा युद्धविराम गर्न सहमति गरेका थिए।

सन् २०१४ मा भारतका तत्कालीन प्रधानमन्त्री नरेन्द्र मोदी पाकिस्तानबारे कडा नीतिको वाचा गर्दै सत्तामा आए, तर उनले शान्ति वार्ता गर्ने कुरामा चासो पनि देखाएका थिए।

पाकिस्तानका तत्कालीन प्रधानमन्त्री नवाज शरिफले दिल्लीमा भएको मोदीको शपथ कार्यक्रममा सहभागिता जनाए।

तर त्यसको एक वर्षपछि भारतले पाकिस्तानमा रहेका समूहहरूले उत्तरी राज्य पन्जाबमा पर्ने पठानकोटमा हमला गरेको आरोप लगायो। सन् २०१७ मा पाकिस्तानको इस्लामावादमा भएको क्षेत्रीय सम्मेलनमा मोदीले तय गरिएको भ्रमण रद्द गरेका थिए।

त्यसयता दुई छिमेकीबीचको वार्तामा कुनै प्रगति भएको छैन। बीबीसी 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending